पत्रकार पक्राउलाई रास्वपाले भन्यो- ‘विधिको शासनको ठाडो उल्लङ्घन’

विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूलाई समाचार लेखेकै आधारमा प्रहरीले कार्यालयमै पुगेर नियन्त्रणमा लिएको तथा खोजी जारी राखेको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीका प्रवक्ता जगदीश खरेलद्वारा जारी विज्ञप्तिमा लोकतान्त्रिक प्रणालीमाथि प्रहार गर्ने यस्तो कार्यप्रति कडा आपत्ति जनाइएको छ । खरेलका अनुसार लोकतन्त्रको प्राण र सौन्दर्य नै यसका स्वायत्त, सक्षम र उत्तरदायी संस्था हुन् । नागरिकको आवाज मुखरित गर्ने सञ्चार जगतको भूमिका सदैव अग्रपङ्क्तिमा रहन्छ । तर, कानुन कार्यान्वयनको आवरणमा स्वतन्त्र प्रेसलाई भयभीत बनाउने, सञ्चारगृहको गरिमामाथि प्रहार गर्ने र लोकतान्त्रिक संस्थालाई सङ्कुचित पार्ने कुनै पनि कार्यशैली स्वीकार्य हुन नसक्ने रास्वपाको ठहर छ । समाचारमा चित्त नबुझे वा उजुरी भएमा राज्यले स्थापित गरेका निश्चित विधि, न्यायिक प्रक्रिया र कानुनी निकायहरू क्रियाशील रहेको अवस्थामा, स्थापित कानुनी बाटो छलेर सञ्चारकर्मीमाथि धरपकड गर्नु विधिको शासनको ठाडो उल्लङ्घन भएको रास्वपाले जनाएको छ । कुनै पनि बाहानामा सञ्चारमाध्यमलाई त्रसित पार्ने, मनोवैज्ञानिक दबाबमा राख्ने वा सङ्कुचित पार्ने प्रयासहरू अस्वीकार्य रहेको पार्टीले स्पष्ट पारेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले समाचार लेखेकै आधारमा नियन्त्रणमा लिइएका सञ्चारकर्मीलाई ससम्मान र बिनासर्त तत्काल रिहा गर्न तथा घटनाको निष्पक्ष, पारदर्शी र यथार्थ छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ । साथै, कुनै पनि भय र त्रासका बाबजुद निर्भिकतापूर्वक सत्य, तथ्य र निष्ठाको पत्रकारिताको पक्षमा उभिन आह्वान गर्दै सम्पूर्ण सञ्चार जगतप्रति हार्दिक ऐक्यबद्धता प्रकट गरिएको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

दुग्ध विकास संस्थानका पूर्वमहाप्रबन्धकसहित आठ जना पक्राउ
संस्थानलाई आर्थिक हानि पुर्याएर १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ गैरकानुनी लाभ लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको सीआईबीले जनाएको छ । ...

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई रु १२ करोडभन्दा बढी आर्थिक हानी पुर्याइ गैरकानुनी लाभ लिएको आरोपमा संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो ९सिआइबी०ले आपराधिक विश्वासघात तथा सङ्गठित अपराधमा सङ्लग्न रहेको आरोपमा संस्थानका तत्कालीन महाप्रबन्धक सञ्जीव झासहित आठ जनालाई आज पक्राउ गरेको हो । पक्राउ पर्नेमा झासहित जुनियर टेक्निकल असिस्टेन्ट विजयकुमार यादव, भक्तपुर ...

स्वतन्त्र प्रेसलाई तर्साएर लोकतन्त्र बलियो हुँदैन : कांग्रेस सहमहामन्त्री शिवाकोटी
नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले स्वतन्त्र प्रेसलाई तर्साएर लोकतन्त्र बलियो हुन नसक्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत शुक्रबार आफ्नो धारणा सार्वजनिक गर्दै उनले नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्युजका अध्यक्ष तथा प्रधानसम्पादक शोभराज बराललगायत पत्रकारलाई पक्राउ गर्ने र नयाँ पत्रिका, दियोपोस्टलगायत सञ्चारमाध्यमका कार्यालयमा प्रहरी परिचालन गरी धरपकड गर्ने सरकारको कदमप्रति आपत्ति जनाएका छन् । उनले लोकतन्त्रमा सरकार तथा राज्यका निकायमाथि प्रश्न ...



