पर्सामा एक महिनामा ४० सवारी दुर्घटना

असोज महिनामा दुर्घटना परि दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साको अनुसार एक महिनामा ४० वटा सवारी दुर्घटना भएका छन् । जसमा परी २ जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन् । प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनमाथि भएको कारबाहीबाट १६ लाख ३६ हजार ५०० रुपैयाँ राजस्व संकलन गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साको विवरण अनुसार दुर्घटनामा संलग्न सवारी साधनको संख्या ६१ रहेको उल्लेख छ । दुर्घटनाका कारण विश्लेषण गर्दा चालकको लापरबाहीका कारण १५ वटा दुर्घटना भएको र अन्य कारणबाट २५ वटा दुर्घटना भएको देखाइएको छ । यसरी कुल ४० दुर्घटनामध्ये चालकको कारणले भएका दुर्घटनाको संख्या उल्लेख्य रहेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले सवारी दुर्घटनामा २ जनाको मृत्यु र ३९ जना घाइते भएको बताए । उनले भने,दुर्घटनाको कारण न्यूनीकरण गर्न र चालकलाई जिम्मेवार बनाउने अभियान थालिएको छ । ट्राफिक नियमको पालना गराउने र सडक सुरक्षासम्बन्धी सचेतना बढाउने अझ आवश्यकता रहेको प्हरी नायब उपरिक्षक मल्लको। भनाय थियो । त्यसैगरी,जिल्ला प्रहरी कार्यालय पर्साबाट सार्वजनिक गरिएको विवरणअनुसार असोज महिनाको अवधिमा अवैध हातहतियार तर्फ ५ थान हातहतियार तथा ६ थान गोलीगठ्ठा बरामद गरेको सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले तस्करी नियन्त्रण तर्फ चलाएको अभियानबाट मूल्य ५७ हजार ४४० रुपैयाँ बराबरको समान बरामद गरिएको उल्लेख छ । भन्सार छलीका क्रममा बरामद गरिएका ठुला मात्रामा राजश्वछलीका सामान बरामद गरिए पनि मानिस पक्राउ शून्य रहेको छ । समग्रमा, पर्सामा सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन तथा अवैध हातहतियार नियन्त्रणलाई थप प्रभावकारी बनाउनुपर्ने देखिएको छ । सडक सुरक्षामा चालक, सवारीधनी र यात्रु सबै जिम्मेवार बन्नु आवश्यक छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

न्युयोर्कका मेयरले हिन्दूहरुसँग मनाए दशैं
अमेरिकाको न्युयोर्क सहरका मेयर जोहरान मम्दानीले गत साता इलिनोय राज्यस्थित एउटा हिन्दू मन्दिरमा भएको सामूहिक गोलीकाण्डको प्रयासपछि घृणाविरुद्ध एकता र ऐक्यबद्धताको आह्वान गर्दै क्विन्समा हिन्दू समुदायका सदस्यहरूसँग नवरात्री, दुर्गा पूजा, दशैं र विजयादशमी मनाएका छन्। बुधबार (स्थानीय समय) सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै मम्दानीले हिन्दू समुदायका सदस्यहरूसँग यी पर्व मनाउन र धार्मिक तथा सांस्कृतिक परम्परामा सहभागी हुन पाउँदा आफू सम्मानित महसुस ...

पीएचपी के हो र यसले किन विश्वव्यापी साइबर सुरक्षामा खैलाबैला मच्चायो ?
यो चेतावनीले गेमिङ प्लेटफर्मदेखि सरकारी पोर्टल र अनलाइन फोरमहरूसम्म विश्वभरका सेवाहरूलाई अवरुद्ध गरेको छ। ...

साउदीको विमानस्थलमा ड्रोन आक्रमण : भारत र अमेरिकाले के भने ?
साउदी अरबको दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी बुधबार साँझ भएको आक्रमणमा कम्तीमा एक जनाको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन्। साउदी अरबको नागरिक उड्डयन महानिर्देशनालय (जीएसीए) ले यसको पुष्टि गरेको हो। जीएसीएले जारी गरेको आधिकारिक विज्ञप्तिअनुसार घाइते आठ जनाको अवस्था सामान्यदेखि गम्भीरसम्म रहेको छ । उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ। एक्समा पोस्ट गरिएको विज्ञप्तिमा जीएसीएले भनेको ...

सल्यानमा स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या १० पुग्यो
सल्यानमा स्क्रब टाइफस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । दार्मा गाउँपालिका–४ का ६२ वर्षीय जितबहादुर मल्लको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको हो । यससँगै जिल्लामा स्क्रब टाइफसबाट ज्यान गुमाउनेको संख्या १० पुगेको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार जिल्लामा हालसम्म ८१७ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ । संक्रमितको संख्या सबैभन्दा बढी दार्मा गाउँपालिकामा रहेको छ । दार्मामा ...


