Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

देउवा पक्षको लुम्बिनी प्रदेश सभापतिमा सरोज थापा  सर्वसम्मत निर्वाचित

Share:WhatsAppFacebookX (Twitter)Telegram
देउवा पक्षको लुम्बिनी प्रदेश सभापतिमा सरोज थापा  सर्वसम्मत निर्वाचित
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, मंसिर ८ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको लुम्बिनी प्रदेश सभापतिमा सरोज थापा (रोज राणा) सर्वसम्मत निर्वाचित हुनुभएको छ। सोमबार सम्पन्न प्रदेश अधिवेशनको बन्दसत्रबाट थापा सर्वसम्मत रूपमा सभापतिमा निर्वाचित हुनुभएको हाे। लुम्बिनी प्रदेशका १२ जिल्लाबाट तीन हजारभन्दा बढी प्रतिनिधि तथा सहभागीको उपस्थिति रहेको अधिवेशनमा सभापति पदका लागि तीन जनाले उम्मेदवारी दिनुभएको थियो। प्युठानका सरोज थापा (रोज राणा), पाल्पाका माधव नेपाल र रुपन्देहीका डा. दामोदर भुसालले सभापति पदमा उम्मेदवारी दिनुभएको थियो। तीन जनाबीच प्रतिस्पर्धा हुने अवस्था रहे पनि नेताहरूबीच भएको छलफल र सहमतिपछि थापालाई सर्वसम्मत सभापति बनाउने निर्णय भएको हो । नवनिर्वाचित सभापति थापा यसअघि लुम्बिनी प्रदेश सरकारमा मन्त्रीसमेत रहिसक्नुभएको छ। उहाँ हाल प्रदेशसभा सदस्य हुनुहुन्छ। सभापति पदमा सहमति जुटे पनि अन्य पदाधिकारी तथा सदस्यहरूको टुङ्गो लगाउन बाँकी रहेको छ । बाँकी पदहरूमा समेत सहमति कायम गर्न नेताहरू छलफलमा जुटेका छन् । सोमबार दिउँसो सुरु भएको अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले गर्नुभएको थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
ताप्लेजुङ–तिब्बत सीमा क्षेत्रमा ५.६ म्याग्निच्युडको भूकम्प
PoliticsJust now

ताप्लेजुङ–तिब्बत सीमा क्षेत्रमा ५.६ म्याग्निच्युडको भूकम्प

काठमाडौं । ताप्लेजुङको ओलाङचुङगोला र चीनको तिब्बत सीमा क्षेत्र आसपास केन्द्रविन्दु बनाएर ५.६ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ बजेर १७ मिनेटमा भूकम्प गएको हो। भूकम्पको धक्का ताप्लेजुङसहित काेशी, मधेस तथा बागमती प्रदेशका विभिन्न जिल्लामा महसुस गरिएको थियो। भूकम्पका कारण कुनै मानवीय वा भौतिक क्षति भए–नभएकोबारे भने हालसम्म विवरण प्राप्त भएको छैन। ...

जनताटाइम्स
संसदका चार समितिको बैठक बस्दै, विभिन्न विधेयकमा छलफल हुने
PoliticsJust now

संसदका चार समितिको बैठक बस्दै, विभिन्न विधेयकमा छलफल हुने

सङ्घीय संसद् प्रतिनिधिसभाका चार समितिको बैठक आज बस्ने भएको छ । अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक मंगलबार बस्ने भएको हो । बैठकमा विभिन्न विधेयक, आयोजना तथा उजुरीमाथि छलफल हुने कार्यसूची छ । अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज ...

फरकधार
१० औँ राष्ट्रिय खेलकुद आजदेखि सुरु हुँदै, औपचारिक उद्घाटन मङ्सिर १६ गते
PoliticsJust now

१० औँ राष्ट्रिय खेलकुद आजदेखि सुरु हुँदै, औपचारिक उद्घाटन मङ्सिर १६ गते

आजदेखि १० औं राष्ट्रिय खेलकुदका खेलहरू सुरु हुँदैछन् । औपचारिक उद्घाटन मङ्सिर १६ गते हुने भए पनि खेल भने आजदेखि नै सञ्चालन हुन लागेका हुन् । दशौं राष्ट्रिय खेलकुदको प्राविधिक समितिबाट अनुमोदन भएको तालिकाअनुसार आजदेखि ६ खेलको प्रतिस्पर्धा सुरू हुनेछन् । जसमा पुरुष/महिला क्रिकेट, पुरुष फुटबल, पुरुष/महिला ह्यान्डबल, महिला बास्केटबल, टेनिस र पौडी छन् । दशौं खेलकुदका ३२ मध्ये २३ खेल सुर्खेतमा ...

फरकधार
प्रधानमन्त्रीको भारत भ्रमणबारे गोकुल बाँस्कोटाको टिप्पणी : सिमाविवाद त संसदमै बिर्को लाएर गाथे, ब्याज पाएपछि ऋण जुन साहुले पनि दिन्छ
PoliticsJust now

प्रधानमन्त्रीको भारत भ्रमणबारे गोकुल बाँस्कोटाको टिप्पणी : सिमाविवाद त संसदमै बिर्को लाएर गाथे, ब्याज पाएपछि ऋण जुन साहुले पनि दिन्छ

काठमाडौं, मंसिर ८ । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएका सहमति र सम्झौताबारे नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले प्रश्न उठाउनुभएको छ। उहाँले भ्रमणका क्रममा प्लाइउड र चिया निर्यातको विषय ओझेलमा परेको, सीमा विवादबारे ठोस उपलब्धि नदेखिएको तथा विकासका नाममा लिइने ऋणको विषयलाई पनि गम्भीरतापूर्वक विश्लेषण गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ। नेता बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत टिप्पणी गर्दै प्रधानमन्त्री शाहको भारत ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement