प्रेस स्वतन्त्रतामाथि प्रहरी हस्तक्षेप भएको भन्दै कांग्रेस नेताहरूको आपत्ति

सञ्चारमाध्यमका कार्यालयभित्रै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिइएको घटनाप्रति नेपाली कांग्रेसका नेताहरूले आपत्ति जनाएका छन् । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै आधारमा प्रहरी परिचालन गरी पत्रकारलाई गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सार्वजनिक पदधारण गरेका व्यक्तिका गतिविधि, न्यायिक शुद्धता र शक्ति दुरुपयोगका विषयमा खोजीनीति गरी नागरिकलाई सुसूचित गराउनु प्रेसको संवैधानिक कर्तव्य भएको उल्लेख गरेका छन् । उनले कुनै समाचार सामग्रीप्रति आपत्ति वा असहमति भए त्यसको परीक्षण र निरूपण गर्ने कानुनी बाटो हुँदाहुँदै राज्यशक्तिको दुरुपयोग गरेर पत्रकारलाई हतोत्साहित पार्ने प्रयास विधिको शासनविपरीत भएको बताएका छन् । ‘प्रश्न सोधेकै भरमा कलम चलाउने हातहरूमा हतकडी लगाउने दुस्साहसले सरकार स्वयंलाई निरंकुशताको कठघरामा उभ्याउँछ,’ उनले लेखेका छन् । पक्राउ गरिएका पत्रकारलाई अविलम्ब ससम्मान रिहा गर्न, सञ्चारगृहमाथिको अनावश्यक हस्तक्षेप र निगरानी बन्द गर्न तथा कानुनी प्रक्रियामार्फत सत्यतथ्य छानबिन गर्न पनि उनले सरकारसँग माग गरेका छन् । त्यस्तै, कांग्रेस नेता नैनसिंह महरले नेपाल प्रेसको कार्यालयमा प्रवेश गरी पत्रकार विश्वमणि सुवेदी र नयाँ पत्रिका दैनिकको कार्यालयमा प्रवेश गरी पत्रकार नवराज मैनालीलाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनले अन्य धेरै पत्रकारको समेत खोजी भइरहेको जानकारी प्राप्त भएको उल्लेख गरेका छन् । प्रेसको मुख बन्द गरेर तर्साउने प्रयास लोकतन्त्रको बर्खिलाप भएको उनको भनाइ छ । महरले राज्यद्वारा सञ्चालित दमन र हुर्मत लिने कार्यले प्रेस स्वतन्त्रता तथा लोकतान्त्रिक मूल्य र मान्यतामाथि प्रहार गर्ने भन्दै यस्ता नियोजित गतिविधिको निन्दा गरेका छन् । लोकतन्त्रमा प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिकको सूचनाको हकको सम्मान हुनुपर्ने उल्लेख गर्दै उनले पत्रकारिता क्षेत्रमाथिको हस्तक्षेपले लोकतान्त्रिक व्यवस्थालाई नै कमजोर बनाउने बताएका छन् ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

दुग्ध विकास संस्थानका पूर्वमहाप्रबन्धकसहित आठ जना पक्राउ
संस्थानलाई आर्थिक हानि पुर्याएर १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ गैरकानुनी लाभ लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको सीआईबीले जनाएको छ । ...

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई रु १२ करोडभन्दा बढी आर्थिक हानी पुर्याइ गैरकानुनी लाभ लिएको आरोपमा संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो ९सिआइबी०ले आपराधिक विश्वासघात तथा सङ्गठित अपराधमा सङ्लग्न रहेको आरोपमा संस्थानका तत्कालीन महाप्रबन्धक सञ्जीव झासहित आठ जनालाई आज पक्राउ गरेको हो । पक्राउ पर्नेमा झासहित जुनियर टेक्निकल असिस्टेन्ट विजयकुमार यादव, भक्तपुर ...

स्वतन्त्र प्रेसलाई तर्साएर लोकतन्त्र बलियो हुँदैन : कांग्रेस सहमहामन्त्री शिवाकोटी
नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले स्वतन्त्र प्रेसलाई तर्साएर लोकतन्त्र बलियो हुन नसक्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत शुक्रबार आफ्नो धारणा सार्वजनिक गर्दै उनले नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्युजका अध्यक्ष तथा प्रधानसम्पादक शोभराज बराललगायत पत्रकारलाई पक्राउ गर्ने र नयाँ पत्रिका, दियोपोस्टलगायत सञ्चारमाध्यमका कार्यालयमा प्रहरी परिचालन गरी धरपकड गर्ने सरकारको कदमप्रति आपत्ति जनाएका छन् । उनले लोकतन्त्रमा सरकार तथा राज्यका निकायमाथि प्रश्न ...



