Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Others/पोखरा विमानस्थलमा कम दृश्यतामै उडान हुने प्रणाली लागू गरिँदै, चार महिनाभित्र सञ्चालनमा ल्याउने तयारी

पोखरा विमानस्थलमा कम दृश्यतामै उडान हुने प्रणाली लागू गरिँदै, चार महिनाभित्र सञ्चालनमा ल्याउने तयारी

10/16/2026, 7:22:44 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
पोखरा विमानस्थलमा कम दृश्यतामै उडान हुने प्रणाली लागू गरिँदै, चार महिनाभित्र सञ्चालनमा ल्याउने तयारी

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ (रिक्वायर्ड नेभिगेसन पर्फमेन्स अथराइजेसन रिक्वायर्ड) प्रणाली लागू गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले आवश्यक प्राविधिक अध्ययन गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाएको छ । हाल यस विमानस्थलमा ‘भिओआर/डिएमई’ तथा ‘आइएलएस’ प्रणालीमा आधारित हवाई उडान हुँदै आएको छ । विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले ‘आरएनपी–एआर’ प्रणाली लागू भएपछि कम दृश्ययता (भिजीबिलिटी) हुँदा पनि हवाई उडान हुने बताए । अहिले पोखरामा तीन हजार १०० मिटर दृश्यतामा विमान उडान तथा अवतरण भइरहेकामा उक्त प्रणाली लागू भएपछि दुई हजार मिटर दृश्यतामा उडान हुने उनको भनाइ छ । ‘यो प्रणाको मुख्य फाइदा भनेको नै कम भिजीबिलिटीमा उडान अवतरण हुनु हो, यसबाट उडान रद्द हुने, डाइभर्सन हुनेजस्ता समस्या कम हुन्छ’, उनले भने । आगामी चार महिनाभित्रमा उक्त प्रणाली कार्यान्वयनमा ल्याउने गरी प्राधिकरणले प्रक्रिया अगाडि बढाएको महाप्रबन्धक निरौलाले बताए । उक्त प्रणाली सञ्चालनका लागि जहाजमा पनि सोहीअनुसारको उपकरण जडान गर्नुपर्ने र विमान चालकले तालिम लिनुपर्ने उनको भनाइ छ । यो प्रणाली कार्यान्वयनमा आएपछि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान थप सहज हुने जनाइएको छ । आवश्यक प्राविधिक तथा नियमाकीय प्रक्रिया पूरा गरी उक्त प्रणाली कार्यान्वयनमा आउने प्राधिकरणले जनाएको छ । यसबाट हवाई उडान सञ्चालनको सुरक्षा, नियमितता र पूर्वानुमानयोग्य उडान हुने विश्वास लिइएको छ । कम दृश्यताका कारण हवाई उडान सञ्चालनमा आउने अवरोध न्यूनीकरण र यात्रुलाई थप भरपर्दो हवाई सेवा प्रदान हुने जनाइएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

आज ७१ औं प्रहरी दिवस मनाइदै
OthersJust now

आज ७१ औं प्रहरी दिवस मनाइदै

नेपाल प्रहरीले आज शुक्रबार ७१औँ प्रहरी दिवस मनाउँदै छ । दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना गरिँदै छन् । प्रहरी ऐन, २०१२ मा लालमोहर लागेको दिनको स्मरणमा हरेक वर्ष प्रहरी दिवस मनाउने गरिएको हो । प्रहरी संगठनले सात दशक लामो यात्रा पूरा गर्दै गर्दा अपराध अनुसन्धान, प्रविधिको प्रयोग र जनशक्तिको क्षमता विकासमा परिवर्तन हुँदै आएको छ । प्रहरी निरीक्षकको हालै सम्पन्न ...

पर्दाफास
‘कांग्रेस फुटेर फेरि सुक्ने अवस्था नआओस्’
OthersJust now

‘कांग्रेस फुटेर फेरि सुक्ने अवस्था नआओस्’

कहिलेकाहीँ गणितीय रूपमा कमजोर भइएला, तर विचार र सिद्धान्तका हिसाबले बलियो हुन सकिन्छ। कांग्रेसले अघि सारेका कतिपय राजनीतिक मान्यता अहिले सबै दलले स्वीकार गरेका छन्। ...

अनलाइन खबर
चार दिन काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने
OthersJust now

चार दिन काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ देखि ४ गतेसम्म उपत्यकाको अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहोर व्यवस्थापन कार्य प्रभावित हुने जनाएको छ । महानगरपालिकाका अनुसार दसैँको मुख्य दिनका अवसरमा सफाइ कर्मचारीहरू पनि पर्व मनाउन जाने भएकाले उक्त अवधिमा फोहोर व्यवस्थापन प्रभावित हुने भएको हो । महानगरपालिकाको वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईले उक्त अवधिमा घर, कार्यालय तथा व्यवसायबाट उत्पादन हुने फोहोरलाई कुहिने र नकुहिने ...

पर्दाफास
प्रतियोगितामा नखुम्चियोस् झिझिया
OthersJust now

प्रतियोगितामा नखुम्चियोस् झिझिया

झिझिया केवल हामीले प्रस्तुत गर्ने नृत्य होइन। यो हामीले पुर्खाबाट पाएको सम्पदा, समुदायसँग बाँड्ने ज्ञान र आगामी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने साझा जिम्मेवारी हो। ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play