पर्यटन पूर्वाधारमा आइएमईको लगानी विस्तार, सातै प्रदेशमा होटल र केवलकार बनाउने योजना

चितवन । आइएमई ग्रुपले आफ्नै होटल ब्रान्ड ‘इला’मार्फत नेपालको पर्यटन प्रवर्द्धन तथा पर्यटकीय पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ। अन्तरराष्ट्रिय ब्रान्डमा नेपालमा चलेका अन्य होटलको आधा शुल्कमा सोहीस्तरको सेवा उपलब्ध गराउँदै आएको आइएमई हस्पिटालिटीले जनाएको छ। हस्पिटालिटीले नवलपुरको गैँडाकोटमा ६५ कोठाको इला रिसोर्ट, हर्कपुरमा ३५ कोठाको इला कम्फर्ट र बागलुङ बजारमा ३० कोठाको इला कम्फर्ट सञ्चालन गरिरहेको छ। कैलालीमा सुरुमा २० कोठा र पछि ६५ कोठा थप गर्ने गरी इला लज सञ्चालनमा आउँदैछ भने पाल्पाको वसन्तपुरमा १२० कोठाको इला रिसोर्ट सञ्चालनमा ल्याइँदैछ। पोखरामा ३५ कोठाको ‘द लेक साइड रिट्रिट’ सञ्चालनमा छ भने काठमाडौँको लाजिम्पाटमा एक सय कोठाको इला होटल सञ्चालनमा आउने तयारीमा छ। आइएमई समूहको चन्द्रागिरि हिल्स रिसोर्ट भने १२० कोठासहित लामो समयदेखि सञ्चालनमै रहेको छ। नवलपुरको गैँडाकोटस्थित इला रिसोर्टमा आयोजित पत्रकारसँगको अन्तरक्रियामा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशमा कामको अनुभव लिएका ३० प्रतिशतभन्दा बढी कर्मचारी आफूहरूसँग रहेको जानकारी दिए। उनले ‘अन्तरराष्ट्रियस्तरको सेवा हामी सर्वसुलभ रूपमा दिएका छौँ’ भन्दै नेपालमा अन्तरराष्ट्रिय ब्रान्डले लिने शुल्कभन्दा आधा मूल्यमा सोभन्दा राम्रो सेवा दिएको बताए। हस्पिटालिटीले आफ्नै प्राविधिक तालिम केन्द्र ‘काठमाडौँ टेक्निकल स्कुल’ सञ्चालन गरेर तालिमप्राप्त कुक, वेटर र हाउसकिपिङ उत्पादन गर्दै आएको छ। अध्यक्ष ढकालले ‘दक्ष जनशक्तिकै कारण हाम्रा होटलहरू अन्तरराष्ट्रियस्तरका अन्य ब्रान्डसँग प्रतिस्पर्धी बन्न सकेका छन्’ भन्दै उच्च गुणस्तर र कम शुल्कमा सेवा दिन सकिएको बताए। अधिकांश होटलहरू प्रमुख पर्यटकीय गन्तव्यहरूमा रहेका छन्। सातै प्रदेशमा अन्तरराष्ट्रियस्तरका पर्यटकीय पूर्वाधार तथा चेन होटल विकास गर्न सके नेपाल आउने पर्यटकको बसाइ अवधि हालको भन्दा दोब्बर बनाउन सकिने सोचका साथ केवलकारसँगै होटलहरू सञ्चालन गर्न थालिएको उनले जानकारी दिए। चन्द्रागिरिमा केवलकार, रिसोर्ट, थिमपार्क तथा मन्दिरलगायतका पूर्वाधार निर्माणबाट प्राप्त अनुभवले सातै प्रदेशमा यस्ता परियोजना विस्तार गर्न प्रेरित गरेको बताउँदै उनले ‘चन्द्रागिरिजस्तै पर्यटकीय पूर्वाधार कम्तीमा सातै प्रदेशमा बनाउन सकियो भने नेपाल आउने पर्यटकको बसाइ अवधि ठ्याक्कै दोब्बर बनाउन सकिन्छ भन्ने हाम्रो सोचाइ हो’ भने। अध्यक्ष ढकालले नेपालमै अन्तरराष्ट्रियस्तरको आतिथ्य सेवा उपलब्ध गराउने उद्देश्यले ‘इला’ ब्रान्ड सञ्चालनमा ल्याइएको स्पष्ट पार्दै ‘हामी आफ्नै ब्रान्ड किन नबनाउने ? यत्रो नेटवर्क र सबै कुरा छ भने आफ्नै होटलको सञ्जाल किन नबनाउने भन्ने हिसाबले इला सञ्चालनमा ल्याएका हौँ’ भनी उल्लेख गरे। उनले व्यवसाय विस्तार गर्दा सरकारको प्राथमिकता, आम सर्वसाधारणको चाहना र व्यावसायिक दिगोपनलाई मुख्य आधार बनाइएको बताए। नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका ढकालले निजी क्षेत्रको पुँजी परिचालनबाट मुलुकभित्रै ठूला पर्यटकीय परियोजना सञ्चालन गर्न सकिने र यसले रोजगारी सिर्जना गर्नुका साथै राष्ट्रिय अर्थतन्त्रमा समेत महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। यही समूहका चन्द्रागिरि, मौलाकालिका र लुम्बिनी केवलकार सञ्चालनमा आइसकेका छन् भने आगामी केही समयभित्रै कैलालीको चिसापानीमा जालपादेवी केवलकार सञ्चालनमा आउँदैछ। पाथीभरामा ६० प्रतिशत काम सकिएको छ भने देवघाटबाट मौलाकालिका जोड्ने गरी अर्को केवलकार निर्माण गरिँदैछ र कास्कीको सिक्लेसमा केवलकारको प्रक्रिया अगाडि बढाइएको छ। साथै, कर्णालीको रारामा होटल सञ्चालन गर्ने तयारी गरिएको छ भने मधेस प्रदेशभित्र पर्यटकीय पूर्वाधार निर्माणका लागि अध्ययन भइरहेको छ। इला हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण थापाले होटलले दक्ष कर्मचारी, आधुनिक सुविधा र उच्च गुणस्तरीय सेवामार्फत अन्तरराष्ट्रिय चेन होटलको तुलनामा करिब ५० प्रतिशत कम शुल्कमा सेवा उपलब्ध गराھइरहेको जानकारी दिए। उनले विदेशमा हासिल गरेको ज्ञान र सीपलाई उपयोग गरेर फर्किएका र आफैँले तयार गरेका जनशक्तिले सेवा दिइरहेको बताए।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

