पेन्सनपट्टा बनाउन काठमाडौं जान नपर्ने भएपछि भोजपुरका शिक्षकलाई राहत

भोजपुर नगरपालिका वडा नम्बर ३, गुप्तेश्वरका प्राथमिक शिक्षक ज्ञानबहादुर खडका पेन्सन पट्टा बनाउन काठमाडौं जानु पर्ने अवस्थामा थिए । तर शिक्षा विकास तथा समन्वय इकाईबाट नै ई-पेन्सन पट्टाको व्यवस्था सुरु भएपछि उनी सहितका शिक्षकलाई राहत मिलेको छ । जनज्योति आधारभूत विद्यालयबाट अवकाश शिक्षक खडकालाई इकाईले पहिलो ई-पेन्सन पट्टा उपलब्ध गराएको थियो । सामुदायिक विद्यालयका शिक्षकहरूका लागि भोजपुरमा ई–पेन्सन पट्टा दिन सुरु गरिएको हो । राष्ट्रिय किताब खाना (शिक्षक) शाखाले शिक्षकका लागि कोशी प्रदेश र पहाडी जिल्लाहरूमा पहिलो पटक भोजपुरबाट ई–पेन्सन सेवा सुरु गरेको राष्ट्रिय किताब खाना (शिक्षक) शाखाका कर्मचारी गणेश श्रेष्ठले बताए । उनले भने प्रदेश र पहाडी जिल्लामा पहिलो जिल्लाका रूपमा भोजपुरबाट सेवा सुरु भएको छ । ई–पेन्सनको परीक्षण सफल भएकाले यसलाई विस्तार गरिँदै लगिएको छ । अहिलेसम्म अवकाशपछि पेन्सनपट्टा प्राप्त गर्न शिक्षकले विद्यालय, स्थानीय तह र इकाई हुँदै किताब खानाको कार्यालयसम्म आउनुपर्ने अवस्था थियो । अब शिक्षकले आफ्ना कागजात इकाईमा बुझाएपछि त्यहीँबाट पेन्सनपट्टा प्राप्त गर्न सक्ने शिक्षा विकास तथा समन्वय इकाई प्रमुख निवास न्यौपानेले जानकारी दिए । निजामती कर्मचारीका लागि गत चैतदेखि ई–पेन्सन सुविधा लागू गरिएको छ । अवकाशपछि कागजात बोकेर शिक्षक तथा कर्मचारी काठमाडौं आउँदा खर्चिलो र झन्झटिलो हुने गरेको गुनासो बढेपछि शिक्षकहरूमा समेत यो सेवा सुरु गरिएको छ । ‘अहिलेसम्म अवकाश भएपछि विद्यालय, पालिका, इकाई हुँदै किताब खानामा आएर पेन्सनपट्टा बन्थ्यो,’ यशोधरा माविका प्रअ विष्णु कुमार राईले भने, ‘जिल्लाबाट नै सेवा लिने अवसर शिक्षकलाई मिल्यो, यसले अवकाशप्राप्त शिक्षकहरूलाई राहत मिलेको छ ।’
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

स्वर्णिम वाग्लेको अभिव्यक्ति नेपाली राष्ट्रियतामाथिको ठाडो अवमूल्यन हो : कमल थापा
८ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणका क्रममा व्यक्त गरेको धारणाको विरोध गरेका छन् । ‘नेपाल–भारत सम्बन्धका सन्दर्भमा डा. स्वर्णिम वाग्लेले हालै दिल्लीमा दिनुभएको अभिव्यक्ति आपत्तिजनक मात्र नभई नेपाली राष्ट्रियतामाथिको ठाडो अवमूल्यन हो’ पूर्वपरराष्ट्रमन्त्री समेत रहेका नेता थापाले सामाजिक सञ्जालमा लेखेका छन् । अर्थमन्त्री डा.… ...

दसैंपछि तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन
८ कात्तिक, काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ७ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दसैंपछि आज सुनचाँदीको मूल्य समायोजन गरेको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा दसैंपछि सुनको मूल्य उच्च दरले घटेको महासंघले जनाएको छ । आज सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ५ सय रुपैयाँ… ...

वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन सुदूरपश्चिम रोयल्समा अनुबन्ध
वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् । ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन् । तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन् । उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन् । एलेनले वेस्ट इन्डिजका लागि २० एक दिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय खेल ...

तीन सय रुपैयाँ बोकेर घर छाडेका यश कसरी बने ‘रकिङ स्टार’ ?
कन्नड अभिनेता यशले यस वर्ष दीपावलीको अवसरमा प्रदर्शनमा आउन लागेको फिल्म ‘रामायण’मा रावणको भूमिका निर्वाह गर्दैछन् । रणवीर कपुर अभिनीत यस फिल्मको बजेटदेखि कलाकारसम्मका विषयले चर्चा पाइरहेका छन् । नितेश तिवारीको निर्देशनमा बनेको फिल्ममा रणवीर राम र साई पल्लवी सीताको भूमिकामा छन् । यशले रावणको भूमिका निर्वाह गर्नुका साथै फिल्मको सहनिर्माताको जिम्मेवारीसमेत सम्हालेका छन् ।… ...


