दशैंमा चम्किएको जमराको व्यापार

काठमाडौं । घटस्थापनाको दिनमा घर घरमा राखिने जमरा सडक पेटीमा पनि किन्न पाइन्छ भन्दा अचम्म नमान्दा हुन्छ । काठमाडौं उपत्यकाका सडक पेटी वा फुटपातका फुल पसलहरुमा जमरा सहजै खरिद गर्न पाइन्छ । विभिन्न कारणले घरमा जमरा राख्न नपाउनेले र राख्न नमिल्नेहरूले किनेर नै दशैं टार्ने गरेका छन् । वडादशैं अन्तर्गत विजय दशमीको दिन नवदुर्गा भवानीको प्रसादको रूपमा सिरमा लगाइने जमरा मौसमी व्यापारको राम्रो माध्यम बनिरहेको छ । ललितपुरको इमाडोलस्थित कृष्ण मन्दिर क्षेत्रमा पनि जमराको व्यापार भइरहेको यस्तै दृश्य देखिएको छ। जमरा व्यवसाय गर्दै आएकी सोना साहले यो व्यवसाय निकै नाफामूलक रहेको बताइन्। छोटो समयमा राम्रो आम्दानी गर्न सकिने सोचका साथ आफूले गत वर्षदेखि जमराको व्यापार सुरु गरेको उनले बताइन्। उनका अनुसार गत वर्षको तुलनामा यस वर्ष ग्राहकको संख्या र आम्दानी दुवै बढेको छ। उनले एकै दिनमा १० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको बताइन्। घरमा रोपिएको जमरा पूजापाठपछि काटेर दशैंको टीकासँगै लगाउने परम्परा रहे पनि पछिल्लो समय दशैंको टीका लगाउनुअघि नै सडक र बजारमा बिक्रीका लागि राखिएको देखिन्छ। पछिल्लो समय काठमाडौको जमल, इन्द्रचोक, असन साथै ललितपुरको मंगलबजार, कृष्णमन्दिर, लगनखेललगायतका क्षेत्रमा जमराको व्यापार भइरहेको देखिन्छ । सानो साना मुठा पारिएको, टपरी, माटाका भाडा वा विभिन्न प्लाष्टिकका बट्टामा उमारिएको जमरा ४० रुपैंयाँ मुठादेखि ३५०–५०० रुपैंयाँसम्म विक्री भइरहेको छ ।
Read Complete Original Article
Published originally on अनलाइनपाना
Related News

सभापति थापाको दसैं शुभकामना : आफ्नो खुसी बाँड्न सकौं, एकअर्काको सहारा बन्न सकौं
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस् भनी शुभकामना व्यक्त गरेका छन् । ...

मध्यस्थता प्रयासबीच इरानी राष्ट्रपतिले आसिम मुनीरसँग भने, ‘अमेरिकाले धम्की र प्रतिबन्धको नीति त्यागोस्’
तेहरान- इरानका राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकाले दबाब, धम्की र प्रतिबन्धको नीति नत्यागेसम्म वार्ताबाट समाधान ननिस्किने बताएका छन्। मंगलबार इरानी राष्ट्रपति पेजेस्कियान र पाकिस्तानका सेना प्रमुख फिल्ड मार्सल आसिम मुनीरबीच भएको भेटवार्तामा उनले यस्तो धारणा राखेका हुन्। इरान सरकारका अनुसार पेजेस्कियानले होर्मुज जलडमरूमध्यमा उत्पन्न अवरोधसहित क्षेत्रीय तनाव बढ्नुमा अमेरिकाको युद्ध भड्काउने नीतिको भूमिका रहेको बताएका थिए। […] ...

बडादसैंले समाजलाई अझ सुदृढ एकताको सूत्रमा बाँध्न सकोस् : सभापति लामिछाने
रास्वपा सभापति रवि लामिछानेले नवदुर्गा भवानीले सबैलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनताको हितमा समर्पित हुने शक्ति, सद्बुद्धि र सङ्कटसँग जुध्ने साहस प्रदान गरून् भन्ने कामना ग गरेका छन् । ...

ट्रम्पले भने– भारतसँगको व्यापार सम्झौता निकै नजिक
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र अमेरिकाबीचको व्यापार सम्झौता अन्तिम रूप दिने चरणमा पुगेको बताएका छन् । मङ्गलबार ह्वाइट हाउसको ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले दुवै देश सम्झौता गर्न इच्छुक रहेको बताए। भारत–अमेरिका व्यापार सम्झौतासम्बन्धी प्रश्नमा उनले भने, ‘भारत सम्झौता गर्न चाहन्छ । हामी पनि सम्झौता गर्नेछौँ । हामी सम्झौताको निकै नजिक छौँ ।’ ट्रम्पले दुई देशबीच हुने सम्झौता यसअघि ...


