Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

नेता-कार्यकर्तालाई रास्वपा सभापति रवि लामिछाने चेतावनी : जनताले दिएको अभिमत जनताको हुर्मत लिन प्रयोग नगर्नुहोला

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेता-कार्यकर्तालाई रास्वपा सभापति रवि लामिछाने चेतावनी : जनताले दिएको अभिमत जनताको हुर्मत लिन प्रयोग नगर्नुहोला
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, कात्तिक २० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताहरूमा अहंकार र अवसरवादी प्रवृत्ति बढ्दै गएको भन्दै आत्मसमीक्षा गर्न आग्रह गर्नुभएको छ। जनताले दिएको मतबाट पार्टीका नेता–कार्यकर्ता माथिदेखि तलसम्म मात्तिएको उल्लेख गर्दै उहाँले जनताप्रति विनम्र हुन र आफ्नो धरातल नभुल्न चेतावनी दिनुभएको छ।

आज चितवनमा आयोजित पार्टीको कार्यक्रममा सम्बोधन गर्दै सभापति लामिछानेले समाजले रास्वपाको आलोचना गरेर ऐना देखाइरहेको बताउनुभयो। आलोचनाबाट भाग्नुभन्दा त्यसलाई आत्मसमीक्षाको अवसरका रूपमा लिनुपर्ने उहाँको भनाइ थियो।

जनताले १८२ सिट दिएको भन्दै पार्टीका नेता–कार्यकर्तामा अहंकार बढेको उहाँले टिप्पणी गर्नुभयो। उहाँले भन्नुभयो, ‘हाम्रो भुइँमा खुट्टा छैन, मात्तिएका छौँ, टुप्पिएका छौँ, माथिदेखि तलसम्म हामी यति मात्तिएका छौँ, हामी यति चढेका छौँ, हामीले मान्छेलाई मान्छे गनेका छैनौँ।’

भुइँ छाडेमा राजनीतिक यात्रा लामो समयसम्म टिक्न नसक्ने बताउँदै उहाँले नेता–कार्यकर्तालाई आफ्नो धरातल सम्झन आग्रह गर्नुभयो। जनताले दिएको अभिमतलाई जनताकै अपमान गर्ने माध्यम बनाउन नहुने उहाँको भनाइ थियो। ‘जनताले दिएको अभिमत जनताको हुर्मत लिन प्रयोग नगर्नुहोला, पार्टीले हेरिरहेको छ’, उहाँले भन्नुभयो।

सभापति लामिछानेले पार्टीभित्रको एकता र संगठनात्मक एकता पनि उत्तिकै आवश्यक रहेको बताउनुभयो। अहिले नेता–कार्यकर्ताले देखाइरहेको व्यवहार र चरित्रले पार्टीलाई अपेक्षित गन्तव्यमा पुर्‍याउन नसक्ने उहाँको टिप्पणी थियो। उहाँले भन्नुभयो, ‘त्यो चरित्रले हामीलाई धेरै पर लैजाँदैन, त्यसकारणले हामीले भुइँ टेक्नुपर्छ, भुइँ छोड्नुहुँदैन साथीहरू, कुनै हालतमा पनि भुइँ छोड्नुहुँदैन, हामीले एउटा चुनाव जितेका हौँ, कुनै ग्रहबाट खसेर आएका मान्छे होइनौँ। हामी यहीँका मान्छे हौँ, यही जमिनका मान्छे हौँ, यसलाई हामीले भुल्नुहुँदैन। जनताले हामीलाई हेरिरहेका छन्।’

रास्वपाका कार्यकर्ताले तल्लो तहलाई बेवास्ता गर्दै माथिल्लो पदमा मात्रै ध्यान दिन थालेको पनि उहाँले बताउनुभयो। वडासदस्य र वडाध्यक्षजस्ता स्थानीय तहका पदमा उम्मेदवारी दिन चासो नदेखाउने तर मेयर र सांसद बन्ने आकांक्षा राख्ने प्रवृत्ति बढेको उहाँको भनाइ थियो। ‘वडामा चुनाव लड्न त म सभापति आफैँ राजीनामा दिएर आउनुपर्ने जस्तो भयो, हाम्रा साथीहरू माथि नै हेर्छन्, कहाँ तल हेर्ने’, उहाँले भन्नुभयो।

लामिछानेले पार्टीका नेता–कार्यकर्ताले मुखले आदर्श र सिद्धान्तका कुरा गरे पनि व्यवहारमा अवसरवादी चरित्र देखिएको टिप्पणी गर्नुभयो। राजनीतिमा आदर्शको कुरा मात्रै गरेर नहुने भन्दै व्यवहारमा पनि निष्ठा र प्रतिबद्धता देखाउनुपर्ने उहाँको भनाइ थियो।

राजनीतिमा त्याग, तपस्या र बलिदान आवश्यक पर्ने उल्लेख गर्दै उहाँले नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीका नेताहरूबाट संघर्षको पाठ सिक्न नेता–कार्यकर्तालाई आग्रह गर्नुभयो। ती दलका नेताहरूले विभिन्न जटिल परिस्थितिमा समेत संघर्ष गरेर राजनीतिक यात्रा अघि बढाएको स्मरण गराउँदै उहाँले लाेकतन्त्र र गणतन्त्र त्यतिकै नआएकाे बताउनुभयाे ।

निष्ठा जोगाएर राख्न नसक्ने व्यक्तिहरू पार्टी राजनीतिमा नलाग्नु उचित हुने सुझाव दिँदै उहाँले अवसर र पदका लागि मात्रै राजनीति नगर्न आग्रह गर्नुभयो।

