Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

Share:WhatsAppFacebookX (Twitter)Telegram
बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी।विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महावीर पुनले म्याग्दीको सदरमुकाम बेनी बजारबाट स्थानान्तरण गर्न प्रस्ताव गरेका छन्। जिल्ला प्रशासन कार्यालय म्याग्दीमा आज बिहान भएको जनप्रतिनिधि तथा कार्यालय प्रमुखहरूसँगको छलफलका क्रममा म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहेका मन्त्री पुनले नदी कटान, बाढी पहिरोको उच्च जोखिममा रहेको बेनी बजारबाट सदरमुकामलाई सुुरक्षित र उपयुक्त ठाउँमा सार्नुपर्ने धारणा राखेका हुन्। “अब सदरमुकाम कहाँ सार्ने भनेर छलफल गर्नु पर्‍यो”, उनले भने, “प्रोटेक्सन गर्ने की सार्ने त्यो छलफल गरौं।” जोखिमयुक्त ठाउँको जतिसुुकै संरक्षण गरे पनि प्राकृतिक विपद्लाई छेक्न नसक्ने भएकाले विकल्प सोच्नु पर्ने मन्त्री पुनको भनाइ थियो। यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछि कालीगण्डकी नदीमा आएको बाढीले बेनी नगरपालिका–८ गणेशटाल क्षेत्रमा निर्माण भएको पक्की तटबन्ध भत्काएको र बेनीको कुनातर्फ रहेको भिरालो पाखामा जमिन चर्किएर पहिरो खस्न थालेको छ। बेनी नगरपालिकाका प्रमुख सुरत केसीले विपद्को क्षतिको विषयमा जानकारी गराउँदै नदी र पहिरो नियन्त्रण गरी सदरमुकामलाई सुरक्षित बनाउन प्रदेश र संघीय सरकारबाट सहयोगको अपेक्षा राखेका थिए। “नदीले कटान गरेको छ, भित्ताको पहिरो पटकदेखि डरलाग्दो गरी गएको छ र भूगर्भविद्हरूले अलिकति संकेत गर्नु भएको छ”, केसीले भने, “सदरमुकामको बस्ती, यहाँको बैंक अर्को वर्खामा यहाँ नरहने अवस्था आउन नदिनका लागि मानसिक र भौतिक रूपमा रोकथाम गर्न सकिने बजेटको लागि माथिल्लो सरकारसँग अपेक्षा राखेका छौं।” मन्त्री पुनले सरकारले कालीगण्डकी, भोटेकोशी र बुढीगण्डकी बेसिनमा बाढी–पहिरोले क्षति पुर्‍याएको निजी आवास र भौतिक संरचनाको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि सरकारले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत काम अघि बढाएकाले तथ्याङ्क संकलन र समन्वय गर्न आग्रह गरे। “तीनै तहका सरकारको साझेदारी र सहकार्यमा पुनर्निर्माण र पुनःस्थापनाको काम अघि बढाएका छौं, संघीय सरकारले उपलब्ध स्रोतसाधन परिचालनमा विभेद र कन्जुस्याई गर्दैन”, मन्त्री पुनले भने, “पहिलो चरणमा पछिल्लो विपदबाट प्रभावित स्थानीय तहलाई तीन वर्गमा विभाजन गरेर २० लाख, ३० लाख र ४० लाखका दरले बजेट पठाउने निर्णय गरिसकेका छौं।” बैठकमा गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली र हरिबहादुर भण्डारीले प्रदेश तहबाट हुने सहयोगका लागि भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै स्पष्ट कार्ययोजना बनाएर बर्खाअघि नै काम सम्पन्न हुने गरी स्रोत परिचालनमा संघीय सरकारले अग्रसरता लिनुपर्ने बताए। प्रमुख जिल्ला अधिकारी गणेश गैरेले विपद्को समयमा भएका पूर्व तयारी, राहत, उद्दारका कामको बारेमा जानकारी गराउदै अब पुनर्निर्माण र पुनःस्थापनामा जुट्नका लागि बजेटनै प्रमुख चुनौती बनेको बताए। छलफलमा म्याग्दीमा क्रियाशील राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि र कार्यालय प्रमुखले भएका गतिविधि र भावी योजनाका विषयमा आफ्ना सुझाव प्रस्तुत गरेका थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

