प्रस्तावित तीन जना राजदूत अस्वीकृतले बढ्न थाल्यो रास्वपामा मतभेद

काठमाडौं । प्रस्तावित दुई राजदूतको नाम अस्वीकृत भएपछि सत्तारूढ दल रास्वपामा मतभेद देखिएकको छ । संसदीय सुनुवाइ समितिमा रास्वपाको बहुमत रहेक पनि महिला हिंसा, आर्थिक लेनदेन, स्वार्थको द्वन्द्वको विषय उठेपछि साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलको नाम बुधबार संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको हो । स्वार्थको द्वन्द्वको आरोप लागेका जापानका लागि प्रस्तावित राजदूत ज्ञानकुमार थापाको विषयमा भने थप बुझ्नुपर्ने आवश्यक देखिएपछि निर्णय स्थगन गरिएको छ । जब कि अहिले कुनै गठबन्धन नभई रास्वपाको एकल बहुमतको सरकार छ । १५ सदस्यीय समितिमा सभापतिसहित रास्वपाकै ८ सांसद छन् । रास्वपा नेताहरूका अनुसार पार्टी सभापति रवि लामिछाने र पार्टी वरिष्ठ नेता तथा प्रधानमन्त्री वालेन्द्र शाह पक्षबीच पछिल्लो समय मतभेद बढेको छ । अस्वीकृत भएका प्रस्तावित राजदूतमध्ये सुनार र खरेल प्रधानमन्त्री शाह पक्षसँग निकट रहेको पार्टी स्रोतको भनाइ छ । जापानका लागि प्रस्तावित थापाको नाम भने सभामुख डीपी अर्यालका तर्फबाट सिफारिस गरिएको थियो । रास्वपाका केही नेताले प्रस्तावित राजदूतहरूका नाममा सुरुदेखि नै प्रश्न उठाएका थिए । तर, शाहनिकट समूहका सदस्यहरूले उनीहरूको नियुक्ति सिफारिसमा पुनर्विचार गर्न अस्वीकार गरेको ती नेताहरूको भनाइ छ । प्रधानमन्त्री शाहनिकट समूहसँग जोडिएका दुई प्रस्तावित राजदूतको नाम अस्वीकृत भएपछि संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठमाथि जापानका लागि प्रस्तावित थापाको नाम पनि अस्वीकृत गर्न दबाब बढेको रास्वपा स्रोतको भनाइ छ । श्रेष्ठले सुनार र खरेलका विषयमा गम्भीर प्रश्न उठेकाले उनीहरूको नाम अस्वीकृत गरिएको बताए । ‘महिला हिंसासँग जोडिएकाले सुनारको नाम अस्वीकृत गरिएको हो,’ श्रेष्ठले भने, ‘पीडित महिलाले उजुरी दिएकी थिइन् र भिडियो कलमार्फत समितिसमक्ष आफ्नो कुरा पनि राखेकी थिइन् । त्यसपछि हामीले उनको नाम अस्वीकृत गर्ने निर्णय गर्यौं ।’ समितिका अनुसार सुनार र खरेलको नाम राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ मा तोकिएका योग्यता पूरा नगरेका कारण अस्वीकृत गरिएको हो । थापाका नाममा भने थप स्पष्टीकरण नआएसम्म निर्णय रोकिएको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

‘ऋणको बोझ होइन, न्यायपूर्ण वित्त चाहिन्छ’
काठमाडौँ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषका नीतिविरुद्ध तथा ऋणमुक्तिको माग गर्दै शुक्रबार काठमाडौंको दरबारमार्गमा युवाले प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले जनताको आवश्यकता र अधिकारभन्दा धन तथा नाफालाई प्राथमिकता दिने आर्थिक... ...

लडेको बेला दिएको साथको धेरै महत्व हुन्छ : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले कठिन परिस्थितिमा प्राप्त हुने साथ र सहयोगको महत्व धेरै हुने बताएका छन् । दशैं, तिहार तथा छठ पर्वको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले सहज अवस्थामा साथ दिनेभन्दा अप्ठ्यारोमा साथ दिनेहरूको योगदान विशेष हुने बताएका हुन् । ‘सिधा हिँडिरहेको बेलामा, सजिलोको बेलामा साथ दिनेहरू धेरै हुन्छन्,’ थापाले भने, ‘लडेको बेलामा, ...

साल्ट ट्रेडिङको चिनी प्रतिकेजी १०६ रुपैयाँमा, काठमाडौंमा ११० रुपैयाँमा बिक्री हुने
काठमाडौं । बजारमा चिनीको मूल्य प्रतिकेजी १३० रुपैयाँभन्दा माथि पुगेका बेला साल्ट ट्रेडिङ कर्पोरेशनले आयात गरेको चिनी प्रतिकेजी १०६ रुपैयाँमा वीरगञ्ज र ११० रुपैयाँमा काठमाडौंमा बिक्री गर्ने गरी मूल्य स्वीकृत भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साल्ट ट्रेडिङले बिक्री गर्ने चिनीको मूल्य स्वीकृत गरेसँगै उपभोक्ताले बजार मूल्यभन्दा सस्तोमा चिनी पाउने बाटो खुलेको छ ।सरकारले गत भदौ १८ गतेको मन्त्रिपरिषद् ...

गुटभन्दा माथि उठेर काम गर्छु, सबैलाई समेट्छु : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा पराजित भएका तथा प्रतिस्पर्धामा सहभागी हुन नसकेका योग्य र सक्षम नेताहरूलाई समेटेर पार्टीलाई अघि बढाउने बताएका छन् । काठमाडौंमा शुक्रबार आयोजित नेपाल पेशाकर्मी अभियान परिषद्को कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीको केन्द्रीय कार्यसमितिलाई प्रभावकारी बनाउन यसपटक छुटेका नेताहरूको भूमिका पनि महत्वपूर्ण हुने बताए । उनले पार्टीको […] ...


