Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/परराष्ट्रमन्त्री खनालसँग ब्रुनाईकी नवनियुक्त गैरआवासीय राजदूत जैनीको भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग ब्रुनाईकी नवनियुक्त गैरआवासीय राजदूत जैनीको भेटवार्ता

Share:WhatsAppFacebookX (Twitter)Telegram
परराष्ट्रमन्त्री खनालसँग ब्रुनाईकी नवनियुक्त गैरआवासीय राजदूत जैनीको भेटवार्ता

काठमाडौं।परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि ब्रुनाई दरुसलामकी नवनियुक्त गैरआवासीय राजदूत सिति अर्निफरिजा बिन्ती हाजी मोहम्मद जैनीले शिष्टाचार भेटवार्ता गरेकी छन्। मन्त्रालयमा आज भएको भेटवार्तामा मन्त्री खनालले राजदूत जैनीलाई नियुक्तिका लागि बधाई दिँदै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरे। भेटवार्तामा उनीहरुबीच नेपाल र ब्रुनाईबीच रहिआएको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहयोग अभिवृद्धि गर्ने विषयमा विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ। सो अवसरमा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध र सहकार्यलाई आगामी दिनमा थप विस्तार गर्ने विषयमा समेत छलफल गरेका थिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

मधेसमा ओलीको कालो छायाँ : सरकारबाट अचानक बहिरियो एमाले, पार्टीभित्रै विद्रोहको चेतावनी
ताजा खबरJust now

मधेसमा ओलीको कालो छायाँ : सरकारबाट अचानक बहिरियो एमाले, पार्टीभित्रै विद्रोहको चेतावनी

काठमाडौं– नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएकोमा एमाले भित्रै बिद्रोहको खतरा पैदा भएको छ। एमालेको निर्णय बिनै सरकारबाट फिर्ता आउने निर्णय भएको भन्दै यस्तो बिद्रोहको संकेत देखिएको छ। यो प्रकरणमा अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलका नेता सराज यादवलाई मुख्यमन्त्रीको सपना बाँडी दिदा यस्तो अबस्था आएको बताइएको छ। ‘ पार्टीको कुनै बैठक बसेको छैन, संसदीय दलको बैठकमा छलफल भएको छैन, ...

विश्वखबर
साउदी अरबमा बंगलादेशका दुई जनालाई मृत्युदण्ड
ताजा खबरJust now

साउदी अरबमा बंगलादेशका दुई जनालाई मृत्युदण्ड

काठमाडाैँ । साउदी अरबको आन्तरिक मामिला मन्त्रालयका अनुसार पवित्र सहर मक्कामा अश्लीलताको आरोपमा एक बंगलादेशी पुरुष र एक महिलालाई मृत्युदण्ड दिइएको छ । साउदी अरबको सरकारी समाचार एजेन्सी ‘साउदी प्रेस एजेन्सी’... ...

रातोपाटी
बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव
ताजा खबरJust now

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी।विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महावीर पुनले म्याग्दीको सदरमुकाम बेनी बजारबाट स्थानान्तरण गर्न प्रस्ताव गरेका छन्। जिल्ला प्रशासन कार्यालय म्याग्दीमा आज बिहान भएको जनप्रतिनिधि तथा कार्यालय प्रमुखहरूसँगको छलफलका क्रममा म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहेका मन्त्री पुनले नदी कटान, बाढी पहिरोको उच्च जोखिममा रहेको बेनी बजारबाट सदरमुकामलाई सुुरक्षित र उपयुक्त ठाउँमा सार्नुपर्ने धारणा राखेका हुन्। “अब सदरमुकाम कहाँ सार्ने भनेर छलफल गर्नु ...

नेपालन्युज
कार दुर्घटनामा चालकको मृत्यु, दुई घाइते
ताजा खबरJust now

कार दुर्घटनामा चालकको मृत्यु, दुई घाइते

जनार्जन खत्रीसर्लाही, असोज ३० गते । सर्लाहीको पर्सा गाउँपालिका–२ स्थित सङ्ग्रामपुर पुलनजिक हुलाकी राजमार्गमा शुक्रबार कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play