नेकपाको राष्ट्रिय जागरण अभियान आजदेखि

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो २ः३० बजे पत्रकार सम्मेलनमार्फत अभियान उद्घाटन गरिनेछ । कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले सम्बोधन गर्नेछन् । गत असोज २३ गते बसेको केन्द्रीय संयोजन समितिको बैठकले कात्तिक ७ देखि मंसिर २५ गतेसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । अभियानमा पार्टी संगठन सुदृढीकरण, सदस्यता नवीकरण, संगठन समायोजन तथा जनतासँगको सम्बन्ध विस्तारलाई प्राथमिकता दिइनेछ । साथै, बैठक, भेला, प्रशिक्षण, जनसेवा र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ । महँगी, भ्रष्टाचार, बेरोजगारी, कालोबजारीलगायत जनजीविकाका समस्या उठाउँदै केन्द्रमा प्रधानमन्त्री, प्रदेशमा मुख्यमन्त्री र जिल्लामा सम्बन्धित निकायसमक्ष ज्ञापनपत्र बुझाउने कार्यक्रमसमेत तय गरिएको छ । पार्टीले आगामी स्थानीय तह निर्वाचनअघि वडा तथा पालिका अधिवेशन सम्पन्न गर्ने निर्णय पनि गरेको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

अझै इतिहासको ब्याज खोज्दै पुराना दलहरू
लोकतन्त्रमा गठबन्धन र सहकार्य अस्वाभाविक होइन। यो चलिराख्ने र चलिरहने प्रक्रिया हो। यसमा कहिले नयाँ पुरानो हुन्छ त कहिले पुरानो पनि नयाँ बनेर आउँछ। तर, त्यसको उद्देश्य, राजनीतिक विचार र कार्यदिशा स्पष्ट हुनुपर्छ। ...

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ
पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो परिमाणमा लागूऔषध बरामद भएपछि अवैध कारोबार पुष्टि भएको हो । पोखरा महानगरपालिका–२६ कालिकाचोकस्थित जलधारे औषधि पसलका सञ्चालक २९ वर्षीया अमिसा ढुङ्गानालाई प्रहरीले लागूऔषधका चक्की सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी समेत रहेका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार बुधबार ...

जोर्डनको चर्चमा गोली चल्दा ७ जनाको मृत्यु, ३४ घाइते
जोर्डनको काराक प्रान्तस्थित हमूद क्षेत्रको एक चर्चमा अन्त्यसंस्कार चलिरहेका बेला अज्ञात बन्दुकधारीहरूले गरेको अन्धाधुन्ध गोलीबारीमा कम्तीमा ७ जनाको मृत्यु भएको छ भने ३४ जनाभन्दा बढी घाइते भएका छन्। शुक्रबार घटेको यो घटनाले मुस्लिम बहुल जोर्डनमा ठूलो शोक र आक्रोश पैदा गरेको छ। शान्त मानिने यस देशमा यस प्रकारका घातक हिंसाका घटनाहरू निकै कम मात्र हुने… ...

इरानबाट खतरा बढेपछि मध्यपूर्वबाट फिर्ता हुन थाले अमेरिकी दूतावासका कर्मचारी
७ कात्तिक, काठमाडौं । इरानले मध्यपूर्व र विश्वका अन्य क्षेत्रहरूमा कार्यरत अमेरिकी कूटनीतिज्ञ तथा अधिकारीहरूलाई निशाना बनाउने प्रयास अधिक बढाएको र हत्याको योजनाहरू ‘उन्नत चरण’ मा पुगेको गुप्तचर प्रतिवेदन सार्वजनिक भएपछि अमेरिकाले मध्यपूर्वका आफ्ना दूतावासहरूबाट कर्मचारी कटौती गर्न सुरु गरेको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई बुझाइएको अक्टोबर २३ को गोप्य ’मेमो’ प्राप्त गर्दै न्युज एजेन्सी… ...


