नेपाल प्रेसको न्यूजरुममै पसेर पूर्जीबिनै पत्रकार सुवेदी पक्राउ : समाचारको स्रोत खोजी

काठमाडौं, कात्तिक १३ । प्रहरीले अनलाइन मिडिया नेपाल प्रेसको कार्यलयभित्रै (न्यूजरुम) प्रवेश गरेर पत्रकारलाई पक्राउ गरेको छ । सादा पोशाकमा आएका प्रहरीले सुरक्षा र अपराध बिटमा रिपोर्टिङ गर्दै आएका नेपाल प्रेसका पत्रकार तथा प्रेस चाैतारी नपालका बरिष्ठ नेता विश्वमणी सुवेदीलाई शुक्रबार नियन्त्रणमा लिएको हो । नेपाल प्रेसले जनाएअजुसार पत्रकार सुवेदी नेपाल प्रेसको समाचार कक्षमा कार्यरत रहेको बेलामा तीन जना व्यक्तिहरु कार्यालयभित्र प्रवेश गरेका थिए । प्रहरीको भ्यानमै आएका उनीहरुले गेटमा रहेका गार्डलाई साथी भेट्न आएको भनेर भित्र छिरेका हुन् । समाचार कक्षभित्र प्रवेश गरेर उनीहरुले पत्रकार सुवेदीलाई समाचारको विषयमा छलफल गर्नुपर्ने भएकाले आफूहरुसँग जान भनेका थिए । समाचार कक्षमा रहेका अर्का पत्रकार राजाराम न्यौपानेका अनुसार प्रहरीले कुनै पनि पक्राउ पूर्जी दिएका छैनन् । उनीहरुले आफूहरु अपराध अनुसन्धानबाट आएको र ‘आइजी साब’को आदेश रहेको मात्रै बताएका थिए । सुवेदीले छलफलका लागि आउनुपर्ने भए आफ्नै मोटरसाइकलमा आउने बताए पनि प्रहरीले अनुमति दिएनन् । उनीहरुले सुवेदीलाई प्रहरीको गाडीमा हालेर लगेका छन् । पत्रकार सुवेदीसँग नेपाल प्रेसले सम्पर्क गर्दा उनको फोन नउठेकाे जानकारी समाचारमार्फत दिइएकाे छ । प्रहरीले पनि केही बताएको छैन । प्रहरी स्रोतका अनुसार साइबर ब्यूरोको आग्रहमा अपराध महाशाखाले पत्रकार सुवेदीलाई बिनापक्राउ पुर्जी नियन्त्रणमा लिएको हो । नेपाल प्रेसमा प्रकाशित प्रहरी महानिरिक्षकमाथि राजीनामाको दबाबसम्बन्धी समाचारको स्रोत खोज्नका लागि पक्राउ गरिएको प्रहरी स्रोतको दाबी छ । सुवेदीलाई अपराध महाशाखाले साइबर ब्यूरोलाई बुझाउने बुझिएको छ ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

पत्रकारमाथिको धरपकडलाई रास्वपाले भन्यो गैरकानुनी : सबैलाई बिनासर्त छाड्न सरकारसँग माग
काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समाचार लेखेकै आधारमा पत्रकारलाई सञ्चारगृहबाटै नियन्त्रणमा लिने र अन्य पत्रकारको खोजी गर्ने प्रहरी गतिविधिप्रति आपत्ति जनाउँदै निष्पक्ष छानबिन गर्न र गैरकानुनी रूपमा नियन्त्रणमा लिइएकालाई बिनासर्त रिहा गर्न माग गरेको छ। रास्वपाका प्रवक्ता जगदीश खरेलले वक्तव्य जारी गर्दै पत्रकारमाथिको धरपकडले स्वतन्त्र प्रेस र लोकतान्त्रिक संस्थाहरूको गरिमामाथि प्रहार गरेको बताएका छन्। ‘लोकतन्त्रको […] ...

‘पत्रकारमाथिको धरपकड अस्वीकार्य, सरकारले अलोकन्त्रिक चरित्र देखायो’
काठमाण्डु- नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौला पन्तले समाचार लेखेकै आधारमा पत्रकारमाथि धरपकड गर्नु आपत्तिजनक भएको बताएकी छन्। शुक्रबार वक्तव्य जारी गर्दै उनले पत्रकारलाई धम्क्याउने, सादा पोसाकका प्रहरी समाचार कक्षमा पठाउने तथा प्रहरी कार्यालयमा बोलाएर केरकार र दबाब दिने कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने बताएकी हुन्। ‘समाचार लेखेकै भरमा पत्रकारलाई धरपकड गर्नु अत्यन्त आपत्तिजनक […] ...

लोकतन्त्रको पहरेदार स्वतन्त्र प्रेसलाई तर्साएर लोकतन्त्र बलियो हुँदैन - सहमहामन्त्री शिवाकोटी
नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले लोकतन्त्रको पहरेदार स्वतन्त्र प्रेसलाई तर्साएर लोकतन्त्र बलियो नहुने बताएका छन् । ...

बिहान उठ्नेबित्तिकै के गर्ने ? दिनभर स्वस्थ र ऊर्जावान् रहन अपनाउनुहोस् यी बानी
बिहानको सुरुवात कसरी गरिन्छ भन्ने कुराले दिनभरको शारीरिक तथा मानसिक स्वास्थ्यमा प्रभाव पार्न सक्छ । स्वास्थ्य विशेषज्ञहरूका अनुसार बिहान उठेपछि अपनाइने केही सामान्य बानीले शरीरलाई सक्रिय राख्न, एकाग्रता बढाउन र तनाव कम गर्न सहयोग पुर्‍याउँछन् । बिहान उठ्नेबित्तिकै एक गिलास पानी पिउनु राम्रो बानी मानिन्छ । रातभर पानी नपिएको अवस्थामा बिहान पानी पिउँदा शरीरमा तरल पदार्थको सन्तुलन कायम राख्न मद्दत पुग्छ ...


