Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्री शाह भारतको दुई दिने राजकीय भ्रमणमा आज जाँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्री शाह भारतको दुई दिने राजकीय भ्रमणमा आज जाँदै
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज भारतको दुई दिने राजकीय भ्रमणमा जाँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह भारत भ्रमणमा जान लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह आज नेपाल वायुसेवाको विमानबाट अपराहन्न १:४५ बजे नयाँदिल्ली प्रस्थान गर्नेछन् । भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका विदेशमन्त्री एस. जयशंकरसँग शिष्टाचार भेट गर्ने छन् भने भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन् । साथै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग मङ्सिर ७ प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री मोदीले शाहको सम्मानमा दिवाभोज आयोजना गर्नेछन् । भारतले प्रधानमन्त्री शाहलाई भारतमा राजकीय सम्मान दिने बताएको छ । भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकारसहित सरकारका वरिष्ठ अधिकारी सहभागी हुनेछन् । नेपालबाट ३४ सदस्यीय प्रतिनिधिमण्डल भारत जाने र निजी क्षेत्रबाट ५२ सदस्यीय टिम आफ्नै खर्चमा भारत जाने मन्त्रालयले जानकारी दिएको छ । नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउँदै आपसी सहकार्यका विविध क्षेत्रको समीक्षा गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री शाह सोमबार नै स्वदेश फर्किने कार्यक्रम छ । The post प्रधानमन्त्री शाह भारतको दुई दिने राजकीय भ्रमणमा आज जाँदै appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अमेरिकी डलर र साढे ९ लाख नगदसहित २४ जना जुवाडे मैपीबाट पक्राउ
Latest NewsJust now

अमेरिकी डलर र साढे ९ लाख नगदसहित २४ जना जुवाडे मैपीबाट पक्राउ

काठमाडौं । काठमाडौंको मैपीस्थित एक घरमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले २४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भद्रकालीबाट खटिएको प्रहरी टोलीले हारजित हुनेगरी कौडा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा निरज निरौला, वसन्त अधिकारी, सुजन श्रेष्ठ, नारायण श्रेष्ठ, राजेश केसी, विनोद घिमिरे, रामकृष्ण कार्की, जलेश पाण्डे, दिनेश भट्टराई, प्रदीप कँडेल, माधव विष्ट, शालिग्राम वाग्ले, जयराम पाण्डे, शिव ...

कर्पोरट खबर
ड्रोन आक्रमणपछि बाल्टिक सागरमा रुसी मालवाहक जहाजमा आगलागी, चालक दलको उद्धार
Latest NewsJust now

ड्रोन आक्रमणपछि बाल्टिक सागरमा रुसी मालवाहक जहाजमा आगलागी, चालक दलको उद्धार

फिनल्यान्ड । बाल्टिक सागरमा रुसी सैन्य सम्बन्ध रहेको मालवाहक जहाज स्पार्टा ड्रोन आक्रमणमा क्षतिग्रस्त भएपछि आगलागी भएको छ। जहाजमा रहेका १६ जना चालक दलका सदस्यलाई उद्धार गरी सुरक्षित स्थानमा लगिएको... ...

रातोपाटी
हिमालको चुचुरोबाट पर्यटन प्रवर्द्धनको सन्देश
Latest NewsJust now

हिमालको चुचुरोबाट पर्यटन प्रवर्द्धनको सन्देश

यामराज बिष्टदैलेख, मङ्सिर ६ गते । दैलेख जिल्लाका पर्यटनको विकास र प्रवर्द्धन गर्नका लागि पहिचान बोकेको ब्यानर ६ हजार ३८ मिटर अग्लो हिमालको चुचुरोमा पुर्‍याइएको छ । पर्यटनको विकास र... ...

गोरखापत्र
३५ दिने अल्टिमेटम सकिँदै, वैदेशिक रोजगार ठगीका फरार आरोपितको बैंक खाता रोक्का गरिने
Latest NewsJust now

३५ दिने अल्टिमेटम सकिँदै, वैदेशिक रोजगार ठगीका फरार आरोपितको बैंक खाता रोक्का गरिने

वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी हुँदासमेत फरार रहेका व्यक्तिहरूको बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढ्ने भएको छ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले यससम्बन्धी जानकारी दिए ।  वैदेशिक रोजगार विभागले ठगीसम्बन्धी मुद्दामा संलग्न भई फरार रहेका व्यक्तिहरूलाई ३५ दिनभित्र विभाग वा नेपाल प्रहरीको सम्पर्कमा आउन सार्वजनिक सूचनामार्फत आग्रह गरेको थियो । विभागले यहि कात्तिक ९ गते सूचना ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play