Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन्द्र साह

नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन्द्र साह

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन्द्र साह

काठमाडौं, कात्तिक ९ । प्रधानमन्त्री बालेन्द्र साहले नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुन लागेको अवसरमा नेपाली क्रिकेटको सफलताको कामना गर्नुभएको छ । प्रधानमन्त्री साहले सामाजिक सञ्जालमार्फत एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिताका रूपमा उल्लेख गर्दै केही वर्षमै यसले ठूलो खेलकुद उत्सवको रूप लिएको बताउनुभएको हो । उहाँले प्रतियोगितामा सहभागी हुन आएका सबै अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरलाई स्वागत गर्दै नेपाली खेलाडी, आयोजक र नेपाल क्रिकेट संघ (क्यान) लाई प्रतियोगिताको सफलताका लागि शुभकामना दिनुभएको छ । “नेपाली क्रिकेट अमर रहोस्,” प्रधानमन्त्री साहले आफ्नो सन्देशमा लेख्नुभएको छ । एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

एनपिएल : नेपाली क्रिकेटको विश्वयात्रामा नयाँ ‘टर्निङ प्वाइन्ट’
राजनीतिJust now

एनपिएल : नेपाली क्रिकेटको विश्वयात्रामा नयाँ ‘टर्निङ प्वाइन्ट’

कुनै समय नेपालमा क्रिकेटलाई सीमित खेलका रूपमा हेरिन्थ्यो । क्रिकेट खेल्ने र हेर्नेहरूको जमात बढ्दै गए पनि यसलाई व्यावसायिक उद्योगका रूपमा विकास गर्ने सम्भावनाबारे पर्याप्त बहस हुँदैनथ्यो । तर टी–२० क्रिकेटको लोकप्रियता जब चुलियो तब नेपाली खेलप्रेमीहरुमाझ क्रिकेटप्रतिको दृष्टिकोण बदलियो । अहिले त्यो दृष्टिकोण फराकिलो बन्दै नेपाल प्रिमियर लिग (एनपिएल)सम्म आइपुग्दा परिवर्तनले बृहत गति लिएको छ । एनपिएल नेपाली क्रिकेटको विकास, ...

फरकधार
तेलको मूल्यले ततायो विश्व बजार, नेपालमा महँगीको त्रास
राजनीतिJust now

तेलको मूल्यले ततायो विश्व बजार, नेपालमा महँगीको त्रास

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर आसपास पुगेपछि नेपालमा पेट्रोलियम पदार्थको आयात लागत र समग्र मूल्यवृद्धिमा दबाब पर्ने जोखिम बढेको छ । पश्चिम एसियामा चर्किएको तनावका कारण तेल आपूर्ति प्रभावित हुने चिन्ता बढेसँगै मूल्य उकालो लागेको हो । सोमबार ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ११५ डलर आसपास कारोबार भइरहेको छ । पछिल्लो एक सातामा यसको मूल्य ५ प्रतिशतभन्दा बढीले बढेको ...

फरकधार
मनकामना मन्दिर उद्घाटन गर्न गगन थापा स्याङ्जा जाँदै
राजनीतिJust now

मनकामना मन्दिर उद्घाटन गर्न गगन थापा स्याङ्जा जाँदै

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज स्याङ्जा आउने भएका छन् । बिरुवा गाउँपालिका–७ गहतेस्थित नवनिर्मित मनकामना मन्दिर उद्घाटन गर्न थापा स्याङ्जा आउन लागेका हुन् । स्याङ्जा आउने क्रममा सभापति थापाले नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयमा कार्यकर्ता भेटघाट तथा सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको छ । नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं. १ का सभापति डोलराज पोखरेलका अनुसार थापाले पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play