सर्लाहीमा कार दुर्घटना हुँदा चालकको मृत्यु, दुई जना घाइते
ताजा खबरJust now

सर्लाहीमा कार दुर्घटना हुँदा चालकको मृत्यु, दुई जना घाइते

सर्लाही । सर्लाहीको पर्सा गाउँपालिका–२ स्थित सङ्ग्रामपुर पुलनजिक हुलाकी राजमार्गमा शुक्रबार कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। महोत्तरीबाट सर्लाहीतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको बीआर ०६ बिएक्स ०४३५ नम्बरको कार अनियन्त्रित भएर पल्टिँदा चालक महोत्तरीको गौशाला नगरपालिका–५, जिरोमाइलका २४ वर्षीय विकल साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रसाद ...

केन्द्रबिन्दु
सिटिजन्स बैंक र सिटीटेकबीच लुप क्रेडिट तथा ईएमआई सेवाका लागि सम्झौता
ताजा खबरJust now

सिटिजन्स बैंक र सिटीटेकबीच लुप क्रेडिट तथा ईएमआई सेवाका लागि सम्झौता

• सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले सिटीटेक ग्रुपसँग सहकार्य गर्दै लुप नेटवर्कमा इश्युअर बैंकका रूपमा सम्झौता गरेको छ, जसले ग्राहकलाई डिजिटल कर्जा र किस्ताबन्दी भुक्तानी सुविधा प्रदान गर्नेछ। • ग्राहकले डेबिट र क्रेडिट कार्डमार्फत लुप नेटवर्कमा सामान खरिद गर्दा पर्चेज क्रेडिट र मासिक किस्ताबन्दीको सुविधा प्राप्त गर्न सक्नेछन्। • बैंकले नवयुवालाई लक्षित गरी विभिन्न नयाँ सेवाहरू र खाता सञ्चालनमा ल्याएको छ, ...

नेपालबहस
मलेसियाको आर्थिक वृद्धि ५.३ प्रतिशत, कृषि क्षेत्रमा सुधार
ताजा खबरJust now

मलेसियाको आर्थिक वृद्धि ५.३ प्रतिशत, कृषि क्षेत्रमा सुधार

मलेसिया । मलेसियाको अर्थतन्त्र सन् २०२६ को तेस्रो त्रैमासिकमा गत वर्षको सोही अवधिको तुलनामा ५.३ प्रतिशतले वृद्धि भएको छ। शुक्रबार सार्वजनिक गरिएको प्रारम्भिक अनुमानअनुसार, अघिल्लो त्रैमासिकमा ६ प्रतिशत रहेको आर्थिक... ...

रातोपाटी
सिटिजन्स बैंक र सिटीटेकबीच सम्झौता, खरिदको भुक्तानी किस्तामा बदल्न सकिने
ताजा खबरJust now

सिटिजन्स बैंक र सिटीटेकबीच सम्झौता, खरिदको भुक्तानी किस्तामा बदल्न सकिने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकलाई डिजिटल माध्यमबाट खरिद कर्जा तथा किस्ताबन्दी सुविधा उपलब्ध गराउने उद्देश्यले सिटीटेक ग्रुपसँग प्रारम्भिक सम्झौता गरेको छ। सम्झौताअनुसार बैंक लुप नेटवर्कमा इसुअर बैंकका रूपमा आबद्ध हुने भएको छ। सहकार्यसँगै बैंकका योग्य डेबिट तथा क्रेडिट कार्डधारकले लुप नेटवर्कमा आबद्ध पसल र व्यावसायिक प्रतिष्ठानबाट सामान खरिद गर्दा तत्काल खरिद कर्जा अर्थात् ‘लुप क्रेडिट’ सुविधा प्राप्त गर्न सक्ने ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play