Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

सुरक्षा जोखिमका कारण रोकिएको विद्युतीय खरिद प्रणाली सञ्चालनमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुरक्षा जोखिमका कारण रोकिएको विद्युतीय खरिद प्रणाली सञ्चालनमा
Photo / Coverage: पर्दाफास

सुरक्षा जोखिमका कारण रोकिएको विद्युतीय खरिद प्रणाली (ई–जीपी) नयाँ संस्करणमार्फत पुनः सञ्चालनमा आएको छ । मंगलबार सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना जारी गर्दै प्रणाली पुनः सञ्चालनमा ल्याइएको जानकारी दिएको हो । कार्यालयले सार्वजनिक निकायलाई निर्माण कार्य तथा मालसामान खरिदका राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका बोलपत्र नयाँ प्रणालीमार्फत मात्रै प्रकाशन गर्न निर्देशन दिएको छ । यसअघि सञ्चालनमा रहेको विद्युतीय खरिद प्रणालीमा उच्च सुरक्षा जोखिम भेटिएपछि गत भदौ ११ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि नयाँ बोलपत्र प्रकाशनको काम रोकिएको थियो । त्यसको विकल्पमा नयाँ सफ्टवेयर विकास गरी खरिद प्रक्रिया पुनः सञ्चालनमा ल्याइएको कार्यालयले जनाएको छ । नयाँ प्रणाली कार्यान्वयनसँगै सार्वजनिक निकाय, बोलपत्रदाता तथा आपूर्तिकर्ताले पुनः दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ । कार्यालयले नयाँ प्रणालीमा दर्ता हुन र सार्वजनिक खरिदका बोलपत्र यही प्रणालीमार्फत प्रकाशन गर्न आग्रह गरेको छ । कार्यालयले बोलपत्र प्रस्ताव तोकिएको समयभित्र अनलाइन वा सम्बन्धित कार्यालयमै हार्डकपीमध्ये कुनै एक माध्यमबाट पेस गर्न सकिने व्यवस्था मिलाउन पनि सार्वजनिक निकायलाई निर्देशन दिएको छ । बोलपत्र पेस गर्ने प्रक्रियामा अनलाइनसँगै हार्डकपीको विकल्पसमेत खुला राखिएको छ । तर, सार्वजनिक निकायले बोलपत्र खोल्ने तथा मूल्यांकन गर्ने काम भने विद्युतीय खरिद प्रणालीमार्फत नै गर्नुपर्नेछ । हार्डकपीमार्फत पेस भएका बोलपत्र प्रस्तावको विवरण अभिलेख मुचुल्का र मूल्यांकन प्रतिवेदनमा उल्लेख गर्नुपर्ने कार्यालयले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनपीएल : पोखरालाई हराएर लुम्बिनी पहिलो स्थानमा
OthersJust now

एनपीएल : पोखरालाई हराएर लुम्बिनी पहिलो स्थानमा

राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई ८ विकेटले हराएर शिर्ष स्थानमा उक्लिएको छ । तीन खेलमा ५ अंक जोड्दै लुम्बिनी शिर्ष स्थानमा पुगेको हो । पोखराको भने यो ह्याट्रिक हारसहित पुछारमा छ । जितका लागि पाएको ९८ रनको सामान्य लक्ष्य लुम्बिनीले ११.४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । जसमा कप्तान रोहित पौडेलले ...

पर्दाफास
पूर्वाञ्चल क्यान्सर अस्पताललाई अन्तर्राष्ट्रिय मान्यता : स्तन क्यान्सरका ८१४ र शोका क्यान्सरका ८०५ बिर्सिएर लिए सेवा
OthersJust now

पूर्वाञ्चल क्यान्सर अस्पताललाई अन्तर्राष्ट्रिय मान्यता : स्तन क्यान्सरका ८१४ र शोका क्यान्सरका ८०५ बिर्सिएर लिए सेवा

झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालले क्यान्सर उपचार र उपशामक हेरचाह सेवाको गुणस्तरसम्बन्धी अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ । युरोपियन सोसाइटी फर मेडिकल अन्कोलोजी (इएसएमओ) अन्तर्गतको ‘डिजिग्नेटेड सेन्टर्स अफ इन्टिग्रेटेड अन्कोलोजी एन्ड प्यालिएटिभ केयर’ कार्यक्रमअन्तर्गत अस्पतालले सन् २०२७ देखि २०२९ सम्मका लागि उक्त मान्यता प्राप्त गरेको हो । अस्पतालका सूचना अधिकारी प्रमिश गिरीका अनुसार अस्पतालको अन्कोलोजी तथा प्यालिएटिभ केयर सेवासम्बन्धी स्वमूल्याङ्कन प्रतिवेदन र ...

पर्दाफास
जय नेपाल पार्टीले सार्वजनिक गर्‍यो संविधान संशोधनसहित आठबुँदे संकल्प
OthersJust now

जय नेपाल पार्टीले सार्वजनिक गर्‍यो संविधान संशोधनसहित आठबुँदे संकल्प

१७ कात्तिक, काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित आठ बुँदे संकल्प सार्वजनिक गरेको छ । आफ्ना माग सम्बोधन नभए चरणबद्ध शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी पनि दिएको छ । पार्टी सभापति धवलशमशेर राणाले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै संवैधानिक राजसंस्था, सनातन हिन्दु अधिराज्य र प्रदेश संरचनाबारे जनमत संग्रहलगायत विषयलाई संविधान संशोधनका प्राथमिकताका रूपमा अघि सारेका… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play