Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

अमेरिकामा मध्यावधि निर्वाचनका लागि मतदान सुरु

Share:WhatsAppFacebookX (Twitter)Telegram
अमेरिकामा मध्यावधि निर्वाचनका लागि मतदान सुरु
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । अमेरिकामा मध्यावधि निर्वाचनका लागि मंगलबार मतदान सुरु भएको छ । नेपाली समयअनुसार साँझ ४: ४५ बजे कनेक्टिकट, इन्डियाना, केन्टकी, मेन, न्यु ह्याम्पसायर, न्यु जर्सी, न्युयोर्क र भर्जिनियासहित आठ राज्यमा मतदान केन्द्र खुलेका छन् । यस निर्वाचनमा अमेरिकी संसद्को तल्लो सदन प्रतिनिधिसभाका सबै ४३५ र माथिल्लो सदन सिनेटका ३५ सिटका लागि मतदान हुँदैछ । राष्ट्रपति निर्वाचनको दुई वर्षपछि हुने मध्यावधि निर्वाचनमा केही राज्यका गभर्नर पदका लागि पनि मतदान हुने व्यवस्था छ । हाल राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीको दुवै सदनमा बहुमत छ । सिनेटका १०० सिटमध्ये रिपब्लिकनसँग ५३ र डेमोक्रेटिक पार्टीसँग ४५ सिट छन् भने दुई स्वतन्त्र सांसद डेमोक्रेटिक पक्षसँग मिलेर काम गर्छन् । सिनेटमा बहुमतका लागि ५१ सिट आवश्यक पर्छ । यसपटक चुनाव हुन लागेका ३५ सिटमध्ये २२ रिपब्लिकन र १३ डेमोक्रेटिक पार्टीका छन् । तल्लो सदन प्रतिनिधिसभाका सबै ४३५ सिटमा प्रतिस्पर्धा हुँदैछ । यस सदनमा बहुमतका लागि २१८ सिट आवश्यक छ । रिपब्लिकन पार्टीले कुनै एक सदनमा मात्रै बहुमत गुमाए पनि राष्ट्रपति ट्रम्पलाई आफ्ना नीतिसम्बन्धी कानुन पारित गराउन कठिन हुने विश्लेषण गरिएको छ । दुवै सदनमा बहुमत कायम राख्ने रिपब्लिकन र बहुमत हासिल गर्ने डेमोक्रेटिक पार्टीको लक्ष्य छ । The post अमेरिकामा मध्यावधि निर्वाचनका लागि मतदान सुरु appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मलेसियाको पानी पूर्वाधारमा गुगलको १६ करोड डलर लगानी
Latest NewsJust now

मलेसियाको पानी पूर्वाधारमा गुगलको १६ करोड डलर लगानी

मलेसिया।अमेरिकी प्रविधि कम्पनी गुगलले मलेसियाको नेगेरी सेम्बिलान राज्यमा साझा पानी पूर्वाधार निर्माणका लागि १६ करोड अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ। उक्त पूर्वाधारले स्थानीय समुदायका साथै पोर्ट डिक्सनमा निर्माण गर्ने योजनामा रहेको गुगलको डाटा सेन्टर सञ्चालनलाई सहयोग पुर्‍याउनेछ। गुगलले स्वच्छ ऊर्जा क्षेत्रका लागि स्थानीय दक्ष जनशक्ति विकास गर्ने उद्देश्यले नयाँ कार्यक्रम समेत सञ्चालन गर्ने जनाएको छ। निर्माण सम्पन्न भएपछि उक्त ...

नेपालन्युज
वैद्यखानाको आधुनिकीकरण गर्न दुई मन्त्रालय सहमत
Latest NewsJust now

वैद्यखानाको आधुनिकीकरण गर्न दुई मन्त्रालय सहमत

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनबीच सिंहदरबार वैद्यखानाको संस्थागत तथा प्राविधिक क्षमता अभिवृद्धि र औषधि उत्पादनको गुणस्तर सुधारका विषयमा छलफल भएको... ...

रातोपाटी
नेपाल प्रिमियर लिग : पोखरा एभेन्जर्सलाई ८ विकेटले हराएर शिर्ष स्थानमा उक्लियो लुम्बिनी लायन्स
Latest NewsJust now

नेपाल प्रिमियर लिग : पोखरा एभेन्जर्सलाई ८ विकेटले हराएर शिर्ष स्थानमा उक्लियो लुम्बिनी लायन्स

• लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई ८ विकेटले हराउँदै नेपाल प्रिमियर लिगमा शिर्ष स्थानमा उक्लिएको छ। • पोखरा एभेन्जर्सको यो लगातार तेस्रो हार हो र उनीहरू पुछारमा छन्। • लुम्बिनीले ९८ रनको लक्ष्य ११.४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो, जहाँ कप्तान रोहित पौडेलले ४७ रनको योगदान गरे। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play