नेपालको आँखा उपचार सेवाबाट एक वर्षमा भित्रियो डेढ अर्बभन्दा बढी विदेशी मुद्रा

काठमाडौं। नेपालको आँखा उपचार सेवा विदेशी नागरिकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ। नेपाल नेत्रज्योति सङ्घअन्तर्गतका आँखा अस्पताल तथा उपचार केन्द्रहरूले आर्थिक वर्ष २०८२/८३ मा विदेशी बिरामीको उपचारबाट एक अर्ब ५० करोड रुपैयाँभन्दा बढी विदेशी मुद्रा आर्जन गरेका छन्। सङ्घका प्रमुख वित्त अधिकृत सीए देवराज पन्तका अनुसार दक्ष चिकित्सक, आधुनिक प्रविधि, गुणस्तरीय सेवा र तुलनात्मक रूपमा सुलभ उपचार खर्चका कारण विदेशी बिरामी नेपालमा उपचार गर्न आउने क्रम बढेको हो। हाल सङ्घको सञ्जालमा २८ आँखा अस्पताल र २२६ आँखा उपचार केन्द्र आबद्ध छन्। ती संस्थाले नेपाली नागरिकसँगै भारत, बङ्गलादेश, भुटानलगायत देशका नागरिकलाई आँखा उपचार सेवा प्रदान गर्दै आएका छन्। सङ्घका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रका अनुसार आर्थिक वर्ष २०८२/८३ सम्ममा सङ्घअन्तर्गतका अस्पताल तथा केन्द्रले पाँच करोडभन्दा बढी आँखाका बिरामीलाई सेवा दिएका छन् भने ५६ लाख ५९ हजारभन्दा बढीको आँखाको शल्यक्रिया गरेका छन्। विदेशी बिरामीले उपचारका अतिरिक्त होटल, यातायात, खाना र अन्य सेवामा गर्ने खर्चले पर्यटन तथा स्थानीय व्यवसायमा समेत योगदान पुर्याउने सम्भावना छ। सङ्घका महासचिव भरतबहादुर चन्दले आँखा स्वास्थ्य सेवाको अन्तर्राष्ट्रिय पहिचान बढाउन सरकारले स्वास्थ्य पर्यटनसम्बन्धी स्पष्ट नीति बनाउन, पूर्वाधार तथा प्रविधिमा लगानी बढाउन र विदेशी बिरामीका लागि उपचार प्रक्रिया सहज बनाउन आवश्यक रहेको बताएका छन्। नेपालमा सन् १९८१ मा ०.८४ प्रतिशत रहेको अन्धोपनको दर घटेर करिब ०.२८ प्रतिशतमा झरेको छ। सन् २०३० सम्म अन्धोपनको दर ०.२० प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ। नेपालको आँखा स्वास्थ्य सेवा मानवीय सेवासँगै विदेशी मुद्रा आर्जन र स्वास्थ्य पर्यटन प्रवर्द्धनको सम्भावनायुक्त क्षेत्रका रूपमा अघि बढिरहेको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

आनी छोइङको नियुक्तिविरुद्ध नागरिक अभियान, छानबिन नसकिँदै पद दिएकोमा प्रश्न
काठमाडौं । ग्यालिका आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने सरकारको निर्णयमाथि राष्ट्रिय जेनजी–नागरिक अभियानले प्रश्न उठाएको छ । अभियानले उनीमाथि नागरिकता र सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका विषय विचाराधीन रहेको दाबी गर्दै नियुक्ति तत्काल खारेज गर्न माग गरेको छ । प्रवक्ता अजय सोडारीद्वारा जारी विज्ञप्तिमा नागरिकतासम्बन्धी विवाद र सम्पत्ति शुद्धीकरण अनुसन्धानको अवस्था स्पष्ट नभएको भन्दै यस्तो अवस्थामा संवेदनशील निकायको नेतृत्व ...

भारत छाड्न दिइएको नोटिसविरुद्ध अभिनेता इमरान खान उच्च अदालतमा
काठमाडौं । अभिनेता आमिर खानका भाञ्जा इमरान खानले भारत छाड्न दिइएको नोटिसविरुद्ध बम्बई उच्च अदालतमा निवेदन दिएका छन्। उनले उक्त नोटिस मनोमानी, गैरकानुनी र असंवैधानिक भएको दाबी गरेका छन् । भारतको विदेशी नागरिक दर्ता कार्यालयले इमरानलाई दोस्रो नोटिस पठाउँदै उनको भारतीय मूलका विदेशी नागरिक परिचयपत्र किन रद्द नगर्ने भन्दै १५ दिनभित्र जवाफ दिन भनेको छ । यसअघि उनलाई अक्टोबर २८ अघि ...

कालीमाटी बजारमा आज कुन तरकारीको मूल्य कति ?
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज गोलभेडा सानो (टनेल) प्रतिकिलो अधिकतम १२० रुपैयाँसम्म पुगेको छ... ...

पुटिनद्वारा ट्रम्प र सीसँग त्रिपक्षीय वार्ताको प्रस्ताव
रुस । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यका लागि छलफल गर्न आगामी महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग त्रिपक्षीय शिखर सम्मेलन गर्ने प्रस्ताव गरेका छन्... ...


