काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणको अन्तिम खेलमा काठमाडौं गोर्खाज पोखरा एभेन्जर्ससँग ५५ रनले पराजित भएको छ। पोखराले दिएको २२५ रनको लक्ष्य पछ्याएको काठमाडौं १९.५ ओभरमा १६९ रनमै समेटियो। यो हारसँगै काठमाडौंले अब इलिमिनेटर खेलमा चितवन राइनोजको सामना गर्नुपर्ने भएको छ। लिग चरणका सात खेलमध्ये चारमा जित र तीनमा हार बेहोरेको काठमाडौं आठ अंकसहित तालिकाको तेस्रो स्थानमा रह्यो। चितवन भने तीन जित, तीन हार र एक खेलमा अंक बाँड्दै सात अंकका साथ चौथो स्थानमा छ। प्रतियोगिताको पहिलो क्वालिफायर खेलमा शीर्ष स्थानको लुम्बिनी लायन्स र दोस्रो स्थानको सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। यता, पोखरा एभेन्जर्सले भने जितका साथ तेस्रो सिजनको सुखद अन्त्य गरेको छ। यसअघि नै प्लेअफ दौडबाट बाहिरिसकेको पोखरा दुई जित र पाँच हारसहित चार अंक जोडेर तालिकाको सातौँ स्थानमा रह्यो। एनपीएलको इतिहासमा अहिलेसम्म प्लेअफमा प्रवेश गर्न नसक्ने पोखरा एकमात्र टोली बनेको छ।
पोखरा एभेन्जर्ससँग काठमाडौं गोर्खाज पराजित, चितवनसँग इलिमिनेटर खेल्ने

Read Complete Original Article
Published originally on नेपालन्युज





![[अर्काइभ] कृष्णप्रसादले नियुक्ति गरेका गभर्नर गिरिजाप्रसादले हटाएपछि...](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/tilak-rawal1-15112026024756-watermarked.jpg)
