Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

दसौँ  राष्ट्रिय खेलकुदको खेलस्थल तालिका सार्वजनिक

Share:WhatsAppFacebookX (Twitter)Telegram
दसौँ  राष्ट्रिय खेलकुदको खेलस्थल तालिका सार्वजनिक
Photo / Coverage: नेपालन्युज

कर्णाली। यही मङ्सिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश ३२ खेलको प्रतियोगितास्थल सार्वजनिक गरिएको छ। राष्ट्रिय खेलकुद परिषद्ले आज सार्वजनिक गरेको विवरणमा एथ्लेटिक्स, महिला र पुरुष क्रिकेट, ह्यान्डबल, बास्केटबल, रग्बी, सेपकताक्रो, हक्की, भलिबल, कबड्डी सुर्खेतमा सञ्चालन हुने उल्लेख छ। त्यस्तै, कराते, ब्याडमिन्टन, फुल कन्ट्याक्ट कराते, टेबुल टेनिस, उसु, तेक्वान्दो, जिम्न्याष्टिक, बक्सिङ, स्क्वास, आर्चरी, भारत्तोलन, साइक्लिङ, इस्पोर्टस् पनि सुर्खेतकै विभिन्न स्थानमा सञ्चालन हुने परिषद्का सदस्यसचिव रामचरित्र मेहत्ताले जानकारी दिए। उनका अनुसार, टेनिस, महिला तथा पुरुष खो–खो (बर्दिया), पौडी र सुटिङ (नेपालगञ्ज) हुनेछ। त्यस्तै, जुडो र कुस्ती (सल्यान), आइटिएफ तेक्वान्दो (दैलेख), महिला तथा पुरुष फुटबलको सेमी र फाइनल खेल (जुम्ला), बुद्धिचाल (कालीकोट), शारीरिक सुगठन (पश्चिम रुकुम)मा हुनेछ । सदस्यसचिव मेहत्ताका अनुसार सुर्खेतमा २२, सल्यानमा दुई, जुम्ला, कालीकोट, दैलेख र रुकुमपश्चिममा एक÷एक खेल हुनेछन्। त्यस्तै, बाँके र बर्दियामा दुई/दुई खेल सञ्चालन गरिनेछ। केही खेल यही मङ्सिर ८ गतेदेखि सुरु हुने भए पनि प्रतियोगिताको औपचारिक समुद्घाटन भने यही मङ्सिर १६ गते गरिने छ। प्रतियोगितामा ६ हजार खेलाडी र तीन हजार अफिसियल्स गरी करिब नौ हजारको सहभागिता रहने आयोजकले जनाएको छ। कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रवीन्द्र चन्दले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताए। उनका अनुसार प्रतियोगितालाई व्यवस्थित र प्रभावकारी तुल्याउन आयोजक मूल समारोह समितिसहित विभिन्न १४ वटा समिति गठन गरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अमेरिकी डलर र साढे ९ लाख नगदसहित २४ जना जुवाडे मैपीबाट पक्राउ
Latest NewsJust now

अमेरिकी डलर र साढे ९ लाख नगदसहित २४ जना जुवाडे मैपीबाट पक्राउ

काठमाडौं । काठमाडौंको मैपीस्थित एक घरमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले २४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भद्रकालीबाट खटिएको प्रहरी टोलीले हारजित हुनेगरी कौडा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा निरज निरौला, वसन्त अधिकारी, सुजन श्रेष्ठ, नारायण श्रेष्ठ, राजेश केसी, विनोद घिमिरे, रामकृष्ण कार्की, जलेश पाण्डे, दिनेश भट्टराई, प्रदीप कँडेल, माधव विष्ट, शालिग्राम वाग्ले, जयराम पाण्डे, शिव ...

कर्पोरट खबर
ड्रोन आक्रमणपछि बाल्टिक सागरमा रुसी मालवाहक जहाजमा आगलागी, चालक दलको उद्धार
Latest NewsJust now

ड्रोन आक्रमणपछि बाल्टिक सागरमा रुसी मालवाहक जहाजमा आगलागी, चालक दलको उद्धार

फिनल्यान्ड । बाल्टिक सागरमा रुसी सैन्य सम्बन्ध रहेको मालवाहक जहाज स्पार्टा ड्रोन आक्रमणमा क्षतिग्रस्त भएपछि आगलागी भएको छ। जहाजमा रहेका १६ जना चालक दलका सदस्यलाई उद्धार गरी सुरक्षित स्थानमा लगिएको... ...

रातोपाटी
हिमालको चुचुरोबाट पर्यटन प्रवर्द्धनको सन्देश
Latest NewsJust now

हिमालको चुचुरोबाट पर्यटन प्रवर्द्धनको सन्देश

यामराज बिष्टदैलेख, मङ्सिर ६ गते । दैलेख जिल्लाका पर्यटनको विकास र प्रवर्द्धन गर्नका लागि पहिचान बोकेको ब्यानर ६ हजार ३८ मिटर अग्लो हिमालको चुचुरोमा पुर्‍याइएको छ । पर्यटनको विकास र... ...

गोरखापत्र
३५ दिने अल्टिमेटम सकिँदै, वैदेशिक रोजगार ठगीका फरार आरोपितको बैंक खाता रोक्का गरिने
Latest NewsJust now

३५ दिने अल्टिमेटम सकिँदै, वैदेशिक रोजगार ठगीका फरार आरोपितको बैंक खाता रोक्का गरिने

वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी हुँदासमेत फरार रहेका व्यक्तिहरूको बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढ्ने भएको छ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले यससम्बन्धी जानकारी दिए ।  वैदेशिक रोजगार विभागले ठगीसम्बन्धी मुद्दामा संलग्न भई फरार रहेका व्यक्तिहरूलाई ३५ दिनभित्र विभाग वा नेपाल प्रहरीको सम्पर्कमा आउन सार्वजनिक सूचनामार्फत आग्रह गरेको थियो । विभागले यहि कात्तिक ९ गते सूचना ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play