न्युयोर्कका मेयरले हिन्दूहरुसँग मनाए दशैं

अमेरिकाको न्युयोर्क सहरका मेयर जोहरान मम्दानीले गत साता इलिनोय राज्यस्थित एउटा हिन्दू मन्दिरमा भएको सामूहिक गोलीकाण्डको प्रयासपछि घृणाविरुद्ध एकता र ऐक्यबद्धताको आह्वान गर्दै क्विन्समा हिन्दू समुदायका सदस्यहरूसँग नवरात्री, दुर्गा पूजा, दशैं र विजयादशमी मनाएका छन्। बुधबार (स्थानीय समय) सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै मम्दानीले हिन्दू समुदायका सदस्यहरूसँग यी पर्व मनाउन र धार्मिक तथा सांस्कृतिक परम्परामा सहभागी हुन पाउँदा आफू सम्मानित महसुस गरेको बताएका छन्। ‘यस साता क्विन्समा हिन्दू न्युयोर्कवासीहरूसँग नवरात्रि, दुर्गा पूजा, दशैं र विजयादशमी मनाउन पाउँदा म धन्य भएको छु। हामीले नृत्य ग¥यौँ, आरती ग¥यौँ, सिन्दूर खेला अवलोकन ग¥यौँ र देवी दुर्गाको सम्मान गर्यौँ,’ उनले भने। मम्दानीले थपे, ‘हाम्रो सहरका विभिन्न मन्दिरहरूमा आनन्द, आस्था र सामुदायिक भावनाका साथ एकै ठाउँमा भेला हुन पाउनु सम्मानको कुरा थियो। विशेषगरी गत साता इलिनोयस्थित एउटा हिन्दू मन्दिरमा सामूहिक गोलीकाण्ड गर्ने प्रयास भएको घटनापछि यस्तो जमघटको महत्त्व अझ बढेको छ।’ घृणाविरुद्ध सामूहिक रूपमा अघि बढ्न आह्वान गर्दै मेयरले भने, ‘घृणाविरुद्ध उभिने र एकअर्काको ख्याल राख्ने हाम्रो साझा जिम्मेवारी पूरा गर्न सबै एकजुट होऔँ। जय माता की।’ देवी दुर्गा र उहाँका नौ स्वरूपलाई समर्पित नौ रातसम्म मनाइने हिन्दू पर्व नवरात्रि यस वर्ष अक्टोबर ११ देखि अक्टोबर १९ सम्म मनाइएको थियो भने विजयादशमी अक्टोबर २० मा परेको थियो। यसैबीच, इलिनोयका कंग्रेस सदस्य राजा कृष्णमूर्तिले एफबीआई निर्देशक काश पटेललाई इलिनोयको अरोरा सहरस्थित श्री वेंकटेश्वर स्वामी (बालाजी)हिन्दू मन्दिरमा भएको गोली प्रहारको प्रयासलाई सम्भावित संघीय घृणाजन्य अपराधका रूपमा अनुसन्धान गर्न आग्रह गर्दै १०५ जना कंग्रेस सदस्यको नेतृत्व गरेका छन्। अक्टोबर ११ मा घटना हुँदा कृष्णमूर्ति र उनको परिवार उक्त मन्दिरमा पूजा गरिरहेका थिए। अभियोजनकर्ताहरूका अनुसार, १९ वर्षीय अलेक्जान्ड्रोस पापोराकिसले मन्दिरबाहिर एक व्यक्तिलाई गोली हान्ने प्रयास गरेको आरोप छ। तर उनको राइफलमा खराबी आएपछि गोली चल्न सकेन। त्यसपछि उनले पुनः घटनास्थलमा फर्कने योजना बनाएकोबारे कुराकानी गरेको आरोप छ। उनका एक सहकर्मीले प्रहरीलाई जानकारी दिएपछि उनलाई पक्राउ गरिएको थियो। अनुसन्धानकर्ताहरूले एउटा राइफल, सयौँ राउन्ड गोली, शरीरको सुरक्षा गर्ने कवच र श्वेत सर्वोच्चतावादी विचारधारासँग सम्बन्धित सामग्री बरामद गरेको बताइएको छ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

कोप–३१ का लागि नेपालको तयारी तीव्र, पर्वतीय मुद्दा र जलवायु वित्त प्राथमिकतामा
नेपालले आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीएको अन्टाल्यामा हुन गइरहेको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन ९कोप–३१०को मिति नजिकिँदै गर्दा आन्तरिक तयारीलाई पनि तीव्र बनाएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले राष्ट्रिय स्थितिपत्र अन्तिम चरणमा रहेको र सरोकारवाला निकायबीचको छलफललाई तीव्र रूपमा अगाडि बढाएको जनाएको छ । मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन महाशाखा प्रमुख एवं सहसचिव डा महेश्वर ढकालले जलवायु न्याय, जलवायु वित्तमा ...

नोबेलपछि अब पुलित्जर नपाएकोमा ट्रम्प रुष्ट, के भने ?
५ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले लेखनका लागि पुलित्जर पुरस्कार पाउनुपर्ने दाबी गरेका छन्। बुधबार एक र्यालीमा ट्रम्पले रुससँग जोडिएको अनुसन्धानको रिपोर्टिङका लागि पुलित्जर जित्ने पत्रकारहरूको आलोचना गरे। कैयौँ युद्ध रोकेको जस लिँदै उनले नोबेल शान्ति पुरस्कार नपाएकोमा पनि फेरि एकपटक असन्तुष्टि पोखे। यस मामिलामा पत्रकारहरूले गलत रिपोर्टिङ गरेको र त्यसका लागि… ...

शक्तिशाली समुद्री आँधी चम्पी ताइवानतर्फ, २०० भन्दा बढी उडान रद्द
यस वर्ष प्रशान्त महासागर क्षेत्रमा देखिएका शक्तिशाली आँधीमध्ये चम्पी एक हो । सुरुमा यो ‘सुपर टाइफुन’ बनेको थियो । बिहीबार यसको शक्ति केही कमजोर भए पनि केन्द्र नजिक हावाको गति २२७ किलोमिटर प्रतिघण्टाभन्दा बढी रहेको ताइवानको केन्द्रीय मौसम विभागले जनाएको छ । ...



