पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौं । पाकिस्तान टी–२० टोलीका कप्तान साहिबजादा फरहानले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ कर्णाली याक्सबाट खेल्ने भएका छन् । कर्णालीले आज उनलाई टोलीमा अनुबन्ध गरेको औपचारिकरूपमा जानकारी दिएको हो । ‘‘टी–२० विश्वकप २०२६ का सर्वाधिक रन बनाउने साहिबजादा फरहानलाई अब कर्णाली याक्समा स्वागत छ,’’ टोलीले सामाजिक सञ्जालमा उल्लेख गरेको छ ।फरहानले सन् २०२६ मा भारत र श्रीलङ्कामा आयोजित आइसिसी टी–२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै विश्व क्रिकेटमा आफ्नो छाप छाडेका थिए । उनले प्रतियोगितामा छ खेल खेल्दै दुई शतकसहित ३८३ रन बनाएका थिए । उनले प्रतियोगितामा बनाएको ३८३ रन एकै संस्करणको पुरुष टी–२० विश्वकपमा कुनै पनि ब्याटरले बनाएको सर्वाधिक रन हो । ३० वर्षीय दायाँहाते ब्याटर फरहान पाकिस्तानका लागि एकदिवसीय र टी–२० अन्तरराष्ट्रिय क्रिकेट खेलिसकेका अनुभवी खेलाडी हुन् । उनले पाकिस्तानका लागि ५१ टी–२० अन्तरराष्ट्रिय खेलमा दुई शतक र १३ अर्धशतकसहित एक हजार ५५४ रन बनाएका छन् । समग्र टी–२० क्रिकेटमा उनले १८६ खेलबाट नौ शतक र ३८ अर्धशतकसहित पाँच हजार ७७५ रन बनाइसकेका छन् । उनले व्यावसायिक क्रिकेटमा हालसम्म लङ्का प्रिमियर लिग (एलपिएल), पाकिस्तान सुपर लिग (पिएसएल) र बङ्गलादेश प्रिमियर लिग (बिपिएल) खेलेका छन् । फरहानका लागि एनपिएल चौथो विदेशी लिग हुनेछ । कर्णाली याक्सले यसअघि पाकिस्तानका अलराउन्डर हुसेन तलत, बङ्गलादेशका अक्बर अली र अरिफुल इस्लामलाई पनि टोलीमा अनुबन्ध गरिसकेको छ । एनपिएलको तेस्रो संस्करण यही कात्तिक ९ देखि कीर्तिपुरस्थित अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

अस्थायी आवासमै दसैं
मकवानपुर।लगातारको वर्षासँगै गत असोज ११ गते जमिन चिराचिरा परेको मकवानपुरको बकैया गाउँपालिका–६ तल्लो ज्यामिरेका प्रभावित स्थानीयवासीले यस वर्षको दसैं अस्थायी आवासमै मनाएका छन्। यहाँस्थित गरगरे बस्तीका आठ वटा घर जमिन चिरिएका कारण पूर्ण रुपमा क्षतिग्रस्त भएपछि स्थानीय प्रशासनले अस्थायी बासका लागि टेन्ट तथा पालहरू उपलब्ध गराएको थियो। पूर्ण क्षतिग्रस्तसहित यहाँका प्रभावित ८० घरधुरी स्थानान्तरणका लागि स्थानीय तहबाट जिल्लामा सिफारिससहित अनुरोध गरिए पनि ...

म्याराडोनाको मृत्यु मुद्दाको फैसला २२ डिसेम्बरमा
अर्जेन्टिना । अर्जेन्टिनाका महान् फुटबल खेलाडी डिएगो म्याराडोनाको सन् २०२० मा भएको मृत्युमा उपचारमा लापरवाही गरेको आरोप लागेका सात स्वास्थ्यकर्मीमाथिको मुद्दामा अदालतले डिसेम्बर २२ मा फैसला सुनाउने भएको छ । छ महिनासम्म चलेको सुनुवाइ बिहीबार टुंगिएको हो । अन्तिम दिन म्याराडोनाकी छोरी डाल्माले आफ्ना बुबाले न्याय पाउने आशा व्यक्त गरिन् । मुख्य प्रतिवादी तथा उनका […] ...

युरोपमा गर्मीले ५० हजारभन्दा बढीको मृत्यु
वासिङ्टन । यस वर्षको गर्मीयाममा युरोपमा अत्यधिक तापक्रमका कारण ५० हजार ३९१ जनाको मृत्यु भएको र तीमध्ये करिब दुई तिहाइ मृत्युमा मानव गतिविधिबाट उत्पन्न जलवायु परिवर्तन जिम्मेवार रहेको नयाँ अध्ययनले देखाएको छ । अनुसन्धानकर्ताहरूले जुनदेखि अगस्टसम्म युरोपका ८५४ सहरमा गरेको अध्ययनअनुसार ३२ हजार ६१९ जनाको मृत्यु जलवायु परिवर्तनका कारण थपिएको तापक्रमसँग सम्बन्धित थियो । यो सन् २०२२ को गर्मीयाममा भएको २९ ...

पीएचपी समस्या र सतर्कता
पीएचपी अर्थात प्रोग्रामिङ भाषामा आधारित प्रणालीमा देखिएका सुरक्षा जोखिमलाई मध्यनजर गर्दै केही सरकारी तथा नियामक निकाय र सेवा प्रदायकका वेबसाइट तथा सेवा पोर्टल अस्थायी रूपमा बन्द गरिएको छ। सम्भावित साइबर आक्रमण, अनधिकृत पहुँच तथा संवेदनशील तथ्याङ्क चुहावटको जोखिम न्यूनीकरण गर्न सुरक्षा एड्भाइजरी जारी भएको सन्दर्भमा सम्बन्धित निकायलाई आफ्नो सूचना प्रविधि प्रणालीको... ...


