Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

यमनमा साउदीकाे आक्रमण, बालबालिकासहित १७ जनाको मृत्यु भएको हुथीको दाबी

Share:WhatsAppFacebookX (Twitter)Telegram
यमनमा साउदीकाे आक्रमण, बालबालिकासहित १७ जनाको मृत्यु भएको हुथीको दाबी
Photo / Coverage: केन्द्रबिन्दु

साना । यमनमा इरान समर्थित हुथी विद्रोहीहरूले यस साता साउदी नेतृत्वको गठबन्धनले गरेको आक्रमणमा परी दुई दिनभित्र १७ जना सर्वसाधारणको मृत्यु भएको दाबी गरेका छन् । उक्त गठबन्धनले अन्तरराष्ट्रिय मान्यताप्राप्त यमनी सरकारलाई समर्थन गर्दै आएको छ । हुथी नियन्त्रित स्वास्थ्य मन्त्रालयले मङ्गलबार जारी गरेको विज्ञप्तिअनुसार, मृत्यु हुनेमध्ये अधिकांश बालबालिका छन् । मन्त्रालयले साउदी विमानहरूले घर, आवासीय क्षेत्र र बजारलाई निशाना बनाएको आरोप लगाएको छ । हुथी सैन्य प्रवक्ता याह्या सारीले सोमबार साँझ दिएको जानकारीअनुसार, साउदी अरबले पछिल्लो २४ घण्टामा यमनका विभिन्न क्षेत्रमा १०९ पटक हवाई आक्रमण गरेको छ । ती आक्रमण सादा, ताइज, लाहज, अल–जौफ र होदेइदाह प्रान्तमा केन्द्रित थिए । हुथी समूहले साउदी अरबको पूर्वी र दक्षिणी क्षेत्रमा रहेका विमानस्थलहरूलाई लक्षित गरी ड्रोन आक्रमण गरेको दाबी पनि गरेको छ । यमन सन् २०१४ देखि सशस्त्र द्वन्द्वको चपेटामा छ । त्यस वर्ष हुथी विद्रोहीहरूले राजधानी साना कब्जा गरेका थिए । त्यसको एक वर्षपछि अन्तरराष्ट्रिय मान्यताप्राप्त सरकारको समर्थनमा साउदी नेतृत्वको गठबन्धन युद्धमा सहभागी भएको थियो । सन् २०२२ मा भएको युद्धविराम सम्झौता गत जुलाईमा भङ्ग भएपछि द्वन्द्व पुनः चर्किएको थियो । त्यसपछि सेप्टेम्बरमा हुथीहरूले रणनीतिक महत्वको बाब अल–मान्देब जलडमरुमाथि नियन्त्रण कायम गर्न आक्रमण सुरु गरेका थिए । उक्त जलमार्गले लालसागर र स्वेज नहर हुँदै युरोपलाई एसियासँग जोड्छ । संयुक्त राष्ट्रसङ्घका अनुसार, यमनमा पुनः लडाइँ सुरु भएयता एक हजार ६०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने तीन लाखभन्दा बढी विस्थापित भएका छन् । -एएफपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मलेसियाको पानी पूर्वाधारमा गुगलको १६ करोड डलर लगानी
Latest NewsJust now

मलेसियाको पानी पूर्वाधारमा गुगलको १६ करोड डलर लगानी

मलेसिया।अमेरिकी प्रविधि कम्पनी गुगलले मलेसियाको नेगेरी सेम्बिलान राज्यमा साझा पानी पूर्वाधार निर्माणका लागि १६ करोड अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ। उक्त पूर्वाधारले स्थानीय समुदायका साथै पोर्ट डिक्सनमा निर्माण गर्ने योजनामा रहेको गुगलको डाटा सेन्टर सञ्चालनलाई सहयोग पुर्‍याउनेछ। गुगलले स्वच्छ ऊर्जा क्षेत्रका लागि स्थानीय दक्ष जनशक्ति विकास गर्ने उद्देश्यले नयाँ कार्यक्रम समेत सञ्चालन गर्ने जनाएको छ। निर्माण सम्पन्न भएपछि उक्त ...

नेपालन्युज
वैद्यखानाको आधुनिकीकरण गर्न दुई मन्त्रालय सहमत
Latest NewsJust now

वैद्यखानाको आधुनिकीकरण गर्न दुई मन्त्रालय सहमत

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनबीच सिंहदरबार वैद्यखानाको संस्थागत तथा प्राविधिक क्षमता अभिवृद्धि र औषधि उत्पादनको गुणस्तर सुधारका विषयमा छलफल भएको... ...

रातोपाटी
नेपाल प्रिमियर लिग : पोखरा एभेन्जर्सलाई ८ विकेटले हराएर शिर्ष स्थानमा उक्लियो लुम्बिनी लायन्स
Latest NewsJust now

नेपाल प्रिमियर लिग : पोखरा एभेन्जर्सलाई ८ विकेटले हराएर शिर्ष स्थानमा उक्लियो लुम्बिनी लायन्स

• लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई ८ विकेटले हराउँदै नेपाल प्रिमियर लिगमा शिर्ष स्थानमा उक्लिएको छ। • पोखरा एभेन्जर्सको यो लगातार तेस्रो हार हो र उनीहरू पुछारमा छन्। • लुम्बिनीले ९८ रनको लक्ष्य ११.४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो, जहाँ कप्तान रोहित पौडेलले ४७ रनको योगदान गरे। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play