Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

दशौं राष्ट्रिय खेलकुद : उद्घाटन खेलमा विभागीय टिम आर्मी विजयी

Share:WhatsAppFacebookX (Twitter)Telegram
दशौं राष्ट्रिय खेलकुद : उद्घाटन खेलमा विभागीय टिम आर्मी विजयी
Photo / Coverage: हिमालय टाइम्स

सुर्खेत । दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंगलबारदेखि सुरु भएका छन् । औपचारिक उद्घाटन मंसिर १६ गते हुने भए पनि केही खेलहरू भने मंगलबारदेखि नै सुरु भएका हुन् । मंगलबारदेखि पाँच खेलको प्रतिस्पर्धा सुरु भएको हो । जसमा महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडी खेल छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सार्वजनिक गरेको खेल तालिकाअनुसार कुल ३२ खेलमध्ये अधिकांश अर्थात् २३ वटा खेल सुर्खेतमै केन्द्रित हुनेछन् । बाँकी नौ खेलमध्ये कर्णाली प्रदेशका सल्यान, दैलेख, कालीकोट, जुम्ला र पश्चिमरुकुम तथा छिमेकी लुम्बिनी प्रदेशको नेपालगञ्ज र बर्दियामा हुने भएको छ । दशौं राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभागीय टोली र एनआरएनए गरी ११ टिम सहभागी हुने यस प्रतियोगितामा ३८४ इभेन्ट्समा कुल एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ । यस संस्करणदेखि रजत र कांस्य पदक विजेतालाई समेत पहिलोपटक नगद पुरस्कारको व्यवस्था गरिएको छ । आगामी मंसिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा प्रतियोगिताको औपचारिक उद्घाटन र मंसिर २७ गते समापन हुने तय भएको छ । कोशी प्रदेश ६ विकेटले पराजितदशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ । वीरेन्द्रनगरस्थित क्रिकेट मैदानमा भएको खेलमा आर्मीले कोशी प्रदेशलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो । टस जितेर पहिले फिल्डिङ रोजेको आर्मीले कोशी प्रदेशलाई ६५ रनमै समेटेको थियो । कोशीले निर्धारित इनिङ्स पूरा गर्नुअघि नै सबै विकेट गुमाएको थियो । कोशीका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३६ रन बनाउनुभयो । ३६ बलको सामना गर्नुभएकी उहाँले एक छक्का र पाँच चौका प्रहार गर्नुभयो । रुविना महलाले पाँच तथा सिर्जनाकुमारी राजवंशीले चार रन बनाउनुबाहेक अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् । कोशीलाई सस्तैमा समेट्नेक्रममा आर्मीकी यमुना थारुले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिनुभयो । चार ओभर बलिङ गर्नुभएकी उहाँले दुई ओभर मेडन राख्दै ६ रनमात्र खर्चिनुभयो । मनिषा उपाध्यायले दुई तथा कविता कुँवर, ईश्वरी विष्ट, लक्ष्मी साउद र संगीता गुरुङले एक-एक विकेट लिनुभयो । ६६ रनको सामान्य लक्ष्य पछ्याएको आर्मीले १३.१ ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । आर्मीका लागि ओपनर विन्दु रावलले सर्वाधिक २१ रन बनाउनुभयो । २८ बल खेल्नुभएकी उहाँले तीन चौका प्रहार गर्नुभयो । त्यस्तै रुवी पोद्दारले १८, कविता कुँवरले अविजित १२ र अञ्जली विश्वकर्माले सात रनको योगदान दिनुभयो । कोशीकी कप्तान रुविना क्षेत्रीले तीन तथा एलिशा खादियाले एक विकेट लिनुभयो । उत्कृष्ट बलिङ प्रदर्शन गर्नुभएकी आर्मीकी यमुना थारु खेलको प्लेयर अफ द म्याच घोषित हुनुभयो । महिला क्रिकेटको उद्घाटन खेलमा जित निकाल्दै आर्मीले दशौं राष्ट्रिय खेलकुदमा आफ्नो उपाधि यात्राको सुरुवात गरेको छ । नेपाल पुलिस क्लबको विजयी सुरुवातदशौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ । सुर्खेत रंगशालमा मंगलबार भएको समूह ‘ए’ को पहिलो खेलमा पुलिसले घरेलु टोली कर्णाली