Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Others/आज ७१ औं प्रहरी दिवस मनाइदै

आज ७१ औं प्रहरी दिवस मनाइदै

10/16/2026, 9:21:30 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
आज ७१ औं प्रहरी दिवस मनाइदै

नेपाल प्रहरीले आज शुक्रबार ७१औँ प्रहरी दिवस मनाउँदै छ । दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना गरिँदै छन् । प्रहरी ऐन, २०१२ मा लालमोहर लागेको दिनको स्मरणमा हरेक वर्ष प्रहरी दिवस मनाउने गरिएको हो । प्रहरी संगठनले सात दशक लामो यात्रा पूरा गर्दै गर्दा अपराध अनुसन्धान, प्रविधिको प्रयोग र जनशक्तिको क्षमता विकासमा परिवर्तन हुँदै आएको छ । प्रहरी निरीक्षकको हालै सम्पन्न दीक्षान्त समारोहमा स्नातकोत्तर उत्तीर्ण गरेका युवासमेत सेवामा प्रवेश गरेका छन् । उच्च अधिकृतदेखि जवानसम्म स्मार्ट फोन र आधुनिक प्रविधिको प्रयोग गरिरहेका छन् । तर, प्रहरी संगठनलाई सञ्चालन गर्ने कानुन भने अझै २०१२ सालकै ऐनमा आधारित छ । प्रहरीको कार्यशैली र जिम्मेवारी समयअनुसार परिवर्तन भइरहे पनि संगठनको सेवासर्त, बढुवा, अवकाश र पेन्सन व्यवस्थालाई समेट्ने नयाँ कानुन बन्न सकेको छैन । पटकपटक प्रयास भए पनि प्रहरी ऐनको विधेयकले अन्तिम रूप पाउन नसक्दा प्रहरी कर्मचारीको वृत्तिविकास र अवकाशसम्बन्धी विषय अन्योलमा छन् । पछिल्लोपटक तत्कालीन गृहमन्त्री रमेश लेखकको कार्यकालमा ‘प्रहरी ऐन संशोधन तथा एकीकरण गर्न बनेको विधेयक’ मन्त्रिपरिषद्बाट पारित गरी संसद्मा पठाइएको थियो । तर, २०८२ भदौमा भएको जेनजी आन्दोलनपछि संसद् विघटन हुँदा विधेयक निष्क्रिय भयो । त्यसपछि नयाँ ऐन निर्माणको प्रक्रिया फेरि अनिश्चित बनेको छ । उक्त विधेयकमा प्रहरीको ३० वर्षे सेवाहद हटाउँदै उमेर र पदावधिका आधारमा अवकाश दिने प्रस्ताव गरिएको थियो । आईजीपी, एआईजी, डीआईजी, एसएसपीसहित विभिन्न दर्जाका प्रहरी कर्मचारीको अवकाश उमेर र पदावधि निर्धारण गर्ने व्यवस्था त्यसमा समेटिएको थियो । ३० वर्षे सेवाहद पनि चार चरणमा हटाउने प्रस्ताव थियो । तल्लो दर्जाका कर्मचारीलाई पेन्सनमा राहत दिने विषयसमेत विधेयकको महत्त्वपूर्ण पक्ष थियो । प्रस्तावअनुसार राजपत्रांकित अधिकृत तहका कर्मचारीले २० वर्ष, वरिष्ठ नायब निरीक्षक, नायब निरीक्षक र सहायक निरीक्षकले १८ वर्ष तथा वरिष्ठ हवल्दारदेखि जवान र कार्यालय सहयोगीसम्मले १६ वर्ष सेवा गरेपछि पेन्सन पाउन सक्ने व्यवस्था राखिएको थियो । तर, विधेयक निष्क्रिय भएपछि यी प्रस्ताव कार्यान्वयनमा आउन सकेका छैनन् । प्रहरीको बढुवा प्रक्रिया र संगठनको कमान्ड प्रणालीसम्बन्धी विषयमा पनि विधेयकमा बहस भएको थियो । विशेषगरी प्रहरीको परिचालन, नियन्त्रण, निर्देशन र सुपरिवेक्षण गृह मन्त्रालयले गर्ने प्रस्तावित व्यवस्थामा ‘नियन्त्रण’ शब्द राखिएको विषयलाई लिएर प्रहरी अधिकारीहरूले चासो व्यक्त गरेका थिए । यसले प्रहरी महानिरीक्षकको अधिकार र संगठनको चेन अफ कमान्डमा असर पार्न सक्ने आशंका गरिएको थियो । अहिले गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले नयाँ विधेयकलाई परिमार्जन गरी अघि बढाउने विषयमा छलफल गरिरहेका छन् । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेका अनुसार पुरानो विधेयकको अध्ययन र विश्लेषण भइरहेको छ । प्रहरी प्रधान कार्यालयले पनि एआईजीको संयोजकत्वमा अध्ययन समिति गठन गरेर काम गरिरहेको छ । प्रहरी केन्द्रीय प्रवक्ता एवं डीआईजी अविनारायण काफ्लेले वरीयता र अवकाश उमेरलगायतका विषय निजामती सेवा विधेयकसँग मिलाउनुपर्ने भएकाले छलफल जारी रहेको बताएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत
OthersJust now

कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

३० असोज, म्याग्दी । प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ रातोपानीमा रहेका तातोपानी कुण्ड बगरमा परिणत भएको छ । यही असोज ८ देखि ११ गतेसम्मको झरिपछि कालीगण्डकी नदीमा आएको बाढी र कटानले कुण्डका संरचना बगाएपछि पर्यटक र बिरामीको आकर्षण बनेको तातोपानी कुण्डको अस्तित्व मेटिएको हो । कुण्डको संरक्षण र पर्यटकीय… ...

अनलाइन खबर
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित
OthersJust now

गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै खुला केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठ, रेशमबहादुर बानियाँ र खुमाप्रसाद अर्याल निर्वाचित भएका छन् । त्यसैगरी, गण्डकी प्रदेशको महिलातर्फ सरस्वती अर्याल तिवारी अत्यधिक मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । ३५ वर्षमुनिको युवातर्फ गण्डकी प्रदेशबाट सबैभन्दा बढी मत प्राप्त गर्दै सुभाष पौडेल केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। ३५ वर्षमुनिको महिलातर्फ भने डा. कला पन्त ...

पर्दाफास
सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छ : कृषिमन्त्री चौधरी
OthersJust now

सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छ : कृषिमन्त्री चौधरी

कृषिमन्त्री गीता चौधरीले सरकारले नेपालको संविधानको धारा ३६ ले खाद्यसम्बन्धी हकलाई मूर्तरुप दिन विभिन्न कानुन र योजनामार्फत भोकमरी अन्त्य गर्ने र दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको बताएकी छन् । ...

अनलाइन खबर
४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज, जडान नि:शुल्क
OthersJust now

४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज, जडान नि:शुल्क

३० असोज, काठमाडौं । नेपाल टेलिकमले एफटीटीएच (फाइबर टु द होम) सेवाअन्तर्गत एनटी फाइबर प्रयोगकर्ताका लागि वाइफाइ ६ सहितका नयाँ इन्टरनेट प्याकेज सञ्चालनमा ल्याएको छ । कम्पनीले वार्षिक ४ हजार ९९९ रुपैयाँदेखि १६ हजार ४९९ रुपैयाँसम्मका प्याकेज सार्वजनिक गरेको हो । नयाँ योजनाअन्तर्गत ३० एमबीपीएसको वार्षिक प्याकेज ४ हजार ९९९ रुपैयाँमै उपलब्ध हुनेछ । त्यस्तै,… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play