दसैँमा मौसमले कस्तो साथ देला ? यस्तो छ तीन दिनको पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन दिन देशका केही हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली भई मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। विभागले जारी गरेको पछिल्लो मौसम पूर्वानुमान अनुसार आज (२०८३ कात्तिक २ गते, सोमबार) दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। देशका हिमाली भू-भागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। आज राति पनि कोशी र गण्डकी प्रदेशको हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। यसैगरी, भोलि (कात्तिक ३ गते, मङ्गलबार) पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। देशका तराई भू-भागमा भने मौसम मुख्यतया सफा रहने भए पनि बिहानपख केही स्थानमा हुस्सु र कुहिरो लाग्ने पूर्वानुमान गरिएको छ। पर्सि (कात्तिक ४ गते, बुधबार) पनि हिमाली र पहाडी भू-भागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा देशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा तथा हिमपात हुनसक्नेछ। तराईका धेरैजसो भू-भागमा दिउँसो मौसम सफा रहे पनि बिहानको समयमा कुहिरो र हुस्सुका कारण भिजिबिलिटीमा कमी आउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

ओमानविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल, टोलीमा एक परिवर्तन
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले ओमानविरुद्ध पहिले ब्याटिङ गर्दै छ । ओमान क्रिकेट एकेडेमीमा कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् । नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ । अर्जुन कुमालको स्थानमा देव खनाल टोलीमा आएका छन्। अंकतालिकामा शीर्ष ६ मा अटाउनका लागि नेपाललाई यो खेल जित्नैपर्ने ...

अर्घाखाँचीमा यात्रुकाे चाप धान्न देउरालीले थप्यो ७ नयाँ बस
दसैं मनाउन राजधानीबाट घर फर्कने यात्रुको सहजताका लागि सन्धिखर्क–काठमाडौँ रुटमा तीनवटा र सन्धिखर्क–दिल्ली रुटमा चारवटा बस थपिएको हो । ...
![दशैँमा स्वास्थ्यमा ध्यान दिन जोड [भिडियो]](https://hamrakura.com/uploads/news/images/subarna-poudel-02-07.jpg)
दशैँमा स्वास्थ्यमा ध्यान दिन जोड [भिडियो]
आयुर्वेद चिकित्सक डा.सुवर्ण पौडेलले आग्रह गरेका छन्। ...

नेपाल, भुटान र भारतका याकपालकको क्षेत्रीय सञ्जाल स्थापना हुँदै
काठमाडौं । नेपाल, भुटान र भारतका याक तथा चौँरीपालक कृषकलाई एकै मञ्चमा जोड्ने उद्देश्यले हिमालय याक कृषक सञ्जाल स्थापना हुने भएको छ। भुटानमा आयोजना हुने नवौँ रोयल हाइल्यान्ड महोत्सवका अवसरमा सञ्जाल औपचारिक रूपमा सुरु गरिनेछ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का अनुसार याकपालक समुदायमा मात्र केन्द्रित यो पहिलो क्षेत्रीय मञ्च हुनेछ। जलवायु परिवर्तन, चरन क्षेत्रको क्षयीकरण र युवाको बसाइँसराइजस्ता चुनौती बढिरहेका ...


