Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

नगरकोटमा वर्ल्डलिंकको नयाँ सम्पर्क कार्यालय

Share:WhatsAppFacebookX (Twitter)Telegram
नगरकोटमा वर्ल्डलिंकको नयाँ सम्पर्क कार्यालय
Photo / Coverage: टक्सार

काठमाडौँ । काठमाडौँ नजिकैको प्रमुख पर्यटकीय गन्तव्य नगरकोटमा पर्यटन तथा आतिथ्य क्षेत्रको डिजिटल सेवा र व्यावसायिक कनेक्टिभिटीलाई थप सहज बनाउने भन्दै वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले नयाँ सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ । नगरकोटमा सञ्चालनमा ल्याएको नयाँ कार्यालयले होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा अन्य पर्यटनसम्बद्ध व्यवसायसँगको सम्बन्ध विस्तार र व्यावसायिक सहकार्यलाई प्राथमिकता दिने कम्पनीले जनाएको छ । प्राकृतिक सौन्दर्य, हिमशृङ्खलाको दृश्यावलोकन तथा शान्त वातावरणका कारण आन्तरिक र बाह्य पर्यटकमाझ लोकप्रिय नगरकोटमा पछिल्लो समय होटल तथा रिसोर्ट व्यवसाय विस्तार हुँदै गएको छ । पर्यटकलाई गुणस्तरीय सेवा प्रदान गर्न भरपर्दो इन्टरनेट तथा डिजिटल कनेक्टिभिटी पनि आतिथ्य क्षेत्रको महत्वपूर्ण आवश्यकता बन्दै गएको छ । पर्यटकको अनलाइन बुकिङ, डिजिटल भुक्तानी, सञ्चार, ग्राहक सेवा तथा होटलको दैनिक व्यवस्थापनजस्ता गतिविधिमा इन्टरनेटको भूमिका बढ्दै गएको सन्दर्भमा वल्र्डलिंकको नयाँ सम्पर्क कार्यालयले स्थानीय पर्यटन व्यवसायीलाई आवश्यक डिजिटल समाधानबारे जानकारी तथा सेवा समन्वयमा सहयोग पु¥याउने अपेक्षा गरिएको कम्पनीको भनाई छ । नगरकोटमा सञ्चालनमा आएको सम्पर्क कार्यालयले मुख्य रूपमा इन्टरप्राइज बिक्री तथा व्यवसाय विकासमा केन्द्रित भई होटल, रिसोर्ट, रेस्टुरेन्ट, व्यावसायिक प्रतिष्ठान तथा अन्य संस्थाहरूलाई लक्षित गर्नेछ। यसमार्फत स्थानीय व्यवसायहरूको इन्टरनेट तथा कनेक्टिभिटीसम्बन्धी आवश्यकता बुझ्ने, उपयुक्त समाधानबारे जानकारी उपलब्ध गराउने र ग्राहकहरूसँग प्रत्यक्ष समन्वय गर्ने कम्पनीको लक्ष्य रहेको कम्पनीले जनाएको छ । यस कार्यालयमार्फत कम्पनीले स्थानीय व्यवसायहरूसँग प्रत्यक्ष सम्पर्क विस्तार गर्ने, नयाँ व्यावसायिक सम्भावनाहरू पहिचान गर्ने तथा ग्राहकका आवश्यकताअनुसार सम्बन्धित टोलीहरूसँग समन्वय गर्नेछ । वर्ल्डलिंकको नयाँ सम्पर्क कार्यालयले नगरकोटका पर्यटन तथा आतिथ्य व्यवसायलाई डिजिटल रूपमा थप सक्षम बनाउन र स्थानीय व्यवसायसँगको सहकार्य विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। नगरकोटमा सम्पर्क कार्यालय सञ्चालनसँगै वल्र्डलिंकले नेपालभरका व्यवसायहरूसँग आफ्नो सम्बन्ध विस्तार गर्दै उनीहरूको डिजिटल कनेक्टिभिटी आवश्यकतालाई सहयोग गर्ने प्रयासलाई निरन्तरता दिइएको कम्पनीको भनाई छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
तेहरानमा ट्रम्पलाई ज्यान मार्ने धम्कीसहितका विशाल होर्डिङ बोर्ड
Latest NewsJust now

तेहरानमा ट्रम्पलाई ज्यान मार्ने धम्कीसहितका विशाल होर्डिङ बोर्ड

एजेन्सी– इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मार्ने धम्कीसहितका विशाल होर्डिङ बोर्ड तथा ब्यानर राजधानी तेहरानका विभिन्न स्थानमा प्रदर्शनमा राखेको छ। तेहरानको व्यस्त एन्गेलाब स्क्वायरमा राखिएको विशाल होर्डिङमा ‘हामी ट्रम्पलाई मार्नेछौँ’ भन्ने सन्देश लेखिएको छ। उक्त होर्डिङमा ट्रम्पलाई जेलभित्र टाउको निहुराएर बसेको अवस्थामा चित्रण गरिएको छ। त्यस्तै, उत्तरी तेहरानको ताज्रिस स्क्वायरमा आयोजित खुला प्रदर्शनीमा ट्रम्पका विभिन्न […] ...

काठमाण्डुपाटी
यमनमा साउदीकाे आक्रमण, बालबालिकासहित १७ जनाको मृत्यु भएको हुथीको दाबी
Latest NewsJust now

यमनमा साउदीकाे आक्रमण, बालबालिकासहित १७ जनाको मृत्यु भएको हुथीको दाबी

साना । यमनमा इरान समर्थित हुथी विद्रोहीहरूले यस साता साउदी नेतृत्वको गठबन्धनले गरेको आक्रमणमा परी दुई दिनभित्र १७ जना सर्वसाधारणको मृत्यु भएको दाबी गरेका छन् । उक्त गठबन्धनले अन्तरराष्ट्रिय मान्यताप्राप्त यमनी सरकारलाई समर्थन गर्दै आएको छ । हुथी नियन्त्रित स्वास्थ्य मन्त्रालयले मङ्गलबार जारी गरेको विज्ञप्तिअनुसार, मृत्यु हुनेमध्ये अधिकांश बालबालिका छन् । मन्त्रालयले साउदी विमानहरूले घर, आवासीय क्षेत्र र बजारलाई निशाना बनाएको ...

केन्द्रबिन्दु
अमेरिकामा मध्यावधि निर्वाचनका लागि मतदान सुरु
Latest NewsJust now

अमेरिकामा मध्यावधि निर्वाचनका लागि मतदान सुरु

काठमाडौं । अमेरिकामा मध्यावधि निर्वाचनका लागि मंगलबार मतदान सुरु भएको छ । नेपाली समयअनुसार साँझ ४: ४५ बजे कनेक्टिकट, इन्डियाना, केन्टकी, मेन, न्यु ह्याम्पसायर, न्यु जर्सी, न्युयोर्क र भर्जिनियासहित आठ राज्यमा मतदान केन्द्र खुलेका छन् । यस निर्वाचनमा अमेरिकी संसद्को तल्लो सदन प्रतिनिधिसभाका सबै ४३५ र माथिल्लो सदन सिनेटका ३५ सिटका लागि मतदान हुँदैछ । राष्ट्रपति निर्वाचनको दुई वर्षपछि हुने मध्यावधि निर्वाचनमा केही ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play