दुई महिनामा ४ खर्ब ३६ अर्ब ३६ करोड रेमिट्यान्स भित्रियो

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिना (साउन र भदौ) मा ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको छ । नेपाल राष्ट्र बैंकको रिपोर्टअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष रेमिट्यान्स आप्रवाह २३.९ प्रतिशतले बढेको हो । गत वर्षको पहिलो दुई महिनामा रेमिट्यान्स ३३.१ प्रतिशतले बढेको थियो । मासिक रूपमा हेर्दा पनि भदौ २०८३ मा मात्र २ खर्ब २१ अर्ब ३१ करोड रेमिट्यान्स नेपाल आएको छ । गत आर्थिक वर्षको भदौमा १ खर्ब ७४ अर्ब ६७ करोड रेमिट्यान्स भित्रिएको थियो । गत भदौसम्म अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १३.५ प्रतिशतले वृद्धि भई २ अर्ब ८५ करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह २७.६ प्रतिशतले बढेको थियो । गत वर्षको पहिलो दुई महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको छ ।तर रेमिट्यान्स आप्रवाह भने गत वर्षको भन्दा बढेको छ । पछिल्ला महिनामा रेमिट्यान्स बढ्नुलाई खाडीसँगै युरोप, जापान, कोरियालगायत देशबाट पैसा आउने क्रम बढ्नुलाई पनि लिइएको छ । चालु आर्थिक वर्षको दुई महिनामा वैदेशिक रोजगारीका लागि ७८ हजार ३ सय २० जनाले अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिएका छन् । सोही अवधिमा ५२ हजार १ सय ६३ जनाले पुनः श्रम स्वीकृति लिएको तथ्यांक छ । गत आर्थिक वर्षको दुई महिनामा ९० हजार १ सय ९८ जनाले अन्तिम श्रम स्वीकृति र ४५ हजार ८ सय ८४ जनाले पुनः श्रम स्वीकृति लिएका थिए । नेपालको विदेशी मुद्रा (विनिमय) सञ्चिति करिब साढे ४० खर्ब रुपैयाँ नाघेको छ । गत भदौसम्म विदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब ७८ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । गत असारको तुलनामा विदेशी मुद्रा सञ्चिति ४.३ प्रतिशतले बढेको हो । पछिल्ला वर्षमा विदेशी मुद्रा सञ्चितिले निरन्तर नयाँ रेकर्ड कायम गर्दै आएको छ । सोही क्रममा गत भदौमा साढे ४० खर्ब नाघेको हो । सञ्चिति बढेसँगै त्यसको उपयोगिता सम्बन्धमा पनि चर्चा चल्न थालेको छ । यसका लागि अर्थ मन्त्रालयले करिब डेढ महिनाअघि राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डितको संयोजकत्वमा विदेशी मुद्रा सञ्चिति उपयोग सम्बन्धमा सुझाव समिति गठन गरेको छ । थुप्रिँदै गरेको विदेशी मुद्रा सञ्चितिलाई कानुनी सीमाभित्र रहेर मुलुकको हितमा कसरी खर्च गर्न सकिन्छ भन्ने सम्बन्धमा समितिले सुझाव दिनेछ । राष्ट्र बैंकका अनुसार गत असारमा यस्तो सञ्चिति ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ थियो । ‘गत भदौसम्म अमेरिकी डलरमा यस्तो सञ्चिति २६ अर्ब ४८ करोड पुगेको छ । असार २०८३ मा २५ अर्ब ३१ करोड थियो,’ राष्ट्र बैंकले भनेको छ । २०८३ भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.३ प्रतिशत छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

पाकिस्तानका उसामा मिरले चितवनबाट एनपिएल खेल्ने
काठमाडौँ, असोज ३० गते । पाकिस्तानका बलर उसामा मिरले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) चितवन राइनोजबाट खेल्ने भएका छन् । चितवनले सामाजिक सञ्जालमार्फत मिरलाई टोलीमा अनुबन्... ...

नदीबाट सकुशल मानव उद्धार गर्ने दुई प्रहरीलाई योगेन्द्र स्मृति साहसिक पुरस्कार प्रदान
काठमाडौँ । नदीबाट सकुशल मानव उद्धार गर्ने दुईजना प्रहरी कर्मचारीलाई योगेन्द्र स्मृति साहसिक तथा जोखिमपूर्ण कार्य पुरस्कार प्रदान गरिएको छ । ७१ औँ प्रहरी दिवसको अवसरमा शुक्रबार गृहमन्त्री सुधन गुरुङले... ...

प्रहरी अस्पताललाई मेडिकल कलेज बनाइने, साइबर अपराध नियन्त्रणमा नयाँ संयन्त्र ल्याइँदै
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने सरकारको योजना रहेको बताएका छन् । नेपाल प्रहरीको ७१औँ स्थापना दिवस, २०८३ का अवसरमा नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने तयारी भइरहेको जानकारी दिएका हुन् । प्रधानमन्त्री शाहले प्रहरी कर्मचारी, उनीहरूका परिवार तथा सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध ...

सुन-चाँदीको मूल्य बढ्यो
काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुन तथा चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य ११५ रुपैयाँले बढेको हो। महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार १०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार १५० रुपैयाँ पुगेको छ। यसअघि बिहीबार छापावाल सुन ...


