Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

मलेसियाको पानी पूर्वाधारमा गुगलको १६ करोड डलर लगानी

Share:WhatsAppFacebookX (Twitter)Telegram
मलेसियाको पानी पूर्वाधारमा गुगलको १६ करोड डलर लगानी
Photo / Coverage: नेपालन्युज

मलेसिया।अमेरिकी प्रविधि कम्पनी गुगलले मलेसियाको नेगेरी सेम्बिलान राज्यमा साझा पानी पूर्वाधार निर्माणका लागि १६ करोड अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ। उक्त पूर्वाधारले स्थानीय समुदायका साथै पोर्ट डिक्सनमा निर्माण गर्ने योजनामा रहेको गुगलको डाटा सेन्टर सञ्चालनलाई सहयोग पुर्‍याउनेछ। गुगलले स्वच्छ ऊर्जा क्षेत्रका लागि स्थानीय दक्ष जनशक्ति विकास गर्ने उद्देश्यले नयाँ कार्यक्रम समेत सञ्चालन गर्ने जनाएको छ। निर्माण सम्पन्न भएपछि उक्त पूर्वाधार सरकारी सम्पत्तिको व्यवस्थापन गर्ने जिम्मेवारी पाएको राज्यको वैधानिक निकाय मेन्टेरी बेसर नेगेरी सेम्बिलान (निगमित) को स्वामित्वमा रहनेछ। प्रस्तावित प्रशोधन केन्द्रले दैनिक ६ करोड ५० लाख लिटर प्रशोधित पिउने पानी आपूर्ति गर्न सक्ने क्षमता राख्नेछ। यसबाट सर्वसाधारणका लागि पानीको उपलब्धता बढ्नुका साथै स्प्रिङहिल औद्योगिक पार्कमा निर्माण गर्ने योजनामा रहेको गुगलको डाटा सेन्टर परिसरलाई पनि पानी आपूर्ति हुनेछ। –रासस /सिन्ह्वा

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अमेरिकी मध्यावधि निर्वाचन : संसद्मा कसको पकड रहला ?
Latest NewsJust now

अमेरिकी मध्यावधि निर्वाचन : संसद्मा कसको पकड रहला ?

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको बाँकी दुई वर्षको राजनीतिक दिशा निर्धारण गर्ने मध्यावधि निर्वाचनमा रिपब्लिकन र डेमोक्रेटिक पार्टीबिच प्रतिस्पर्धा हुँदै छ । निर्वाचनबाट अमेरिकी संसद् (कंग्रेस)का... ...

रातोपाटी
सङ्खुवासभा गोल्डकपः लोहरुङ र सेकाहा सेमिफाइनलमा
Latest NewsJust now

सङ्खुवासभा गोल्डकपः लोहरुङ र सेकाहा सेमिफाइनलमा

सङ्खुवासभा। सङ्खुवासभा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक जिल्लाका लोहरुङ क्लब पाङ्मा र सेकाहा सामुदायिक क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् । मंगलबार सम्पन्न खेलमा लोहरुङले सिरहाको सलहेश युवा क्लबलाई ‘सडन डेथ’ मा पराजित... ...

रातोपाटी
मेलमिलाप विधेयक छिटो र सहज न्यायका लागि ल्याइएको हो : मन्त्री गौतम
Latest NewsJust now

मेलमिलाप विधेयक छिटो र सहज न्यायका लागि ल्याइएको हो : मन्त्री गौतम

• कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मेलमिलाप प्रक्रियालाई छिटो, सरल र कम खर्चिलो बनाउन मेलमिलापसम्बन्धी ऐन, २०६८ संशोधन गर्न विधेयक ल्याएको बताइन्। • घरेलु हिंसा र लैङ्गिक हिंसाका घटनाहरूलाई मेलमिलापबाट समाधान गर्न नमिल्ने स्पष्ट पार्दै, सामान्य र वाणिज्यसम्बन्धी विवाद समाधान गर्न विधेयकको उद्देश्य रहेको उनले उल्लेख गरिन्। • सांसद गुरु बरालले मेलमिलाप प्रक्रियामा सुधारका लागि कानुनी प्रमाणको मान्यता ...

नेपालबहस
हुलाक सेवामार्फत विद्यार्थीकै हातमा प्रमाणपत्र पुर्‍याउँदै त्रिभुवन विश्वविद्यालय
Latest NewsJust now

हुलाक सेवामार्फत विद्यार्थीकै हातमा प्रमाणपत्र पुर्‍याउँदै त्रिभुवन विश्वविद्यालय

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले जारी गर्ने शैक्षिक प्रमाणपत्र तथा कार्यालयीय कागजातहरू अब हुलाक सेवामार्फत सोझै विद्यार्थीको हातमा पुर्‍याइने भएको छ । यसका लागि त्रिभुवन विश्वविद्यालय र नेपाल सरकार हुलाक सेवा विभागबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा त्रिविका रजिस्ट्रार डा. रवीन्द्र शिवाकोटी र हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले हस्ताक्षर गर्नुभएको हो। सम्झौता अनुसार विश्वविद्यालयका विभिन्न निकायबाट जारी हुने ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play