Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/देश ठुलो सङ्कटतर्फ उन्मुख छ : डा. बाबुराम भट्टराई

देश ठुलो सङ्कटतर्फ उन्मुख छ : डा. बाबुराम भट्टराई

Share:WhatsAppFacebookX (Twitter)Telegram
देश ठुलो सङ्कटतर्फ उन्मुख छ : डा. बाबुराम भट्टराई

काठमाडौं। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर सङ्कटतर्फ उन्मुख भएको चेतावनी दिएका छन्। उनले भूराजनीतिक चलखेल, राजनीतिक दलभित्रको आन्तरिक द्वन्द्व र राज्यका प्रमुख निकायमा देखिएको अस्तव्यस्तताका कारण अवस्था जटिल बन्दै गएको बताएका हुन्। आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सत्तारूढ र प्रतिपक्षी दलभित्रको अन्तरसंघर्ष, न्यायालय, प्रशासन र प्रहरीमा देखिएको अव्यवस्था तथा अर्थतन्त्रको निरन्तर ओरालो यात्रालाई सङ्कटका मुख्य कारकका रूपमा औंल्याएका छन्। डा. भट्टराईले प्राकृतिक प्रकोपको भार, युवाहरूको विदेश पलायन तथा सञ्चार क्षेत्र र नागरिक वृत्तमा बढ्दो निराशाले पनि देशको अवस्था थप चुनौतीपूर्ण बनाएको उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘देशमा बढ्दो भूराजनीतिक चलखेलको पृष्ठभूमिमा सत्ताधारी र प्रतिपक्षी दलहरूभित्रै चर्कँदो अन्तरसंघर्ष, राज्यका प्रमुख अङ्गहरू न्यायालय, प्रशासन, प्रहरी लगायतमा अस्तव्यस्तता, अर्थतन्त्रको निरन्तर ओरालो यात्रा, थपिँदो प्राकृतिक प्रकोपको भार, युवाहरूको निरन्तर विदेश पलायन, सार्वजनिक सञ्चार क्षेत्र र नागरिक वृत्तमा चुलिँदो निराशा, आदिले देश ठुलो सङ्कटतिर उन्मुख भइरहेको सङ्केत गर्छ!’ देशले अब कुनै पनि बहानामा थप अस्थिरता र उथलपुथल थेग्न नसक्ने भन्दै उनले सबै पक्षलाई गम्भीर बन्न आग्रह गरेका छन्। उनले थपे, ‘अब कुनै पनि बहानामा देशले अस्थिरता र उथलपुथल थेग्न सक्दै सक्दैन! सबै आ आफ्नो क्षेत्रबाट गम्भीर बनौँ! सक्छौँ, सकारात्मक योगदान गरौँ! सक्दैनौँ, नकारात्मक काम नगरौँ!’

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

बारामा प्रहरीको गोली लागेर घाइते भएका किशोरलाई काठमाडौं ल्याइयो
ताजा खबरJust now

बारामा प्रहरीको गोली लागेर घाइते भएका किशोरलाई काठमाडौं ल्याइयो

काठमाडौं । बाराको फेटा गाउँपालिकामा प्रहरीको गोली लागेर घाइते भएका करिब १६ वर्षीय आदित्य पासवानलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ। शनिबार अस्पताल उद्घाटनको विषयलाई लिएर भएको झडपका क्रममा पासवान घाइते भएका थिए। उनलाई सुरुमा वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको थियो। नेशनल मेडिकल कलेजले थप उपचारका लागि रिफर गरेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उनलाई काठमाडौं ल्याइएको बाराका प्रहरी उपरीक्षक (एसपी) ...

केन्द्रबिन्दु
सिक्टाले किसानको लगत संकलन गर्दै
ताजा खबरJust now

सिक्टाले किसानको लगत संकलन गर्दै

बाँके।निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनाले सिञ्चित क्षेत्रका उपभोक्ता किसानको लगत संकलन गरी त्यसका आधारमा जल व्यवस्थापन गर्न थालेको छ। आयोजनाले पूर्वी र पश्चिमी मूल नहरअन्तर्गतका शाखा, उपशाखा र प्रशाखाबाट सिंचाइ सुविधा लिइरहेका तथा भविष्यमा लिने किसानको लगत संकलन गरिरहेको आयोजनाका निर्देशक राजु आचार्यले बताए। सिंचाइ सेवा प्राप्त गर्न जल उपभोक्ता सदस्यता अनिवार्य हुने भएकाले किसानको लगत संकलन अन्तिम चरणमा पुगेको ...

नेपालन्युज
निर्माण क्षेत्रमा चीनले बढायो रोबोटको प्रयोग
ताजा खबरJust now

निर्माण क्षेत्रमा चीनले बढायो रोबोटको प्रयोग

• चीनले निर्माण क्षेत्रमा रोबोटको प्रयोग बढाउँदै, भवन सफाइ र फलामका छड बाँध्ने काममा रोबोट प्रयोग गर्न थालेको छ। • रोबोटले श्रम लागत घटाउने र कामको गति बढाउनेमा महत्वपूर्ण भूमिका खेल्दैछन्, जसले निर्माण श्रमिकको भूमिकामा परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। • ग्वाङ्दोङ प्रान्तमा १०,000 भन्दा बढी उद्यम निर्माण रोबोट क्षेत्र र आपूर्ति शृंखलामा सक्रिय छन्। ...

नेपालबहस
बडीमालिकामा सम्पर्कविहीन युवक मृत फेला
ताजा खबरJust now

बडीमालिकामा सम्पर्कविहीन युवक मृत फेला

कञ्चनपुरको बेदकोट–दैजीका मनिष बोहरा त्रिवेणी पाटननजिक मृत भेटिएपछि शव र सुरक्षाकर्मी ल्याउन हेलिकप्टर परिचालनको तयारी गरिएको छ। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play