Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

उपद्रो, आगजनी र लुटपाटबाट परिवर्तन खोजिँदै छ, विनाश र संहारलाई परिवर्तन भनिँदै छ : केपी ओली

Share:WhatsAppFacebookX (Twitter)Telegram
उपद्रो, आगजनी र लुटपाटबाट परिवर्तन खोजिँदै छ, विनाश र संहारलाई परिवर्तन भनिँदै छ : केपी ओली
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, कात्तिक २८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले देशमा उपद्रो, आगजनी, तोडफोड र लुटपाटबाट परिवर्तन खोज्ने प्रवृत्ति देखिएको बताउनु भएकाे छ । उहाँले विनाश र संहारलाई परिवर्तनका रूपमा व्याख्या गर्ने प्रवृत्ति बढेको टिप्पणी गर्नुभयाे । ओलीले भन्नुभयो, ‘देशमा उपद्रो, आगजनी, तोडफोड र लुटपाटबाट परिवर्तन खोजिँदै छ । विनाश र संहारलाई परिवर्तन भन्ने प्रवृत्ति देखिएको छ ।’ नेकपा एमाले बागमती प्रदेश कमिटीको तेस्रो पूर्ण बैठकलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले अहिले प्रतिकूल परिस्थितिमा रहे पनि आगामी निर्वाचनलाई लक्षित गरेर योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले विगतमा एमालेमाथि चौतर्फी संयुक्त हमला भएको दाबी गर्दै भन्नुभयो, ‘हामीमाथि पार्टी भित्रै र बाहिरबाट हमला हुँदा हामीले धोका खायौँ । हामीमाथि चौतर्फी संयुक्त हमला थियो । हाम्रा विरोधीहरूले हामीमाथि निर्णायक हमला गरे ।’ आगजनी र लुटपाटमा संलग्नहरू देशभित्रैका रहेको टिप्पणी गर्दै उहाँले भन्नुभयो, ‘आगो लगाउनेमा को–को समावेश थिए ? लुट्नेहरूमा को–को सामेल थिए, मैले भनिरहनु पर्दैन । विदेशबाट आएर आगो लगाएका होइनन् । केही हजार मानिसहरूले देशव्यापी रूपमा सरकारी संरचनामा आगो लगाए ।’ उहाँले लोकतन्त्र र लोकतान्त्रिक राजनीतिक दलमाथि ठूलो आक्रमण भएको दाबी गर्दै असंवैधानिक बाटोबाट सरकार गठन गरिएको बताउनुभयाे । ‘लोकतन्त्र र लोकतान्त्रिक पार्टीमाथि यति धेरै आक्रमण भयो । त्यसकै प्रतिनिधिहरूले असंवैधानिक बाटोबाट सरकार बनाएर असंवैधानिक प्रधानमन्त्रीको व्यक्तिगत सिफारिसमा प्रतिनिधिसभा विघटन गरियो र त्यसलाई क्रान्ति भन्न चुनाव मञ्चन गरियो,’ उहाँले भन्नुभयो । अध्यक्ष ओलीले पछिल्लो निर्वाचनको निष्पक्षतामाथि समेत प्रश्न उठाउनुभयो । उहाँले भन्नुभयो, ‘चुनाव वास्तवमा चुनाव भएन । आतंकका बीचमा राज्य संयन्त्रको प्रयोग गरेर मनोवैज्ञानिक त्रास सिर्जना गरेर चुनाव कब्जा गरियो । शान्तिपूर्ण ढंगले चुनाव कब्जा गरियो र त्यसलाई आधिकारिकता दिन सरकार बनाइयो ।’ आगामी निर्वाचनहरू एमालेका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले स्थानीय तह, प्रदेशसभा र राष्ट्रपतिको निर्वाचनलाई लक्षित गरेर पार्टीले अहिलेदेखि नै तयारी गर्नुपर्ने बताउनुभयो । ‘केही महिनापछि स्थानीय तहको निर्वाचन हुन्छ । एक वर्षपछि प्रदेशसभाको निर्वाचन हुन्छ । त्यसपछि तुरुन्तै राष्ट्रपतिको निर्वाचन हुँदै छ,’ उहाँले भन्नुभयो, ‘त्यसकारण हामी यसमा योजनाबद्ध ढंगले लाग्न जरुरी छ ।’ स्थानीय तहको निर्वाचनले स्थानीय तहकाे विकासका काम मात्र गर्ने नभइ राष्ट्रियसभा सदस्यका मतदाता तयार गर्ने भएकाले यसको महत्व अझ बढी रहेको उहाँको भनाइ थियो । ‘स्थानीय तहको निर्वाचन भनेको राष्ट्रियसभाको निर्वाचन पनि हो । तिनै स्थानीय तहका जनप्रतिनिधिले राष्ट्रियसभा सदस्यका लागि मतदान गर्ने हो । त्यसकारण यो निर्वाचन राष्ट्रियसभाका मतदाता तयार गर्ने निर्वाचन पनि हो,’ ओलीले भन्नुभयो । गत निर्वाचनको तुलनामा अहिले एमालेका लागि धेरै अनुकूलता थपिएको दाबी गर्दै उहाँले भन्नुभयो, ‘हामीसँग यतिबेला थुप्रै अनुकूलता थपिएका छन् । गत निर्वाचनको भन्दा थुप्रै अनुकूलता थपिएका छन् । त्यस स्तरको त्रासको वातावरण अहिले छैन । यद्यपि सरकारको स्वेच्छाचारिता र फासीवादको यात्रामा कुनै कमी आएको छैन ।’ सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै उहाँले प्रहरी महानिरीक्षक हटाइएको र विभिन्न छानबिनका नाममा गतिविधि भइरहेको टिप्पणी गर्नुभयो । ‘एकातिर समिति बन्ने, छानबिन गर्ने काम चलिरहेको छ । अर्कोतिर आईजीपीलाई हटाइसकिएको छ,’ उहाँले भन्नुभयो । आफूलाई सरकार गठन भएकै दिन गिरफ्तार गरिएको प्रसंग उल्लेख गर्दै अध्यक्ष ओलीले १३ दिनसम्म विभिन्न मुद्दामा फसाउने प्रयास भएको दाबी गर्नुभयो । ‘सरकार बनेकै दिन मलाई स्वेच्छाचारी ढंगले गिरफ्तार गरे । १३ दिनसम्म अनेक मुद्दा लगाउन खोजे । केही उपाय नलागेपछि छाडे,’ उहाँले भन्नुभयो । सरकारले उद्यमी तथा व्यवसायीलाई समेत दुःख दिएको बताउँदै उहाँले विकास निर्माणका काम प्रभावित भएको बताउनुभयो । दैलेखको ग्यास खानी सञ्चालनमा ढिलाइ गरिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘दैलेखको ग्यास खानीले यतिबेलासम्म उत्पादन दिइसक्थ्यो तर काम रोकेर राखिएको छ । विकासका काम रोकिएको छ । कतिपय ठेक्का रोकिएका छन् ।’

