Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

पार्टी बदल्दिनँ भोट बदल्छु भन्ने बेइमान कुरा एमालेमा सुहाउँदैन, भोट बदल्नु अघि पार्टी नै बदल्नु  : केपी ओली

Share:WhatsAppFacebookX (Twitter)Telegram
पार्टी बदल्दिनँ भोट बदल्छु भन्ने बेइमान कुरा एमालेमा सुहाउँदैन, भोट बदल्नु अघि पार्टी नै बदल्नु  : केपी ओली
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, कात्तिक २८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा आबद्ध भएर आफ्नै पार्टीको मत बदल्ने प्रवृत्तिलाई सबैभन्दा घातक र बेइमानीपूर्ण व्यवहारको संज्ञा दिनुभएको छ । उहाँले पार्टीमा रहने तर निर्वाचनमा अर्को दललाई मत दिने प्रवृत्ति अब सह्य नहुने चेतावनीसमेत दिनुभएको छ । नेकपा एमाले बागमती प्रदेश कमिटीको तेस्रो पूर्ण बैठकलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीको सदस्य भएर पार्टीकै विरुद्धमा मत दिने कुरा राजनीतिक इमानदारीविपरीत भएको बताउनुभयो । गएको निर्वाचनमा यस्तो प्रवृत्ति देखिएको उल्लेख गर्दै उहाँले आगामी दिनमा त्यसलाई स्वीकार गर्न नसकिने स्पष्ट पार्नुभयो । ‘पार्टीमा बस्ने भए पार्टीको पक्षमा उभिनुपर्छ, पार्टी बदल्दिनँ, भोट बदल्छु भन्ने बेइमान कुरा एमाले भएर सुहाउँदैन, भोट बदल्नुभन्दा पहिले पार्टी बदल्नु राम्रो,’ उहाँले भन्नुभयो । पार्टीका जिम्मेवार नेता तथा कार्यकर्ताबाटै आफ्नै पार्टीविरुद्ध जालझेल, षड्यन्त्र र तिकडम हुने गरेको भन्दै अध्यक्ष ओलीले असन्तुष्टि व्यक्त गर्नुभयो । अब यस्ता गतिविधि देखिएमा चुप लागेर नबस्न निर्देशन दिँदै उहाँले जिल्लास्तरबाटै कारबाही प्रक्रिया अघि बढाउन आग्रह गर्नुभयो । ‘अब उप्रान्त यस्तो हुँदा जिल्लाले जिल्लामै कारबाही गर्नुस्, त्यहीँबाट कारबाही गरेर केन्द्रमा जानकारी पठाउनुस्,’ उहाँले भन्नुभयो । केन्द्रले पनि जानकारीका आधारमा छानबिन गरी आवश्यक कारबाही गर्ने उहाँले स्पष्ट पार्नुभयो । अध्यक्ष ओलीले एमाले विचार, संगठनात्मक अनुशासन र एकताका आधारमा चल्नुपर्नेमा जोड दिनुभयो । जिल्ला, पालिका र वडा तहसम्म बैठक आयोजना गरेर आपसी असमझदारी हटाउन तथा पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न उहाँले नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो । नेता तथा कार्यकर्ताहरू जनतामाझ पुग्न नसकेको भन्दै उहाँले संगठनात्मक गतिविधिलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । जनतामाझ पुगेर पार्टीको विचार, सदाचार र इमानदारी स्थापित गर्नुपर्ने उहाँको भनाइ थियो । फागुन २१ गते भएको निर्वाचनमा पार्टीका संगठित सदस्यको संख्याभन्दा कम मत प्राप्त भएको विषयमा असन्तुष्टि व्यक्त गर्दै अध्यक्ष ओलीले अबको ध्यान स्थानीय तह र प्रदेशसभा निर्वाचनमा केन्द्रित गर्न निर्देशन दिनुभयो । बागमती प्रदेशमा गएको निर्वाचनमा अप्रत्याशित पराजय बेहोर्नुपरेको उल्लेख गर्दै उहाँले आगामी निर्वाचनमा त्यस्तो अवस्था दोहोरिन नदिन सबैले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताउनुभयो । गएको निर्वाचनमा पार्टीले पराजय बेहोर्नुपर्नाका प्रमुख कारण आपसी अनेकता, द्वेष र बेइमानी रहेको उहाँको निष्कर्ष थियो । ‘विगतमा हाम्रो पराजयको प्रमुख कारण अनेकता, आपसमा विद्वेष र बेइमानी हो,’ उहाँले भन्नुभयो, ‘नेकपा एमालेका कार्यकर्ताले इमान राख्न सक्दैन भने इमान खोज्न कहाँ जाने ? एमाले भनेपछि इमान र पार्टीप्रतिको निष्ठामा पक्का हुनुपर्छ नि ।’ आफ्नो स्वार्थ पूरा नभए पार्टीभित्रै असहयोग गर्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै उहाँले यसपटक कुनै पनि गल्ती नगर्न नेता तथा कार्यकर्तालाई सचेत गराउनुभयो । ‘आफ्नो स्वार्थअनुसार भएन भने जे पनि गरिदिने, हामी अरूलाई आलोचना गर्दा गर्दै हाम्रो अन्तरदृष्टि के भइरहेको छ ? यसपटक हामीले कुनै भूलचुक गर्नु हुँदैन, कुनै गल्ती गर्नु हुँदैन, पार्टीलाई जिताउनुपर्छ,’ उहाँले भन्नुभयो । पार्टीलाई व्यवस्थित, अनुशासित र एकताबद्ध बनाउनुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले एमालेसँग प्रतिस्पर्धा गरेर जित्ने दाबी गर्नेहरूलाई संगठनको वास्तविक शक्ति देखाउनुपर्ने धारणा राख्नुभयो । ‘बिना पार्टीको हामीसँग मुकाबिला गरेर जित्छौँ भनेर आइरहेका छन्, हाम्रो पार्टी पार्टीजस्तो होइन, पार्टीजस्तो हुनुपर्छ,’ उहाँले भन्नुभयो । यसैबीच, अध्यक्ष ओलीले मंसिर २ र ३ गते आयोजना हुन लागेको पार्टीको राष्ट्रिय भेलाबारे जानकारी दिँदै केन्द्रीय कमिटीले निकालेका निष्कर्ष र सर्वसम्मत रूपमा पारित प्रतिवेदनका आधारमा पार्टी अघि बढ्ने बताउनुभयो । ‘पार्टी केन्द्रीय कमिटीले निकालेका निष्कर्ष, पारित गरेको सर्वसम्मत प्रतिवेदन र त्यस प्रतिवेदनका आधारमा हामी अगाडि बढ्ने हो,’ उहाँले भन्नुभयो । हालका लागि पार्टीले दुई कार्यभार र १५ वटा काम निर्धारण गरेको उल्लेख गर्दै उहाँले विगतका कामको समीक्षा गरी निर्धारित कार्यदिशाअनुसार अघि बढ्ने बताउनुभयो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रास्वपा सांसदहरू चीन जाँदै, सभापति रवि र वरिष्ठ नेता बालेनको छुट्टाछुट्टै निर्देशन
PoliticsJust now

