मधेसमा ओलीको कालो छायाँ : सरकारबाट अचानक बहिरियो एमाले, पार्टीभित्रै विद्रोहको चेतावनी

काठमाडौं– नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएकोमा एमाले भित्रै बिद्रोहको खतरा पैदा भएको छ। एमालेको निर्णय बिनै सरकारबाट फिर्ता आउने निर्णय भएको भन्दै यस्तो बिद्रोहको संकेत देखिएको छ। यो प्रकरणमा अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलका नेता सराज यादवलाई मुख्यमन्त्रीको सपना बाँडी दिदा यस्तो अबस्था आएको बताइएको छ। ‘ पार्टीको कुनै बैठक बसेको छैन, संसदीय दलको बैठकमा छलफल भएको छैन, यस्तो अवस्थामा हामीले यो निर्णय किन मन्ने? एक सांसदले विश्व खबरसंग बताए ।नेकपा एमालेबाट मन्त्री रहेकाहरूले आजै मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई राजीनामापत्र बुझाएका छन् । नेकपा एमालेका मन्त्रीहरूले मुख्यमन्त्रीलाई राजीनामा पत्र बुझाएर सरकारबाट समर्थन समेत फिर्ता लिएको नेकपा एमालेका प्रमुख सचेतक हरिनारायण महत्वले जानकारी दिए । मधेश सरकारबाट एमालेका श्रम तथा यातायातमन्त्री शारदादेवी थापा, खेलकुद तथा समाजकल्याण मन्त्री लखनदास, भौतिक पूर्वाधार विकास मन्त्री मोहम्मद समिर र शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंहले राजीनामा दिएका हुन्।मधेश प्रदेशमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव मुख्यमन्त्री छन्। गठबन्धनमा नेपाली कम्युनिस्ट पार्टी समेत छन् । एक एमाले नेताले बिश्वखबर संग टिप्पणी गरे– एमालेको हातमा फेरि सत्ता फर्कन कठिन छ, प्रदेश सरकारमा ओलीको कालो छाँया परेको कारण यस्तो अवस्था उत्पन्न भएको हो ।
Read Complete Original Article
Published originally on विश्वखबर
Related News

सर्लाहीमा कार दुर्घटना हुँदा चालकको मृत्यु, दुई जना घाइते
सर्लाही । सर्लाहीको पर्सा गाउँपालिका–२ स्थित सङ्ग्रामपुर पुलनजिक हुलाकी राजमार्गमा शुक्रबार कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। महोत्तरीबाट सर्लाहीतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको बीआर ०६ बिएक्स ०४३५ नम्बरको कार अनियन्त्रित भएर पल्टिँदा चालक महोत्तरीको गौशाला नगरपालिका–५, जिरोमाइलका २४ वर्षीय विकल साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रसाद ...

सिटिजन्स बैंक र सिटीटेकबीच लुप क्रेडिट तथा ईएमआई सेवाका लागि सम्झौता
• सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले सिटीटेक ग्रुपसँग सहकार्य गर्दै लुप नेटवर्कमा इश्युअर बैंकका रूपमा सम्झौता गरेको छ, जसले ग्राहकलाई डिजिटल कर्जा र किस्ताबन्दी भुक्तानी सुविधा प्रदान गर्नेछ। • ग्राहकले डेबिट र क्रेडिट कार्डमार्फत लुप नेटवर्कमा सामान खरिद गर्दा पर्चेज क्रेडिट र मासिक किस्ताबन्दीको सुविधा प्राप्त गर्न सक्नेछन्। • बैंकले नवयुवालाई लक्षित गरी विभिन्न नयाँ सेवाहरू र खाता सञ्चालनमा ल्याएको छ, ...

मलेसियाको आर्थिक वृद्धि ५.३ प्रतिशत, कृषि क्षेत्रमा सुधार
मलेसिया । मलेसियाको अर्थतन्त्र सन् २०२६ को तेस्रो त्रैमासिकमा गत वर्षको सोही अवधिको तुलनामा ५.३ प्रतिशतले वृद्धि भएको छ। शुक्रबार सार्वजनिक गरिएको प्रारम्भिक अनुमानअनुसार, अघिल्लो त्रैमासिकमा ६ प्रतिशत रहेको आर्थिक... ...

सिटिजन्स बैंक र सिटीटेकबीच सम्झौता, खरिदको भुक्तानी किस्तामा बदल्न सकिने
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकलाई डिजिटल माध्यमबाट खरिद कर्जा तथा किस्ताबन्दी सुविधा उपलब्ध गराउने उद्देश्यले सिटीटेक ग्रुपसँग प्रारम्भिक सम्झौता गरेको छ। सम्झौताअनुसार बैंक लुप नेटवर्कमा इसुअर बैंकका रूपमा आबद्ध हुने भएको छ। सहकार्यसँगै बैंकका योग्य डेबिट तथा क्रेडिट कार्डधारकले लुप नेटवर्कमा आबद्ध पसल र व्यावसायिक प्रतिष्ठानबाट सामान खरिद गर्दा तत्काल खरिद कर्जा अर्थात् ‘लुप क्रेडिट’ सुविधा प्राप्त गर्न सक्ने ...