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पार्टी बदल्दिनँ भोट बदल्छु भन्ने बेइमान कुरा एमालेमा सुहाउँदैन, भोट बदल्नु अघि पार्टी नै बदल्नु  : केपी ओली
PoliticsJust now

पार्टी बदल्दिनँ भोट बदल्छु भन्ने बेइमान कुरा एमालेमा सुहाउँदैन, भोट बदल्नु अघि पार्टी नै बदल्नु  : केपी ओली

काठमाडौं, कात्तिक २८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा आबद्ध भएर आफ्नै पार्टीको मत बदल्ने प्रवृत्तिलाई सबैभन्दा घातक र बेइमानीपूर्ण व्यवहारको संज्ञा दिनुभएको छ । उहाँले पार्टीमा रहने तर निर्वाचनमा अर्को दललाई मत दिने प्रवृत्ति अब सह्य नहुने चेतावनीसमेत दिनुभएको छ । नेकपा एमाले बागमती प्रदेश कमिटीको तेस्रो पूर्ण बैठकलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीको सदस्य भएर पार्टीकै ...

जनताटाइम्स
रास्वपा सांसदहरू चीन जाँदै, सभापति रवि र वरिष्ठ नेता बालेनको छुट्टाछुट्टै निर्देशन
PoliticsJust now

रास्वपा सांसदहरू चीन जाँदै, सभापति रवि र वरिष्ठ नेता बालेनको छुट्टाछुट्टै निर्देशन

उनले भ्रमणको उद्देश्यमा केन्द्रित हुन र संहिता पालना गर्न निर्देशन दिएको रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिए । ...

हाम्राकुरा
मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवद्वारा राजीनामा
PoliticsJust now

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवद्वारा राजीनामा

काठमाडौं, कात्तिक २८ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिनुभएको छ । आज बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उहाँले मुख्यमन्त्री पदबाट राजीनामा घोषणा गर्नुभएको हो । मुख्यमन्त्री यादवले आजै प्रदेशसभाबाट विश्वासको मत लिने कार्यसूची तय भएको थियो । तर, विश्वासको मत प्राप्त गर्न आवश्यक बहुमत नपुग्ने अवस्था देखिएपछि उहाँले विश्वासको मतको प्रक्रियामा नगई राजीनामा दिनुभएको हो । १०७ सदस्यीय मधेश ...

जनताटाइम्स
बाध्यतावश मधेसको नेतृत्व गर्नुपर्ने हुन सक्छ : मनिष सुमन
PoliticsJust now

बाध्यतावश मधेसको नेतृत्व गर्नुपर्ने हुन सक्छ : मनिष सुमन

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) नेता मनिष सुमनले बाध्यतावश मधेस प्रदेशको नेतृत्व गर्नुपर्ने हुन सक्ने बताएका छन् । नेपाली कांग्रेसका मुख्यमन्त्रीले शनिबार विश्वासको मत लिन नसकेर राजीनामा दिएपछि जनता समाजवादी पार्टीको नेतृत्वमा मधेस प्रदेश सरकार गठन हुने हल्ला फैलिएको छ । यसैबिच काठमाण्डुपाटीसँगको कुराकानीमा सुमनले संविधान र विधिलाई पालना गर्दै बाध्यतावश मधेस प्रदेशको नेतृत्व […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play