Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवद्वारा राजीनामा

Share:WhatsAppFacebookX (Twitter)Telegram
मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवद्वारा राजीनामा
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, कात्तिक २८ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिनुभएको छ । आज बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उहाँले मुख्यमन्त्री पदबाट राजीनामा घोषणा गर्नुभएको हो । मुख्यमन्त्री यादवले आजै प्रदेशसभाबाट विश्वासको मत लिने कार्यसूची तय भएको थियो । तर, विश्वासको मत प्राप्त गर्न आवश्यक बहुमत नपुग्ने अवस्था देखिएपछि उहाँले विश्वासको मतको प्रक्रियामा नगई राजीनामा दिनुभएको हो । १०७ सदस्यीय मधेश प्रदेशसभामा सरकारलाई विश्वासको मत प्राप्त गर्न कम्तीमा ५४ सांसदको समर्थन आवश्यक पर्छ । तर, हाल कायम १०३ सांसदमध्ये मुख्यमन्त्री यादव नेतृत्वको नेपाली कांग्रेसका २२ जना सांसद मात्रै छन् । नेकपा एमाले र नेकपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव नेतृत्वको सरकार अल्पमतमा परेको थियो । समर्थन फिर्तापछि आवश्यक बहुमत जुटाउन नसक्ने अवस्था बनेसँगै उहाँले पदबाट राजीनामा दिनुभएको हो । मुख्यमन्त्री यादवको राजीनामासँगै मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको छ । प्रदेशसभामा २८ सिटसहित जनता समाजवादी पार्टी (जसपा) सबैभन्दा ठूलो दलका रूपमा रहेको छ । जसपाको नेतृत्वमा नयाँ सरकार गठनको तयारी भइरहेको छ । मधेश प्रदेशसभामा नेकपा एमालेका २४, नेपाली कांग्रेसका २२, नेकपाका १४ र जनमत पार्टीका १२ सांसद रहेका छन् । त्यस्तै, नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक–एक सांसद छन् । मधेश प्रदेशको राजनीतिक समीकरण फेरि र नयाँ सरकार गठनका लागि दलहरूबीच छलफल तीव्र भइरहेकाे छ । नेकपा एमाले, नेकपा र जनमत पार्टी मिलेर सरकार बनाउने तयारी गरिरहेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पार्टी बदल्दिनँ भोट बदल्छु भन्ने बेइमान कुरा एमालेमा सुहाउँदैन, भोट बदल्नु अघि पार्टी नै बदल्नु  : केपी ओली
PoliticsJust now

पार्टी बदल्दिनँ भोट बदल्छु भन्ने बेइमान कुरा एमालेमा सुहाउँदैन, भोट बदल्नु अघि पार्टी नै बदल्नु  : केपी ओली

काठमाडौं, कात्तिक २८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा आबद्ध भएर आफ्नै पार्टीको मत बदल्ने प्रवृत्तिलाई सबैभन्दा घातक र बेइमानीपूर्ण व्यवहारको संज्ञा दिनुभएको छ । उहाँले पार्टीमा रहने तर निर्वाचनमा अर्को दललाई मत दिने प्रवृत्ति अब सह्य नहुने चेतावनीसमेत दिनुभएको छ । नेकपा एमाले बागमती प्रदेश कमिटीको तेस्रो पूर्ण बैठकलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीको सदस्य भएर पार्टीकै ...

जनताटाइम्स
रास्वपा सांसदहरू चीन जाँदै, सभापति रवि र वरिष्ठ नेता बालेनको छुट्टाछुट्टै निर्देशन
PoliticsJust now

रास्वपा सांसदहरू चीन जाँदै, सभापति रवि र वरिष्ठ नेता बालेनको छुट्टाछुट्टै निर्देशन

उनले भ्रमणको उद्देश्यमा केन्द्रित हुन र संहिता पालना गर्न निर्देशन दिएको रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिए । ...

हाम्राकुरा
बाध्यतावश मधेसको नेतृत्व गर्नुपर्ने हुन सक्छ : मनिष सुमन
PoliticsJust now

बाध्यतावश मधेसको नेतृत्व गर्नुपर्ने हुन सक्छ : मनिष सुमन

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) नेता मनिष सुमनले बाध्यतावश मधेस प्रदेशको नेतृत्व गर्नुपर्ने हुन सक्ने बताएका छन् । नेपाली कांग्रेसका मुख्यमन्त्रीले शनिबार विश्वासको मत लिन नसकेर राजीनामा दिएपछि जनता समाजवादी पार्टीको नेतृत्वमा मधेस प्रदेश सरकार गठन हुने हल्ला फैलिएको छ । यसैबिच काठमाण्डुपाटीसँगको कुराकानीमा सुमनले संविधान र विधिलाई पालना गर्दै बाध्यतावश मधेस प्रदेशको नेतृत्व […] ...

काठमाण्डुपाटी
उपद्रो, आगजनी र लुटपाटबाट परिवर्तन खोजिँदै छ, विनाश र संहारलाई परिवर्तन भनिँदै छ : केपी ओली
PoliticsJust now

उपद्रो, आगजनी र लुटपाटबाट परिवर्तन खोजिँदै छ, विनाश र संहारलाई परिवर्तन भनिँदै छ : केपी ओली

काठमाडौं, कात्तिक २८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले देशमा उपद्रो, आगजनी, तोडफोड र लुटपाटबाट परिवर्तन खोज्ने प्रवृत्ति देखिएको बताउनु भएकाे छ । उहाँले विनाश र संहारलाई परिवर्तनका रूपमा व्याख्या गर्ने प्रवृत्ति बढेको टिप्पणी गर्नुभयाे । ओलीले भन्नुभयो, ‘देशमा उपद्रो, आगजनी, तोडफोड र लुटपाटबाट परिवर्तन खोजिँदै छ । विनाश र संहारलाई परिवर्तन भन्ने प्रवृत्ति देखिएको छ ।’ नेकपा एमाले ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play