प्रदेशाई दुई-सुन्यले पराजित गरेको हो । पुलिसका लागि धिरेन्दर शाहले ३६औं मिनेटमा गोल गर्दे अग्रता दिलाउनुभएको थियो । सुजन मगरले ४६औं मिनेटमा अर्को गोल गर्नुभयो । पहिलो जितपछि पुलिसले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । पुलिसले अब समूह ‘ए’ को दोस्रो खेल मंसिर १२ गते गण्डकी प्रदेशसँग खेल्नेछ । त्यसअघि कर्णाली र गण्डकीबीच मंसिर १० गते खेल हुनेछ । पुरुष फुटबलमा सहभागी १० टोलीलाई तीन समूहमा विधाजन गरिएको छ । समूह ‘ए’ र ‘बि’ मा समान तीन तथा समूह ‘सि’ मा चार टोली छन् । समूह ‘ए’ र ‘बि’ को समूह विजेता तथा समूह ‘सि’ बाट समूह विजेता र समूह उपविजेता सेमिफाइनल प्रवेश गर्नेछन् । महिला बास्केटबलतर्फ एपिएफ, सुदूरपश्चिम, आर्मी र बागमतीको विजयी सुरुआतदशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत मंगलबार सुरु भएको महिला बास्केटबलतर्फका चार खेलमा एपिएफ, सुदूरपश्चिम, त्रिभुवन आर्मी र बागमतीले विजयी सुरुवात गरेका छन् । फुल-कोर्ट (५-५) महिला बास्केटबलतर्फ सशस्त्र प्रहरीको एपिएफ क्लबले नेपाल पुलिस क्लबलाई ५२-१० को फराकिलो अन्तरमा पराजित गरेको छ । यस्तै, पहिलो चरणको फुल-कोर्ट (५-५) महिला बास्केटबलतर्फ सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशबीच खेल भएको थियो । उक्त खेलमा सुदूरपश्चिमले बागमती प्रदेशलाई ३६-३३ को अन्तरले पराजित गर्‍यो । यस्तै, मंगलबार नै भएको थ्री-अन-थ्री (३-३) विधाको पहिलो चरणको खेलमा त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच प्रतिस्पर्धा भएको छ । सो खेलमा आर्मीले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई १७-१२ को अन्तरले पराजित गरेको छ । थ्री-अन-थ्री (३-३) विधाको अर्को खेल बागमती प्रदेश र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा बागमती प्रदेशले कर्णाली प्रदेशलाई ९-६ को अन्तरले पराजित गरेको छ । मंगलबार पहिलो दिन चार वटा खेल सम्पन्न भएको राष्ट्रिय बास्केट बलका सिनियर रेफ्री राजेश महर्जनले जानकारी दिनुभयो । पौडीमा विकासले राष्ट्रिय कीर्तिमान बनाउँदै जिते स्वर्णकोशी प्रदेशका विकास कुमालले दशौँ राष्ट्रिय खेलकुद अन्तर्गत पौडीमा मंगलबार नयाँ राष्ट्रिय कीर्तिमान बनाउँदै स्वर्ण जित्नुभएको छ । उहाँले ५० मिटर ब्रेस्ट स्ट्रोकमा ३०.६४ सेकेण्डको समय निकाल्दै स्वर्ण जित्नुभयो । सन् २०२३ मा ११औं एनएसए कपमा राखेको आफ्नै कीर्तिमान सुधार गर्नुभएको हो । यस इभेन्टमा त्रिभुवन आर्मीका जाडेन श्रेष्ठले रजत र नेपाल पुलिस क्लबका एर्भिन श्रेष्ठले कांस्य जित्नुभयो । जाडेनले ३१.११ सेकेण्ड र एर्भिन ३३.५० सेकेण्ड समयमा दूरी पूरा गर्नुभयो । मिडिया सेन्टरको उद्घाटनदशौं राष्ट्रिय खेलकुदलाई लक्षित गरी प्रचारप्रसार उपसमितिले कर्णाली प्रदेश रंगशालामा मिडिया सेन्टर स्थापना गरेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेलले मिडिया सेन्टरको मंगलबार औपचारिक उद्घाटन गर्नुभएको हो । दशौं राष्ट्रिय खेलकुदका लागि खटिने सञ्चारकर्मीको सहजताका लागि मिडिया सेन्टर स्थापना गरिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) की सदस्य एवं प्रचारप्रसार उपसमितिकी संयोजक मोनालिसा खम्बूले बताउनुभयो । मिडिया सेन्टरमा टेबल, कुर्सी, इन्टरनेटलगायतको सुविधा छ । सचिव पौडेलले मिडिया सेन्टरको अवलोकन गर्दै दशौं राष्ट्रिय खेलकुदको हरेक सूचना प्राप्त गर्न मिडिया सेन्टरले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
मीना दिदी पुरस्कार तथा सम्मान हस्तान्तरण
Latest NewsJust now