सभापति लामिछानेले उम्मेदवार छनोटका लागि पार्टीले ‘क्यान्डिडेट क्लब’ को व्यवस्था गरेकाे र त्यसबाट आन्तरिक प्रतिस्पर्धामा विजयी हुने व्यक्तिले नै निर्वाचनको टिकट पाउने बताउनुभयो। आन्तरिक प्रतिस्पर्धामा कसैले जित्दा वा हार्दा त्यसलाई व्यक्तिगत रूपमा लिन नहुने उहाँको आग्रह थियो। ‘त्यसबेला आज ताली बजाउने हातहरूले धारेहात लगाउने छन्’, उहाँले भन्नुभयो।

पार्टीभित्र हुने प्रतिस्पर्धा र असन्तुष्टिलाई व्यवस्थित गर्न नसकिए संगठन नै कमजोर बन्ने चेतावनीसमेत उहाँले दिनुभयो। आन्तरिक विवाद व्यवस्थापन गर्न नसक्दा पार्टीको अस्तित्वमै संकट आउन सक्ने उल्लेख गर्दै लामिछानेले एकता, अनुशासन र संगठनात्मक सुदृढीकरणमा ध्यान दिन नेता–कार्यकर्तालाई आग्रह गर्नुभयो। ‘आन्तरिक लडाइँलाई व्यवस्थापन गर्न सकिएन भने पार्टी समाप्त हुन्छ’, उहाँले स्पष्ट पार्नुभयो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रास्वपाका नेता–कार्यकर्तालाई रविको चेतावनी : जनताको अभिमत दुरुपयोग नगर्नू
PoliticsJust now

रास्वपाका नेता–कार्यकर्तालाई रविको चेतावनी : जनताको अभिमत दुरुपयोग नगर्नू

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीका सांसद तथा नेता–कार्यकर्तालाई पद र शक्तिको दम्भ नदेखाउन चेतावनी दिएका छन् । उनले जनताले दिएको विश्वास र अभिमतलाई व्यक्तिगत स्वार्थ तथा अरूलाई अपमान गर्ने माध्यम बनाउन नहुने बताएका हुन् । शुक्रबार चितवनमा आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै लामिछानेले रास्वपा ठूलो राजनीतिक शक्तिका रूपमा स्थापित हुँदैमा नेता–कार्यकर्ताले आफ्नो धरातल बिर्सन नहुने बताए । शक्ति ...

फरकधार
मधेस प्रदेश सरकारबाट बाहिरिँदै नेकपा, चार मन्त्रीलाई राजीनामा दिन निर्देशन
PoliticsJust now

मधेस प्रदेश सरकारबाट बाहिरिँदै नेकपा, चार मन्त्रीलाई राजीनामा दिन निर्देशन

जनकपुरधाम- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिने भएको छ। शुक्रबार नै सरकारमा सहभागी आफ्ना चार मन्त्रीलाई राजीनामा बुझाउन पार्टी नेतृत्वले निर्देशन दिइसकेको माधवकुमार नेपालको सचिवालयले जानकारी दिएको छ। नेकपाका सहसंयोजक नेपालका सचिवालयका अनुसार मधेसमा नयाँ राजनीतिक समीकरण बन्ने भएपछि पार्टी सरकारबाट बाहिरिन लागेको हो। मधेसमा नयाँ समीकरण निर्माणका लागि केही दिनअघि एमाले अध्यक्ष […] ...

काठमाण्डुपाटी
महाधिवेशन केन्द्रित गतिविधिमा होमियो राप्रपा, मंसिर १० गते महाधिवेशन प्रतिनिधि छनोट हुने
PoliticsJust now

महाधिवेशन केन्द्रित गतिविधिमा होमियो राप्रपा, मंसिर १० गते महाधिवेशन प्रतिनिधि छनोट हुने

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महाधिवेशन केन्द्रित गतिविधिमा होमिएको छ। महाधिवेशन प्रतिनिधि छनोट १० गतेभित्र भइसक्ने पार्टीले जनाएको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको सचिवालयले दिएको जानकारीअनुसार कार्तिक ३० गतेभित्रमा पार्टी सदस्यको अन्तिम नामावली सार्वजनिक गरिने भएको छ। छनोट भएका महाधिवेशन प्रतिनिधिहरूको अन्तिम नामावली भने १२ गतेसम्ममा प्रकाशन गरिसक्ने कार्यतालिका रहेको बताइएको छ। राष्ट्रिय प्रजातन्त्र […] ...

काठमाण्डुपाटी
लुगा सुकाउने क्लिप झुन्ड्याएर कुकुरले बनायो विश्व कीर्तिमान
PoliticsJust now

लुगा सुकाउने क्लिप झुन्ड्याएर कुकुरले बनायो विश्व कीर्तिमान

कुकुरले घरको सुरक्षा गर्ने, मानिसलाई सहयोग गर्ने र विभिन्न कला देखाउने कुरा नौलो होइन । तर, अमेरिकामा एउटा कुकुरले लुगा सुकाउने क्लिप डोरीमा झुन्ड्याएरै विश्व कीर्तिमान बनाएको छ । अमेरिकाको मिसौरी राज्यस्थित कान्सास सिटीमा ‘जाभा’ नामकी पाँच वर्षीया कुकुरले एक मिनेटमा आठवटा क्लिप डोरीमा झुन्ड्याएर गिनिज वर्ल्ड रेकर्ड्समा नाम लेखाएकी हो । कालो ल्याब्राडोर जातकी जाभाले आफ्नो मुखले क्लिप समातेर डोरीमा लगाएकी ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play