रास्वपा सांसदहरू चीन जाँदै, सभापति रवि र वरिष्ठ नेता बालेनको छुट्टाछुट्टै निर्देशन

उनले भ्रमणको उद्देश्यमा केन्द्रित हुन र संहिता पालना गर्न निर्देशन दिएको रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिए । ...

हाम्राकुरा
मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवद्वारा राजीनामा
PoliticsJust now

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवद्वारा राजीनामा

काठमाडौं, कात्तिक २८ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिनुभएको छ । आज बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उहाँले मुख्यमन्त्री पदबाट राजीनामा घोषणा गर्नुभएको हो । मुख्यमन्त्री यादवले आजै प्रदेशसभाबाट विश्वासको मत लिने कार्यसूची तय भएको थियो । तर, विश्वासको मत प्राप्त गर्न आवश्यक बहुमत नपुग्ने अवस्था देखिएपछि उहाँले विश्वासको मतको प्रक्रियामा नगई राजीनामा दिनुभएको हो । १०७ सदस्यीय मधेश ...

जनताटाइम्स
बाध्यतावश मधेसको नेतृत्व गर्नुपर्ने हुन सक्छ : मनिष सुमन
PoliticsJust now

बाध्यतावश मधेसको नेतृत्व गर्नुपर्ने हुन सक्छ : मनिष सुमन

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) नेता मनिष सुमनले बाध्यतावश मधेस प्रदेशको नेतृत्व गर्नुपर्ने हुन सक्ने बताएका छन् । नेपाली कांग्रेसका मुख्यमन्त्रीले शनिबार विश्वासको मत लिन नसकेर राजीनामा दिएपछि जनता समाजवादी पार्टीको नेतृत्वमा मधेस प्रदेश सरकार गठन हुने हल्ला फैलिएको छ । यसैबिच काठमाण्डुपाटीसँगको कुराकानीमा सुमनले संविधान र विधिलाई पालना गर्दै बाध्यतावश मधेस प्रदेशको नेतृत्व […] ...

काठमाण्डुपाटी
उपद्रो, आगजनी र लुटपाटबाट परिवर्तन खोजिँदै छ, विनाश र संहारलाई परिवर्तन भनिँदै छ : केपी ओली
PoliticsJust now

उपद्रो, आगजनी र लुटपाटबाट परिवर्तन खोजिँदै छ, विनाश र संहारलाई परिवर्तन भनिँदै छ : केपी ओली

काठमाडौं, कात्तिक २८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले देशमा उपद्रो, आगजनी, तोडफोड र लुटपाटबाट परिवर्तन खोज्ने प्रवृत्ति देखिएको बताउनु भएकाे छ । उहाँले विनाश र संहारलाई परिवर्तनका रूपमा व्याख्या गर्ने प्रवृत्ति बढेको टिप्पणी गर्नुभयाे । ओलीले भन्नुभयो, ‘देशमा उपद्रो, आगजनी, तोडफोड र लुटपाटबाट परिवर्तन खोजिँदै छ । विनाश र संहारलाई परिवर्तन भन्ने प्रवृत्ति देखिएको छ ।’ नेकपा एमाले ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play