देउवा समूहले महाधिवेशनका लागि बुक गर्यो खुलामञ्च

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले १५औँ महाधिवेशन काठमाडौंको खुलामञ्चमा गर्ने भएको छ। देउवा समूहले २१ देखि २३ मंसिरसम्मका लागि तय गरेको महाधिवेशनका लागि खुलामञ्च बुक गरेको हो। देउवा समूहले गठन गरेको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव अमृत कार्कीले महाधिवेशनका लागि खुलामञ्च बुक भइसकेको जानकारी दिए। उनका अनुसार महाधिवेशनका लागि खुलामञ्चसँगै राष्ट्रियसभा गृह र भृकुटीमण्डप पनि बुक गरिएको छ। महाधिवेशनको उद्घाटन, बन्दसत्र तथा केन्द्रीय सदस्यका लागि मतदान खुलामञ्चमा गरिनेछ। त्यस्तै, राष्ट्रियसभा गृहमा पदाधिकारी चयनका लागि मतदान गरिने निर्वाचन समितिले जनाएको छ। भृकुटीमण्डप भने महाधिवेशन प्रतिनिधिहरूको खानाको व्यवस्थाका लागि बुक गरिएको कार्कीले जानकारी दिए। देउवा समूहले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरेको छ भने कात्तिक १५ गते जिल्ला अधिवेशन गर्ने कार्यतालिका तय गरेको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

महानिर्देशक र आयोजना निर्देशक पक्राउप्रति इन्जिनियर्स एसोसिएसनको आपत्ति
काठमाडौं । जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक इन्जिनियर दिनेश रजौरिया र सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक इन्जिनियर कृष्णप्रसाद रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति नेपाल इन्जिनियर्स एसोसिएसनले आपत्ति जनाएको छ। एसोसिएसनले प्रेस विज्ञप्ति जारी गर्दै गिरफ्तारीको आधिकारिक कारण र कानुनी आधार सार्वजनिक नगरी गरिएको कारबाहीप्रति गम्भीर असहमति व्यक्त गरेको हो। विज्ञप्तिमा कानुनी शासन, विधिको प्रक्रिया तथा व्यक्तिको मौलिक हकको सम्मान गर्दै कसैलाई ...

प्रधानसेनापति सिग्देलको ठहर: विपद् व्यवस्थापनमा भद्दा ‘चेन अफ कमान्ड’ बाधक
लामो ‘चेन ऑफ कमाण्ड’ का कारण तत्काल उद्धार तथा समन्वयमा प्रभावहीन बनेको बताएका छन्। ...

भारतमाथि न्युजिल्याण्डको सानदार जित
काठमाडाैं । न्युजिल्याण्डले टी-२० शृङ्खलामा भारतलाई ८७ रनले पराजित गरेको छ। इडन पार्कमा भएको खेलमा टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको भारतविरुद्ध न्युजिल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २५९ रनको विशाल योगफल तयार गरेको थियो। न्युजिल्याण्डका लागि ग्लेन फिलिप्सले उत्कृष्ट ब्याटिङ गर्दै मात्र ४९ बलमा १०७ रनको शतकीय इनिङ खेले र म्यान अफ द म्याच घोषित भए। त्यसैगरी, माइकल ब्रेसवेलले ...

अर्णव चक्रवातको प्रभाव : काठमाडौं उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित
निरन्तरको वर्षाले सडक तथा बजार क्षेत्र जलमग्न हुँदा पैदलयात्रु, सवारीसाधन चालक तथा सर्वसाधारणलाई आवतजावतमा कठिनाइ भएको छ । ...