मीना दिदी पुरस्कार तथा सम्मान हस्तान्तरण

काठमाडौं । शिक्षा सेवामा उल्लेख्य भूमिका निर्वाह गर्ने मीना दिदीको नाममा उहाँका सन्ततिहरूले स्थापना गरेको पुरस्कार मंगलबार एक समारोहबीच हस्तान्तरण गरियो । उमानाथ पोखरेलको सभापतित्वमा आयोजना भएको उक्त कार्यक्रममा अनुजा अधिकारी आचार्य तथा सुमन विश्वकर्मा पुरस्कृत हुनुभएको थियो । विशेषगरी शिक्षा क्षेत्रमा उल्लेख्य काम गर्ने व्यक्तिलाई प्रदान गर्ने उद्देश्यका साथ आरती कार्की संरक्षक र नीलम कार्की निहारिका संस्थापक भई स्थापना भएको ...

हिमालय टाइम्स
क्यानद्वारा क्रिकेट प्रतियोगिताको टिकट बिक्री अधिकारका लागि बोलपत्र आह्वान
Latest NewsJust now

क्यानद्वारा क्रिकेट प्रतियोगिताको टिकट बिक्री अधिकारका लागि बोलपत्र आह्वान

काठमाडौं । क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले आगामी दुई वर्षका लागि नेपाल प्रिमियर लिग (एनपिएल) बाहेकका विभिन्न क्रिकेट प्रतियोगिता तथा कार्यक्रमहरूको विशेष टिकट बिक्री अधिकार प्रदान गर्न शिलबन्दी बोलपत्र आह्वान गरेको छ । क्यानले राष्ट्रिय प्रतिस्पर्धी बोलपत्र प्रक्रियामार्फत् योग्य तथा इच्छुक बोलपत्रदाताबाट प्रस्ताव माग गरेको हो । बोलपत्र प्रक्रिया ‘सिंगल स्टेज सिंगल इनभेलप’ विधिबाट अघि बढाइने क्यानले जनाएको छ । बोलपत्रसम्बन्धी ...

हिमालय टाइम्स
बुद्धिचाल छनोटमा कमल र ग्लोसी पहिलो
Latest NewsJust now

बुद्धिचाल छनोटमा कमल र ग्लोसी पहिलो

ललितपुर । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशस्तरीय बुद्धिचाल खेलाडी छनोट प्रतिस्पर्धाको क्लासिकल विधामा पुरुषतर्फ ललितपुरका कमल श्रेष्ठ र महिलातर्फ रामेछापकी ग्लोसी श्रेष्ठ पहिलो हुनुभएको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा सञ्चालन भएको छनोट प्रतियोगितामा सात चरणको खेलपछि खेलाडीले प्राप्त गरेको अंक र टाइब्रेकका आधारमा अन्तिम वरीयता निर्धारण गरिएको हो । पुरुषतर्फ कमलले सात खेलबाट ६ अंक जोड्दै ...

हिमालय टाइम्स
फिफाको निलम्बन खुल्नेमा एन्फा आशावादी, ‘सबै विकल्पमा लचिलो छौं’
Latest NewsJust now

फिफाको निलम्बन खुल्नेमा एन्फा आशावादी, ‘सबै विकल्पमा लचिलो छौं’

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले नेपाली फुटबलको विद्यमान विवाद समाधानका लागि एन्फा सबै विकल्पमा लचिलो हुन तयार रहेको बताउनुभएको छ । उहाँले विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) को आगामी निर्देशनअनुसार अघि बढ्ने स्पष्ट पार्दै एन्फामाथिको अन्तर्राष्ट्रिय निलम्बन पनि चाँडै हट्ने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एन्फामाथि ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement