देश अस्तव्यस्त अवस्थामा रहेको पूर्वराजा ज्ञानेन्द्र शाहको दाबी

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले देश अस्तव्यस्त रहेको बताएका छन् । दसैँको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले राजनीतिक, संवैधानिक, न्यायिक, आर्थिक, सामाजिक, प्रशासनिक एवं व्यवसायिक क्षेत्र अन्योल र अलमलको अवस्थामा रहेको बताएका छन् । “हाम्रो राज्य प्रणालीलाई कसरी लाने, हाम्रा प्रजातान्त्रिक आधारलाई कसरी बलियो पार्ने, हाम्रो अर्थतन्त्रलाई के गरेर उकास्ने भन्ने सवाल यतिबेला किन उत्पन्न भएको छ ?,” उनले प्रश्न गरेका छन्, “यी सबैलाई सच्याएर मिलाएर प्रजातान्त्रिक विधि प्रकृयालाई सुदृढ पार्दै विद्यमान विश्वपरिवेश र भूराजनीतिको स्थितिमा हाम्रो राष्ट्रियता तथा मौलिक मूल्यलाई दृढ पार्नु जरुरी छ ।” भोटेकोसी बाढीबाट क्षतिग्रस्त भएका भौतिक संरचनाहरूको पुनर्निर्माणका लागि बाह्य सहयोग लिँदा देशको स्वाभिमान र स्थानीय परम्परा जोगिने गरी कूटनैतिक चातुर्यता अपनाउन पनि उनले सुझाव दिएका छन् । “नेपाल केवल भूगोल मात्र होइन, यो हाम्रो साझा इतिहास, आस्था, संस्कृति, परम्परा अनि चिनारी पनि हो,” उनले शुभकामना दिँदै भनेका छन्, “देशको कठिन समयमा एक अर्कामा भाइचारा कायम राख्नु, एक क्षेत्रका नागरिकको पीडामा अर्को क्षेत्रका नागरिकले साथ दिनु र राष्ट्रिय हितलाई व्यक्तिगत स्वार्थभन्दा माथि राख्नु नै साँचो देशभक्ति हुन्छ ।”
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

‘ऋणको बोझ होइन, न्यायपूर्ण वित्त चाहिन्छ’
काठमाडौँ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषका नीतिविरुद्ध तथा ऋणमुक्तिको माग गर्दै शुक्रबार काठमाडौंको दरबारमार्गमा युवाले प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले जनताको आवश्यकता र अधिकारभन्दा धन तथा नाफालाई प्राथमिकता दिने आर्थिक... ...

लडेको बेला दिएको साथको धेरै महत्व हुन्छ : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले कठिन परिस्थितिमा प्राप्त हुने साथ र सहयोगको महत्व धेरै हुने बताएका छन् । दशैं, तिहार तथा छठ पर्वको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले सहज अवस्थामा साथ दिनेभन्दा अप्ठ्यारोमा साथ दिनेहरूको योगदान विशेष हुने बताएका हुन् । ‘सिधा हिँडिरहेको बेलामा, सजिलोको बेलामा साथ दिनेहरू धेरै हुन्छन्,’ थापाले भने, ‘लडेको बेलामा, ...

साल्ट ट्रेडिङको चिनी प्रतिकेजी १०६ रुपैयाँमा, काठमाडौंमा ११० रुपैयाँमा बिक्री हुने
काठमाडौं । बजारमा चिनीको मूल्य प्रतिकेजी १३० रुपैयाँभन्दा माथि पुगेका बेला साल्ट ट्रेडिङ कर्पोरेशनले आयात गरेको चिनी प्रतिकेजी १०६ रुपैयाँमा वीरगञ्ज र ११० रुपैयाँमा काठमाडौंमा बिक्री गर्ने गरी मूल्य स्वीकृत भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साल्ट ट्रेडिङले बिक्री गर्ने चिनीको मूल्य स्वीकृत गरेसँगै उपभोक्ताले बजार मूल्यभन्दा सस्तोमा चिनी पाउने बाटो खुलेको छ ।सरकारले गत भदौ १८ गतेको मन्त्रिपरिषद् ...

गुटभन्दा माथि उठेर काम गर्छु, सबैलाई समेट्छु : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा पराजित भएका तथा प्रतिस्पर्धामा सहभागी हुन नसकेका योग्य र सक्षम नेताहरूलाई समेटेर पार्टीलाई अघि बढाउने बताएका छन् । काठमाडौंमा शुक्रबार आयोजित नेपाल पेशाकर्मी अभियान परिषद्को कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीको केन्द्रीय कार्यसमितिलाई प्रभावकारी बनाउन यसपटक छुटेका नेताहरूको भूमिका पनि महत्वपूर्ण हुने बताए । उनले पार्टीको […] ...


