Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

निषेधित क्षेत्रमा अनुमति नलिई पदयात्रा गराउने ट्राभल्स एजेन्सीसहित चार विदेशीलाई कारबाही

Share:WhatsAppFacebookX (Twitter)Telegram
निषेधित क्षेत्रमा अनुमति नलिई पदयात्रा गराउने ट्राभल्स एजेन्सीसहित चार विदेशीलाई कारबाही
Photo / Coverage: पर्दाफास

निषेधित क्षेत्रमा आवश्यक अनुमति नलिई पदयात्रा गराएको भन्दै अध्यागमन विभागले एक ट्राभल्स एजेन्सीसहित चार विदेशी नागरिकलाई कारबाही गरेको छ। विभागका अनुसार डोल्पा जिल्लाको निषेधित क्षेत्र तल्लो डोल्पामा पदयात्रा अनुमति नलिई मेक्सिकोका चार जना नागरिक प्रवेश गरेको पाइएपछि कारबाही गरिएको हो। जिल्ला प्रशासन कार्यालय, डोल्पाबाट प्राप्त पत्रका आधारमा आवश्यक छानबिन गर्दा प्रचलित कानुनको पालना नगरी विदेशी नागरिकलाई निषेधित क्षेत्रमा पदयात्रा गराउने माउन्ट रोज टुर्स एन्ड ट्राभल्स प्रालिलाई अध्यागमन ऐन, २०४९ को दफा १०(४) बमोजिम ५० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ। त्यसैगरी, पदयात्रा अनुमति नलिई निषेधित क्षेत्रमा प्रवेश गरेका मेक्सिकोका चारै जना नागरिकलाई जनही १० हजार रुपैयाँका दरले जरिवाना गरिएको छ। उनीहरूबाट पदयात्रा अनुमति लिँदा लाग्ने दस्तुरबापत प्रतिव्यक्ति २० अमेरिकी डलरसमेत असुल गरिएको विभागले जनाएको छ। नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन पदयात्रासम्बन्धी कानुनी प्रावधान तथा अनुमति प्रणालीको पूर्ण पालना गर्नुपर्ने विभागले स्पष्ट पारेको छ। विशेषगरी निषेधित क्षेत्रमा प्रवेश गर्दा अध्यागमन नियमावली, २०५१ को नियम ३२ बमोजिम आवश्यक प्रक्रिया पूरा गरी पदयात्रा अनुमति लिनुपर्ने व्यवस्था छ। विभागले विदेशी नागरिक, ट्रेकिङ एजेन्सी तथा सम्बन्धित सरोकारवालालाई निषेधित क्षेत्रमा पदयात्रा गराउँदा अनिवार्य रूपमा अनुमति लिन र प्रचलित कानुनी व्यवस्थाको पूर्ण पालना गर्न आग्रह गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मधेशमा नेकपाका चार जना मन्त्रीले दिए राजीनामा, सरकारबाट समर्थन फिर्ता
OthersJust now

मधेशमा नेकपाका चार जना मन्त्रीले दिए राजीनामा, सरकारबाट समर्थन फिर्ता

नेकपाले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ । प्रदेश प्रमुखलाई समर्थन फिर्ता लिएको पत्र बुझाएका छन् । ...

अनलाइन खबर
कांग्रेसले पैसा तिरेर वैधानिकता लिएको भन्ने प्रचार कपोकल्पित : महामन्त्री पौडेल
OthersJust now

कांग्रेसले पैसा तिरेर वैधानिकता लिएको भन्ने प्रचार कपोकल्पित : महामन्त्री पौडेल

१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीले पैसा तिरेर वैधानिकता लिएको भन्ने प्रचार कपोकल्पित र राजनीतिक पूर्वाग्रहबाट प्रेरित रहेको बताएका छन् । कांग्रेस क्षेत्रीय कार्यसमिति, चितवन क्षेत्र नं. १ द्वारा शुक्रबार रत्ननगरमा आयोजित कार्यक्रममा उनले पार्टी माथि नियोजित रूपमा प्रहार गर्ने र पार्टीको वैधानिकतामाथि प्रश्न उठाउने प्रयास भइरहेको आरोप लगाए । ‘नेपाली… ...

अनलाइन खबर
उम्मेदवारका आकांक्षीलाई रास्वपाको निर्देशन– कार्यतालिका आउनुअघि उम्मेदवारी घोषणा नगर्नू
OthersJust now

उम्मेदवारका आकांक्षीलाई रास्वपाको निर्देशन– कार्यतालिका आउनुअघि उम्मेदवारी घोषणा नगर्नू

२० कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचन समितिले निर्वाचन, अधिवेशन तथा उम्मेदवार छनोट प्रक्रियामा सहभागीहरूलाई निर्देशन जारी गरेको छ । केन्द्रीय निर्वाचन समितिका अध्यक्ष भुवन केसीले एक विज्ञप्ति जारी गर्दै ७ बुँदे निर्देशन जारी गरेका हुन् । जसमा निर्वाचन, अधिवेशन तथा उम्मेदवार छनोटसम्बन्धी सम्पूर्ण गतिविधि पार्टी विधान, स्वीकृत कार्यविधि र आधिकारिक निर्देशनअनुसार… ...

अनलाइन खबर
स्वार्थ पूरा नभए पश्चिमा शक्तिहरूले नै बालेन सरकार ढाल्छन् : बादल
OthersJust now

स्वार्थ पूरा नभए पश्चिमा शक्तिहरूले नै बालेन सरकार ढाल्छन् : बादल

२० कात्तिक, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले वर्तमान सरकारले पश्चिमा शक्तिहरूको स्वार्थअनुरूप काम नगरे उनीहरूले नै सरकार ढालिदिने दाबी गरेका छन् । एमाले दमक नगर कमिटीले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । एमाले, कांगेस, तत्कालीन माओवादीलगायतका दलले पश्चिमा शक्तिको स्वार्थ पूरा नगरेपछि ती शक्तिहरूविरुद्ध आक्रमण गरेर पार्टी भवन… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play