Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

दसौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिममा खेलाडी छनोट सुरु

Share:WhatsAppFacebookX (Twitter)Telegram
दसौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिममा खेलाडी छनोट सुरु
Photo / Coverage: केन्द्रबिन्दु

धनगढी । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीस्वरूप सुदूरपश्चिम प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु भएको छ । कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशबाट ३० विधाका खेलाडी छनोट गर्न लागिएको हो । प्रदेश खेलकुद परिषद्को आयोजनामा सुरु भएको छनोट प्रतियोगिता मङ्सिर १ गतेसम्म सञ्चालन हुनेछ । कैलाली, कञ्चनपुर र डडेल्धुरामा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन धनगढी रङ्गशालामा गरिएको हो । प्रतियोगिताको उद्घाटन मुख्यमन्त्री खगराज भट्टले गरेका थिए। प्रदेश खेलकुद परिषद्का सदस्यसचिव लोकबहादुर खड्काका अनुसार कैलालीमा फुटबल, एथलेटिक्स, क्रिकेट, बास्केटबल, ह्यान्डबल, ब्याडमिन्टन, टेबलटेनिस, बुद्धिचाल, बक्सिङ, उसु, खोखो, सुटिङ, जिम्न्यास्टिक, रग्बी, भारोत्तोलन, शारीरिक सुगठन र ई–स्पोट्र्सका प्रतियोगिता सञ्चालन हुनेछन् । त्यस्तै, कञ्चनपुरमा कबड्डी, तेक्वान्दो, कराँते, फुलकन्ट्याक्ट कराँते, आईटीएफ तेक्वान्दो, कुस्ती र जुडोका खेल सञ्चालन गरिनेछ । डडेल्धुरामा महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना हुनेछ । प्रदेशका नौवटै जिल्लाबाट छनोट भएर आएका दुई हजार ४६४ खेलाडीले प्रदेशस्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने परिषद्ले जनाएको छ । प्रतियोगितामा खेलाडी, प्रशिक्षक र अफिसियल गरी ७४४ जनाको सहभागिता रहनेछ । उद्घाटन कार्यक्रममा मुख्यमन्त्री भट्टले खेलकुदले मानिसलाई अनुशासित बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । प्रदेश सरकारले आफ्नो क्षमता र स्रोतअनुसार खेल क्षेत्रको विकासका लागि सहकार्य गर्ने उनले उल्लेख गरे । कार्यक्रममा सामाजिक विकासमन्त्री सन्तोष शर्मा थापाले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
इनरुवामा छठ पर्वको रौनक, घाट सजाउन बिहानैदेखि जुटे स्थानीय
Latest NewsJust now

इनरुवामा छठ पर्वको रौनक, घाट सजाउन बिहानैदेखि जुटे स्थानीय

सुनसरी । आस्था र निष्ठाको महापर्व छठका लागि सुनसरीको इनरुवा नगरपालिका क्षेत्रभित्रका विभिन्न जलाशयहरूमा पूजास्थल (घाट) निर्माण तथा व्यवस्थापनको काम तीव्र पारिएको छ। छठ पर्व मनाइने इनरुवाका मुख्य तीन स्थानमा स्थानीय बासिन्दा... ...

रातोपाटी
छठ पूजाको तयारी घाट बनाउन धमाधम सहभागी भए स्थानीय
Latest NewsJust now

छठ पूजाको तयारी घाट बनाउन धमाधम सहभागी भए स्थानीय

• छठ पर्वको अघिल्लो दिन सुनसरीको इनरुवा नगरपालिकामा स्थानीयले पूजास्थल (घाट) बनाउन जुटेका छन्। • इनरुवाका तीन स्थानमा घाटको व्यवस्थापन भइरहेको छ, जहाँ स्थानीयले सफाई र निर्माण कार्यमा सक्रियता देखाएका छन्। • आज खरना विधि मनाइँदैछ, जसमा व्रतालुले निराहार व्रत बसेर साँझ सख्खरमा खीर चढाउने गर्दछन्। ...

नेपालबहस
ट्रम्प, पुटिन र सी जिनपिङबीच अर्को साता पहिलो त्रिपक्षीय भेटवार्ता हुने
Latest NewsJust now

ट्रम्प, पुटिन र सी जिनपिङबीच अर्को साता पहिलो त्रिपक्षीय भेटवार्ता हुने

वाशिङ्टन, कात्तिक २८ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच अर्को साता चीनको सेन्जेनमा पहिलो त्रिपक्षीय भेटवार्त... ...

गोरखापत्र
निर्वाचनमा असहयोग गर्नेलाई वडा तहमै कारबाही गर्न ओलीको निर्देशन
Latest NewsJust now

निर्वाचनमा असहयोग गर्नेलाई वडा तहमै कारबाही गर्न ओलीको निर्देशन

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन एमालेका लागि अनुकुल बन्दै गएको बताएका छन्।  नेकपा एमाले बागमती प्रदेश कमिटीको बैठकमा प्रतिनिधि सभाको निर्वाचनको तुलनामा आगामी निर्वाचन एमालेलाई अनुकुल बन्दै गएको बताएका हुन्। उनले एमालेले स्थानीय तहको निर्वाचन र प्रदेश तहको निर्वाचनको तयारीलाई गम्भिर भएर लाग्ने बताए। उनले स्थानीय त... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play