ड्रोनबाट राहत वितरण
काठमाडौं।बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा ड्रोनमार्फत राहत सामग्री पुर्याइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सडक सम्पर्क टुटेका बस्तीमा राहत सामग्री पुर्याउन ड्रोनको प्रयोग गरिरहेको जनाएको छ। दशैंका समयमा समेत प्रभावित नागरिकलाई आवश्यक राहत उपलब्ध गराउन ड्रोन प्रयोग गरिएको प्राधिकरणले जनाएको हो। प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले सडक सम्पर्क विच्छेद भएका र भौगोलिक रूपमा विकट ...

रहस्यमय ‘सारथी’को टिजर : यस्तो अवस्थामा देखिइन् निरुता सिंह
फिल्म ‘सारथी’को टिजर सार्वजनिक भएको छ। निर्देशक कुमार गजुरेलको जन्मदिनको अवसर कात्तिक २ मा फिल्मको टिजर सार्वजनिक गरिएको हो। जसमा काउब्वाय ह्याट, हातमा लालटिन र रहस्यमय हाउभाउमा छन्। जंगलको अँध्यारो बाटोमा हिँडिरहेका डेब्यु अभिनेता गिरि विश्वकर्मा र अभिनेत्री निरुता सिंहबिचको सम्बन्ध के हो? गिरिले निरुतालाई ‘आमा’ भनेर सम्बोध... ...
![सवारीसाधन पूजा [तस्बिरहरू]](https://hamrakura.com/uploads/news/images/sabari-puja-83-7-3%20(5).jpg)
सवारीसाधन पूजा [तस्बिरहरू]
यस अवसरमा निर्माण, कलकारखाना, उद्योग तथा प्रविधिसँग सम्बन्धित औजार, मेसिनरी उपकरण र सवारीसाधनको पूजा गर्ने परम्परा छ। ...

दसैँमा मासु खाँदा अपनाउनुहोस् सावधानी: कति खाने र कसरी पकाउने?
काठमाडौं। दसैँको समयमा नेपाली भान्सामा मासुका विभिन्न परिकार पाक्ने गर्छन्। मासु प्रोटिन, खनिज तत्व, भिटामिन बी, जिंक र पोटासियमको राम्रो स्रोत भए पनि यसको अत्यधिक र असन्तुलित उपभोगले स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ। पोषणविद् रुजु खड्काका अनुसार मासुलाई सही ढंगले नपकाउँदा र धेरै खाँदा पाचन प्रणालीमा समस्या, टाउको दुख्ने, वाकवाकी लाग्ने र पखाला लाग्ने जस्ता समस्या देखिन सक्छन्। लामो समयसम्म ...


