Thursday, October 22, 2026||
MultiKhabarMultiKhabar
Home/Others/पर्सामा एक महिनामा १११ अपराधका घटना, १२० प्रतिवादी पक्राउ

पर्सामा एक महिनामा १११ अपराधका घटना, १२० प्रतिवादी पक्राउ

10/22/2026, 3:29:03 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
पर्सामा एक महिनामा १११ अपराधका घटना, १२० प्रतिवादी पक्राउ

पर्सामा पछिल्लो एक महिनामा विभिन्न प्रकृतिका १११ अपराधका घटना दर्ता भएका छन्। अपराध नियन्त्रण तथा अनुसन्धानका क्रममा प्रहरीले चालु मुद्दाका १२० जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार दर्ता भएका घटनामध्ये सामाजिक अपराधका ६१, सङ्गठित तथा आर्थिक अपराधका १७, चोरीका नौ, ज्यानसम्बन्धी आठ, बालबालिकासम्बन्धी छ, सवारी ज्यानसम्बन्धी दुई र अन्य प्रकृतिका चार घटना छन्। यस अवधिमा कर्तव्य ज्यानका एक, हातहतियारसम्बन्धी दुई, बैंकिङ कसुरका १३, जुवातासका दुई र ठगीको एक घटना पनि अभिलेख गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए। उनका अनुसार लागुऔषधसम्बन्धी १६ वटा मुद्दा दर्ता गरी २४ जनालाई पक्राउ गरिएको छ। पक्राउ परेकाहरूको साथबाट ३८ किलो ५०८ ग्राम गाँजा, १७१ ग्राम ७९० मिलिग्राम ब्राउन सुगर र १४ ग्राम ६४० मिलिग्राम अफिम बरामद गरिएको छ। राजस्व चुहावट तथा भन्सार छली नियन्त्रण अभियानअन्तर्गत प्रहरीले अनुमानित ७५ लाख ४४ हजार ४९ रुपैयाँ मूल्यका सामान बरामद गरेको छ। त्यसैगरी, अवैध वन पैदावार नियन्त्रणका क्रममा सात जनालाई पक्राउ गरिएको छ। उनीहरूबाट १४ वटा साइकल र ५४ क्युफिट काठ बरामद गरिएको छ। यस क्रममा तीन लाख ११ हजार ६०० रुपैयाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ। यसैबीच, जिल्लामा गत एक महिनामा ४० वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन्। प्रहरी नायब उपरीक्षक मल्लका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ३४४ वटा सवारीसाधनलाई कारबाही गर्दा १६ लाख ३६ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन भएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

स्टेयरिङ र पेडलबिनाकै साइबरक्याब यसै वर्ष बेच्ने टेस्लाको घोषणा, नियामकको छानबिन जारी
OthersJust now

स्टेयरिङ र पेडलबिनाकै साइबरक्याब यसै वर्ष बेच्ने टेस्लाको घोषणा, नियामकको छानबिन जारी

५ कात्तिक, काठमाडौं । अमेरिकी विद्युतीय गाडी निर्माता कम्पनी टेस्लाले स्टेयरिङ ह्विल र ब्रेक तथा एक्सेलेरेटर पेडलबिनाको दुई सिटे पूर्ण स्वचालित कार ‘साइबरक्याब’ यसै वर्षको अन्त्यसम्ममा ग्राहकलाई बिक्री गर्न सुरु गर्ने घोषणा गरेको छ। अमेरिकाको सडक सुरक्षा मापदण्डअनुसार यस्तो गाडी चलाउन मिल्ने–नमिल्ने विषयमा नियामक निकायले छानबिन गरिरहेका बेला टेस्लाले बिक्री योजना सार्वजनिक गरेको हो। रोबोट्याक्सीका… ...

अनलाइन खबर
पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते
OthersJust now

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँ, सुनसरी, मकवानपुर, मोरङ र तनहुँमा भएका सडक दुर्घटनामा ३१३ जना घाइते भएका छन् । काठमाडौँको टेकुस्थित अम्बे कम्प्लेक्स नजिकै त्रिपुरेश्वरबाट कालीमाटीतर्फ जाँदै गरेको बा प्र ०२–०६३ प ९०९६ नम्बरको मोटरसाइकलको ठक्करबाट भारतीय नागरिक ४५ वर्षीय परमानन्द बैठाको मृत्यु भएको छ ...

पर्दाफास
तीन महिनामा २० बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
OthersJust now

तीन महिनामा २० बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक स्थल पाथीभरामा तीन महिनाको अवधिमा ३३ लाख भन्दा बढी भेटी संकलन भएको छ । पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनहरुले स्वेच्छाले चढाएको भेटीका रुपमा नगद ३३ लाख भन्दा बढी संकलन भएको हो । चालुु आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा पाथीभराको दर्शन गरी चडाएको भेटी ३३ लाख २६ हजार ६५० रुपैयाँ संकलन भएको पाथीभरा क्षेत्र विकास समितिका ...

पर्दाफास
फ्रान्समा पहिलो पटक मानिसमा भेटियो शामोन्डा भाइरस
OthersJust now

फ्रान्समा पहिलो पटक मानिसमा भेटियो शामोन्डा भाइरस

५ कात्तिक, काठमाडौं । फ्रान्सका स्वास्थ्य अधिकारीहरूले बिहीबार पहिलो पटक एक बिरामीमा शामोन्डा भाइरस भेटिएको पुष्टि गरेका छन्। उनीहरूले यो चरणमा सर्वसाधारणका लागि कुनै जोखिम नदेखिएको बताएका छन्। यो कीराबाट सर्ने भाइरस मुख्य रूपमा चौपाया र विशेष गरी गाईवस्तुमा लाग्छ। यो भाइरस साना कीराको टोकाइबाट सर्छ। फ्रान्स सरकारले अहिलेसम्म यसलाई मानिसमा नसर्ने भाइरस मान्दै आएको… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play