पहाड र तराई–मधेशमा दशैँको टीका परम्परा फरक, आशीर्वादको अर्थ उस्तै

विजयादशमीमा पहाडमा जस्तो निधारमा रातो टीका र जमरा लगाउने चलन तराई–मधेशमा व्यापक छैन । तर परिवारका अग्रजले आफूभन्दा कान्छालाई आशीर्वाद दिने र विजयको उत्सव मनाउने परम्परा भने दुवै क्षेत्रमा समान रहेको संस्कृतिविद् रामदयाल राकेश बताउँछन् । राकेशका अनुसार तराई–मधेशमा पनि विजयादशमीका दिन परिवारका ज्येष्ठ सदस्यले कनिष्ठलाई टीका लगाइदिने र आशीर्वाद दिने चलन छ । तर पहाडी क्षेत्रमा देखिने रातो टीका, अक्षता र जमराको संयोजन त्यहाँ उस्तै रूपमा प्रचलित छैन । दशैँ मनाउने विधिमा भिन्नता भए पनि यसको मूल भावना भने आशीर्वाद, विजय र पारिवारिक सम्बन्धसँग जोडिएको उनको भनाइ छ । ‘टीका लगाउनुको अर्थ आफूभन्दा सानालाई आशीर्वाद दिनु हो । त्यसैले विजयादशमी विजयको प्रतीक पनि हो,’ राकेश भन्छन् । उनका अनुसार विजयादशमीलाई रामले रावणमाथि विजय प्राप्त गरेको प्रसंगसँग जोडेर पनि व्याख्या गरिन्छ । विजयको उत्सवका रूपमा मनाइने यस पर्वले मानिसलाई आपसी भेटघाट, शुभकामना र खुसी साटासाट गर्ने अवसर दिन्छ । घरघरमा जमरा पुर्याउने चलन हराउँदै तराई–मधेशमा विगतमा दशैँका बेला ब्राह्मणहरू घरघरमा पुगेर जमरा लगाइदिने र दक्षिणा लिने चलन थियो । यो परम्परा ब्राह्मण समुदायका लागि आम्दानीको स्रोतसमेत बनेको राकेश बताउँछन् । तर पछिल्लो समय यस्तो अभ्यास घट्दै गएको छ । ‘पहिला ब्राह्मणहरू घरघरमा गएर मानिसको टाउकोमा जमरा राखिदिने र दक्षिणा लिने गर्थे । अहिले त्यो चलन पनि हराउँदै गएको छ,’ उनी भन्छन् । उनका अनुसार पहिले घरघरमा पुगेर जमरा लगाइदिने परम्परामा मानिसहरूको रुचि बढी थियो । अहिले भने यस्तो अभ्यास गर्ने र गराउने दुवै पक्षको सहभागिता घटेको छ । यसले दशैँसँग जोडिएका पुराना धार्मिक तथा सांस्कृतिक अभ्यासमा आएको परिवर्तनलाई देखाउँछ । रामलीला अझैं सांस्कृतिक आकर्षण तराई–मधेशमा दशैँको अर्को विशेषता रामलीला पनि हो । विशेषगरी पश्चिम तराईका विभिन्न गाउँमा रातिको समयमा रामको जीवन र रामायणका घटनामा आधारित रामलीला प्रदर्शन गर्ने परम्परा रहेको राकेश बताउँछन् । रामलीलाले धार्मिक कथा सुनाउने मात्र नभई समुदायका मानिसलाई एकै ठाउँमा भेला गराउने काम पनि गर्छ । दशैँका बेला हुने पूजापाठ, भजनकीर्तन र रामलीलाले धार्मिक आस्थासँगै सामूहिक सहभागिता र मनोरञ्जनलाई निरन्तरता दिएका छन् । दसैँका बेला जुवा खेल्ने चलन पनि पहिले रहेको तर अहिले कानुनी निषेध र सामाजिक परिवर्तनसँगै यस्तो अभ्यास घट्दै गएको राकेशको भनाइ छ । उनका अनुसार समयसँगै पर्व मनाउने विधि र त्यससँग जोडिएका अभ्यास परिवर्तन भइरहेका छन् । केही पुराना चलन हराउँदै गएका छन् भने केहीले नयाँ स्वरूप लिएका छन् । तर दसैँको मूल भाव—विजयको उत्सव, परिवारका सदस्यबीच आशीर्वादको आदानप्रदान र सामाजिक सम्बन्धको नवीकरण—अझै कायम रहेको उनको विश्लेषण छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

बेलायतबाट दर्शकको माया बटुलेर सिक्किम फर्किइन् नायिका श्यामा श्री शेर्पा
लन्डन । ‘तारा–द लस्ट स्टार’ को बेलायत प्रिमियर सकेर नायिका श्यामा श्री शेर्पा सिक्किम फर्किएकी छन् । ‘तारा–द लस्ट स्टार’ की नायिका तथा निर्मात्री श्यामाले गत १८ अक्टोबर, आइतबार अल्डरसटस्थित एम्पायर ब्याङ्क्वेटिङ हलमा आयोजित प्रिमियर शोमा दर्शकको उल्लेख्य माया पाइन् । सन् २०२४ मा कान्स चलचित्र महोत्सवको ‘मार्शे दु फिल्म’ मा समेत प्रस्तुत उक्त चलचित्रले… ...

‘रामायण’मा यशको रौद्र रूप, शिव ताण्डव गीतमा यस्तो देखिए
बलिउडको बहुप्रतीक्षित फिल्म ‘रामायण’बाट अभिनेता यशको ‘रावण ताण्डव’ गीत सार्वजनिक भएको छ । दशैंको अवसर पारेर सार्वजनिक गरिएको गीतमा यशले रावणको रौद्र रूप र भगवान् शिवप्रतिको भक्तिलाई सशक्त रूपमा प्रस्तुत गरेका छन् । त्रिशूल र डमरु बोकेर ताण्डव गरिरहेको उनको अवतारले दर्शकको ध्यान खिचेको छ । नितेश तिवारीको निर्देशनमा बनेको ‘रामायण’को कलाकार छनोट, भीएफएक्स र… ...

फेसबुकमा दसैंको शुभकामना दिंदै प्रधानमन्त्री बालेनले भने- भ्रष्टाचार हटाउन एकजुट हुनुपर्छ
४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति हटाउन सबै एकजुट हुनुपर्ने बताएका छन् । विजयादशमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री बालेनले हरेक नागरिकलाई ‘हाम्रा लागि सरकार छ’ भन्ने महसुस गराउन आवश्यक रहेको बताएका हुन् । ‘आजको दिनमा आसुरी प्रवृत्तिको रूपमा रहेको भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता… ...

विजया दशमीले सद्भाव बढाउने राष्ट्रपति पौडेलको विश्वास
४ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी पर्वले पारिवारिक आत्मीयता, आपसी सद्भाव, एकता र सामाजिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्। विजया दशमी, २०८३ का अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सु-स्वास्थ्य र समृद्धिको कामना गरेका छन्। उनले… ...


