दशैंमा चम्कियो जमराको व्यापार

घटस्थापनाको दिनमा घर घरमा राखिने जमरा सडक पेटीमा पनि किन्न पाइन्छ भन्दा अचम्म नमान्दा हुन्छ । काठमाडौं उपत्यकाका सडक पेटी वा फुटपातका फुल पसलहरुमा जमरा सहजै खरिद गर्न पाइन्छ । विभिन्न कारणले घरमा जमरा राख्न नपाउनेले र राख्न नमिल्नेहरूले किनेर नै दशैं टार्ने गरेका छन् । वडादशैं अन्तर्गत विजय दशमीको दिन नवदुर्गा भवानीको प्रसादको रूपमा सिरमा लगाइने जमरा मौसमी व्यापारको राम्रो माध्यम बनिरहेको छ । ललितपुरको इमाडोलस्थित कृष्ण मन्दिर क्षेत्रमा पनि जमराको व्यापार भइरहेको यस्तै दृश्य देखिएको छ। जमरा व्यवसाय गर्दै आएकी सोना साहले यो व्यवसाय निकै नाफामूलक रहेको बताइन्। छोटो समयमा राम्रो आम्दानी गर्न सकिने सोचका साथ आफूले गत वर्षदेखि जमराको व्यापार सुरु गरेको उनले बताइन्। उनका अनुसार गत वर्षको तुलनामा यस वर्ष ग्राहकको संख्या र आम्दानी दुवै बढेको छ। उनले एकै दिनमा १० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको बताइन्। घरमा रोपिएको जमरा पूजापाठपछि काटेर दशैंको टीकासँगै लगाउने परम्परा रहे पनि पछिल्लो समय दशैंको टीका लगाउनुअघि नै सडक र बजारमा बिक्रीका लागि राखिएको देखिन्छ। पछिल्लो समय काठमाडौको जमल, इन्द्रचोक, असन साथै ललितपुरको मंगलबजार, कृष्णमन्दिर, लगनखेललगायतका क्षेत्रमा जमराको व्यापार भइरहेको देखिन्छ । सानो साना मुठा पारिएको, टपरी, माटाका भाडा वा विभिन्न प्लाष्टिकका बट्टामा उमारिएको जमरा ४० रुपैंयाँ मुठादेखि ३५०–५०० रुपैंयाँसम्म विक्री भइरहेको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

बेलायतबाट दर्शकको माया बटुलेर सिक्किम फर्किइन् नायिका श्यामा श्री शेर्पा
लन्डन । ‘तारा–द लस्ट स्टार’ को बेलायत प्रिमियर सकेर नायिका श्यामा श्री शेर्पा सिक्किम फर्किएकी छन् । ‘तारा–द लस्ट स्टार’ की नायिका तथा निर्मात्री श्यामाले गत १८ अक्टोबर, आइतबार अल्डरसटस्थित एम्पायर ब्याङ्क्वेटिङ हलमा आयोजित प्रिमियर शोमा दर्शकको उल्लेख्य माया पाइन् । सन् २०२४ मा कान्स चलचित्र महोत्सवको ‘मार्शे दु फिल्म’ मा समेत प्रस्तुत उक्त चलचित्रले… ...

‘रामायण’मा यशको रौद्र रूप, शिव ताण्डव गीतमा यस्तो देखिए
बलिउडको बहुप्रतीक्षित फिल्म ‘रामायण’बाट अभिनेता यशको ‘रावण ताण्डव’ गीत सार्वजनिक भएको छ । दशैंको अवसर पारेर सार्वजनिक गरिएको गीतमा यशले रावणको रौद्र रूप र भगवान् शिवप्रतिको भक्तिलाई सशक्त रूपमा प्रस्तुत गरेका छन् । त्रिशूल र डमरु बोकेर ताण्डव गरिरहेको उनको अवतारले दर्शकको ध्यान खिचेको छ । नितेश तिवारीको निर्देशनमा बनेको ‘रामायण’को कलाकार छनोट, भीएफएक्स र… ...

फेसबुकमा दसैंको शुभकामना दिंदै प्रधानमन्त्री बालेनले भने- भ्रष्टाचार हटाउन एकजुट हुनुपर्छ
४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति हटाउन सबै एकजुट हुनुपर्ने बताएका छन् । विजयादशमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री बालेनले हरेक नागरिकलाई ‘हाम्रा लागि सरकार छ’ भन्ने महसुस गराउन आवश्यक रहेको बताएका हुन् । ‘आजको दिनमा आसुरी प्रवृत्तिको रूपमा रहेको भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता… ...

विजया दशमीले सद्भाव बढाउने राष्ट्रपति पौडेलको विश्वास
४ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी पर्वले पारिवारिक आत्मीयता, आपसी सद्भाव, एकता र सामाजिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्। विजया दशमी, २०८३ का अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सु-स्वास्थ्य र समृद्धिको कामना गरेका छन्। उनले… ...


