पुष्पाले जितिन् ‘एसिया प्यासिफिक स्क्रिन अवार्ड्स’मा उत्कृष्ट अभिनयको अवार्ड

काठमाडौं । नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’ (तिनीहरू)की प्रमुख अभिनेत्री पुष्पा लामाले अस्ट्रेलियाको गोल्ड कोस्टमा आयोजित प्रतिष्ठित ‘एसिया प्यासिफिक स्क्रिन अवार्ड्स’को १९औं संस्करणमा उत्कृष्ट अभिनयतर्फको अवार्ड जितेकी छन्। एसिया-प्रशान्त क्षेत्रका ७८ भन्दा बढी देश र क्षेत्रहरूको सहभागिता रहने यो फेस्टिभल प्रतिष्ठित मञ्च हो । अन्तर्राष्ट्रिय मञ्चमा ख्याति कमाउँदै आएको यो फिल्मले यसअघि विश्वकै प्रतिष्ठित ७९औं कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’विधा अन्तर्गत ऐतिहासिक ‘जुरी प्राइज’ जितिसकेको छ। कान्सको इतिहासमा कुनै पनि नेपाली फिल्मले मुख्य वा समानान्तर विधामा यति ठूलो आधिकारिक अवार्ड जितेको यो पहिलो पटक हो। अविनाशविक्रम शाहको लेखन तथा निर्देशन र अनुप पौडेलको निर्माणमा तयार भएको यो फिल्म नेपालमा भने गत भदौमा प्रदर्शन भएको थियो । नेपाल, जर्मनी, ब्राजिल, फ्रान्स र नर्वेको सह-उत्पादनमा बनेको यो फिल्ममा पुष्पाले किन्नर समुदायकी ‘पिरती’ नामक केन्द्रीय चरित्रलाई पर्दामा जीवन्त रूपमा उतारेकी छन् । अवार्ड पाएपछि खुसी व्यक्त गर्दै अभिनेत्री लामाले यो सम्मान आफ्ना लागि जीवनभरको विशेष कोशेढुंगा भएको बताइन्। उनले भनिन्, ‘यो सम्मान पाउनु मेरा लागि ठूलो गौरवको विषय हो, जसले मलाई ‘पिरती’ को चरित्रसँग सदाका लागि जोडिदिएको छ ।’ त्यस्तै, निर्देशक अविनाशविक्रम शाहले पनि सामाजिक सञ्जालमा खुसी साट्दै चार वर्षको निर्माण यात्रामा पुष्पाले दिएको साथ र देखाएको इमानदारी सधैं अविस्मरणीय रहने बताए । उनले भने, ‘पिरतीलाई पर्दामा जीवन्त बनाउने क्रममा उहाँले देखाउनुभएको संवेदनशीलता, साहस र इमानदारी हाम्रा लागि सधैँ विशेष रहनेछ।’
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

सडक सुरक्षा र ट्राफिक नियम पालनाबारे जनचेतनामूलक अन्तर्क्रिया
काठमाडौँ । सडक सुरक्षा अभिवृद्धि, ट्राफिक नियमको प्रभावकारी पालना तथा सुरक्षित यातायात प्रणालीको विकास गर्ने उद्देश्यले काठमाडौँमा ट्राफिक जनचेतनामूलक अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको छ । काठमाडौँको रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालय... ...

पहिरोका कारण अवरुद्ध बीपी राजमार्ग खुलाउने प्रयास सुरु
काठमाडौं। अविरल वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग खुलाउने प्रयास सुरु भएको छ। शुक्रबार र शनिबार परेको भारी वर्षाले राजमार्गका विभिन्न स्थानमा पहिरो खसालेपछि शनिबार बिहानैदेखि यातायात सेवा ठप्प भएको थियो। प्रहरीका अनुसार आइतबार बिहानदेखि काभ्रेको रोसी गाउँपालिका-७ गिम्दीबेँसीमा डोजरको प्रयोग गरी पहिरो पन्छाउने काम सुरु गरिएको छ। वर्षा रोकिएसँगै सडक सफा गर्ने कार्य अघि बढाइएको हो। यसैबीच बाढी र पहिरोका कारण ...

प्रहरी महानिरीक्षक हटाउने विषय र इनमको मोबाइलमा भएका विवरण कसरी भए छताछुल्ल ?
काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले बिहीबार आकस्मिक रूपमा पोलिसी कोअर्डिनेशन कमिटी (पीससी) बैठक डाके । प्रहरी प्रधान कार्यालयमा पीसीसी बैठक बोलाउनुअघि केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा महानिरीक्षक कार्कीलाई... ...

देश ठुलो सङ्कटतर्फ उन्मुख छ : डा. बाबुराम भट्टराई
काठमाडौं। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर सङ्कटतर्फ उन्मुख भएको चेतावनी दिएका छन्। उनले भूराजनीतिक चलखेल, राजनीतिक दलभित्रको आन्तरिक द्वन्द्व र राज्यका प्रमुख निकायमा देखिएको अस्तव्यस्तताका कारण अवस्था जटिल बन्दै गएको बताएका हुन्। आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सत्तारूढ र प्रतिपक्षी दलभित्रको अन्तरसंघर्ष, न्यायालय, प्रशासन र प्रहरीमा देखिएको अव्यवस्था तथा अर्थतन्त्रको निरन्तर ओरालो यात्रालाई सङ्कटका मुख्य कारकका रूपमा ...


