पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

काठमाडौँ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन्। चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना हुन लागेको ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी हुनका लागि उनी आज त्यसतर्फ प्रस्थान गरेकी हुन्। परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण ‘थिम’ रहेको उक्त ग्लोबल गभर्नेन्स सम्मेलन यही अक्टोबर २३ देखि २५ सम्म आयोजना हुदैँछ। सो सम्मेलनलाई पूर्व राष्ट्रपति भण्डारीले विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। उक्त सम्मेलनअन्तर्गत अक्टोबर २४ र २५ मा विभिन्न विषयमा समानान्तर सत्र, प्यानल छलफल र गोलमेच बैठक पनि आयोजना गरिएको छ। फोरममा संयुक्त राष्ट्रसंघ केन्द्रित अन्तरराष्ट्रिय प्रणालीको संरक्षण, विश्व शान्ति र शान्ति स्थापना कार्यमा आवश्यक पर्ने सुधार, बहुपक्षीयताको प्रवर्द्धन, अन्तरराष्ट्रिय सम्बन्धमा विकासशील मुलुकको बढ्दो भूमिका तथा अन्तरराष्ट्रिय व्यापारमा ‘ग्लोबल साउथ’का मुलुकको भूमिकालगायतका विषयमा छलफल हुनेछ। त्यसैगरी सो सम्मेलनमा जलवायु परिवर्तन र यसको असर, हरित तथा न्यून कार्बन विकास, दिगो विकास, कृत्रिम बौद्धिकता र साइबर स्पेसलगायतका विषयमा पनि बहस हुने बताइएको छ। पूर्व राष्ट्रपति भण्डारी आगामी सोमबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

ग्लोबल गभर्नेन्स फोरममा सहभागी हुन पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान
काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ग्लोबल गभर्नेन्स फोरममा सहभागी हुन आज चीन प्रस्थान गरेकी छन्। चीनको हपवेई प्रदेशस्थित स्योङआनमा अक्टोबर २३ देखि २५ सम्म आयोजना हुने सम्मेलनमा उनले विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। ‘परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण’ मूल विषयवस्तु रहेको उक्त सम्मेलनमा विश्वव्यापी शासन प्रणाली, अन्तर्राष्ट्रिय सहकार्य तथा समसामयिक विश्व चुनौतीका विषयमा छलफल हुने ...

युक्रेनमा घाइते सैनिकको ४९१ दिनपछि ड्रोनबाट उद्धार
काठमाडौं । युक्रेनले युद्धको इतिहासमा पहिलोपटक घाइते सैनिकलाई भारी ड्रोनको सहायताले उद्धार गरेको दाबी गरेको छ । कोस्त्यान्तिन भ्लासेन्को नामका सैनिक ४९१ दिनसम्म रुसी सेनाको खतराबीच सीमावर्ती क्षेत्रमा फसेका थिए । पूर्वी युक्रेनको कुपियान्स्क मोर्चामा खटिएका भ्लासेन्को १४ फेब्रुअरीमा रुसी ड्रोन आक्रमणमा घाइते भएका थिए । उक्त आक्रमणमा उनका साथीको मृत्यु भएको थियो भने विस्फोटका छर्राले उनका दुवै खुट्टामा गम्भीर चोट ...

सकिएको छैन दसैँ, दोस्रो दिन पनि टीका लगाउने क्रम जारी
विजया दशमीको टीकाको दोस्रो दिन आज एकादशीका दिन पनि टीका र जमरा लगाए्र दसैँ मनाइँदै छ। आज पनि नवदुर्गाको प्रसादका रूपमा मान्यजनका हातबाट शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर बडादसैँ मनाइएको छ। बुधबार बडादसैँको मुख्य दिन अर्थात् बिजया दशमी हो भने आज एकादशी हो। त्यसैले हिजो टीका थाप्न नभ्याएकाहरूले आज पनि आफन्त तथा मान्यजनहरुकामा पुगेर व... ...

आजु र अजीको खट जात्रा गरिँदै
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको देवता घर परिसरमा बिहीबार एकादशीका दिन आजु (भैरव), अजी (मनकामना) को खट जात्रा गरिँदै । ...


