चार दिन काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ देखि ४ गतेसम्म उपत्यकाको अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहोर व्यवस्थापन कार्य प्रभावित हुने जनाएको छ । महानगरपालिकाका अनुसार दसैँको मुख्य दिनका अवसरमा सफाइ कर्मचारीहरू पनि पर्व मनाउन जाने भएकाले उक्त अवधिमा फोहोर व्यवस्थापन प्रभावित हुने भएको हो । महानगरपालिकाको वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईले उक्त अवधिमा घर, कार्यालय तथा व्यवसायबाट उत्पादन हुने फोहोरलाई कुहिने र नकुहिने गरी छुट्टाछुट्टै वर्गीकरण गरेर राख्न आग्रह गरेकी छन् । ‘आफ्नो घर, कार्यालय तथा व्यवसायबाट उत्पादन हुने फोहोर जथाभावी रूपमा सडक र सार्वजनिक स्थानमा नफाली आफ्नै घर वा कम्पाउन्डमा व्यवस्थापन गर्नुहोला,’ उनले भनिन् । महानगरपालिकाले कात्तिक १ देखि ४ गतेसम्म उत्पादन हुने फोहोरलाई व्यवस्थित रूपमा राख्न आग्रह गर्दै उक्त अवधिबाहेक अन्य दिनमा भने फोहोर व्यवस्थापन नियमित रूपमा सञ्चालन हुने जनाएको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

परम्परागत उत्पादनको बजारीकरणका गर्न मानापाथी स्टोर
३० असोज, चितवन । गाउँघरका किसानले उत्पादन गर्ने परम्परागत बस्तुहरुको बजारीकरणका लागि चितवनका एक युवाले भरतपुरमा मानापाथी स्टोर सञ्चालनमा ल्याएका छन् । नयाँ युवा पुस्ता माझ गाउँका उत्पादनहरुलाई परिचित गराउन भरतपुर महानगरपालिका वडा नं. १५ का युवा फणिन्द्र न्यौपानेले भरतपुर १० को सप्तगण्डकी रोडमा मानापाथी स्टोर सञ्चालनमा ल्याएका हुन् । उनले स्टोरको नाम नै नेपालका… ...

कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत
३० असोज, म्याग्दी । प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ रातोपानीमा रहेका तातोपानी कुण्ड बगरमा परिणत भएको छ । यही असोज ८ देखि ११ गतेसम्मको झरिपछि कालीगण्डकी नदीमा आएको बाढी र कटानले कुण्डका संरचना बगाएपछि पर्यटक र बिरामीको आकर्षण बनेको तातोपानी कुण्डको अस्तित्व मेटिएको हो । कुण्डको संरक्षण र पर्यटकीय… ...

गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै खुला केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठ, रेशमबहादुर बानियाँ र खुमाप्रसाद अर्याल निर्वाचित भएका छन् । त्यसैगरी, गण्डकी प्रदेशको महिलातर्फ सरस्वती अर्याल तिवारी अत्यधिक मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । ३५ वर्षमुनिको युवातर्फ गण्डकी प्रदेशबाट सबैभन्दा बढी मत प्राप्त गर्दै सुभाष पौडेल केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। ३५ वर्षमुनिको महिलातर्फ भने डा. कला पन्त ...

सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छ : कृषिमन्त्री चौधरी
कृषिमन्त्री गीता चौधरीले सरकारले नेपालको संविधानको धारा ३६ ले खाद्यसम्बन्धी हकलाई मूर्तरुप दिन विभिन्न कानुन र योजनामार्फत भोकमरी अन्त्य गर्ने र दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको बताएकी छन् । ...


