Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Others/दशैंमा खसीबजार : किसानले पाएका छैनन् मूल्य, उपभोक्ता प्रतिकिलो २ हजारमा किन्दै

दशैंमा खसीबजार : किसानले पाएका छैनन् मूल्य, उपभोक्ता प्रतिकिलो २ हजारमा किन्दै

10/18/2026, 5:07:44 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
दशैंमा खसीबजार : किसानले पाएका छैनन् मूल्य, उपभोक्ता प्रतिकिलो २ हजारमा किन्दै

यस वर्षको दशैँमा काठमाडौं उपत्यकामा खसीको मासुको मूल्य गत वर्षको तुलनामा उल्लेख्य रूपमा बढेको छ । गत वर्ष दशैँमा प्रतिकिलो १ हजार ३०० देखि १ हजार ४०० रुपैयाँमा बिक्री भएको खसीको मासुको मूल्य यस वर्ष बढेर १ हजार ७०० देखि १ हजार ८५० रुपैयाँसम्म पुगेको छ । दशैँमा मासुको खपत बढेसँगै मूल्य वृद्धि भए पनि खसीबोका बिक्री गर्ने किसानले भने सोचेअनुसारको मूल्य पाउन नसकेको गुनासो गरेका छन् । उपभोक्ताले चर्को मूल्य तिर्नुपरेको अवस्थामा किसानले पनि उचित मूल्य नपाउँदा बजारको मूल्य शृङ्खलामा असन्तुष्टि देखिएको हो । खसी व्यापारीहरूले आपूर्ति घट्नु, ढुवानी तथा दानाको लागत बढ्नु र बाढीपहिरोका कारण ग्रामीण क्षेत्रबाट खसीबोका काठमाडौं ल्याउन कठिन हुनु मूल्यवृद्धिको प्रमुख कारण रहेको बताएका छन् । साथै, भारतीय खसीबोका पर्याप्त मात्रामा नभित्रिएकाले पनि बजारमा मूल्य बढेको हुन सक्ने उपभोक्ताको बुझाइ छ । काभ्रेबाट खसीबोका बिक्री गर्न काठमाडौं आएका किसान बैनसिंह मोक्तानले खसी बिक्री गर्न समस्या नभए पनि अपेक्षाअनुसारको मूल्य पाउन नसकेको बताएका छन् । मोक्तानले यस वर्ष २५० वटा खसी बिक्रीका लागि ल्याएकोमा २१० वटा बिक्री गरिसकेका छन् । अब ४० वटा मात्रै बाँकी रहेको र ती पनि छिट्टै बिक्री हुने उनको भनाइ छ । उनका अनुसार खसीको आकार र तौलअनुसार प्रतिकिलो ७०० देखि ९०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । साना खसी एउटा परिवारले किन्ने गरे पनि ठूला खसी दुईदेखि तीन परिवार मिलेर खरिद गर्ने गरेका छन् । ‘मैले यो पाली २५० वटा खसी ल्याएको थिएँ । बिक्री गरिरहेको छु । अब ४० वटा बाँकी छ । २–३ बजेसम्म यो सबै सकिन्छ,’ उनले भने, ‘तर पोहोरको तुलनामा यो वर्ष खसीको मासुको भाउ महँगो नै छ । सबैभन्दा सस्तोको प्रतिकिलो ७५० रुपैयाँमा आउँछ, त्योभन्दा मुनि आउँदैन ।’ मोक्तानले बाढीका कारण नाका बन्द हुनु र पश्चिम एसियाको द्वन्द्वले पनि मूल्यवृद्धिमा प्रभाव पारेको हुन सक्ने बताए । खसीबोका बिक्री हुने मूल्य र मासु पसलमा उपभोक्ताले तिर्नुपर्ने मूल्यबीच ठूलो अन्तर देखिएको छ । जिउँदो खसी प्रतिकिलो ९०० देखि १ हजार रुपैयाँसम्ममा खरिद गर्नुपरेको र तयारी मासुका लागि प्रतिकिलो १ हजार ८०० देखि २ हजार रुपैयाँसम्म तिर्नुपर्ने अवस्था रहेको उपभोक्ताहरू बताउँछन् । मासु उपभोक्ता अमृत तिवारीका अनुसार यस वर्ष खसीको मासुको मूल्य बढ्नुमा भारतीय खसीबोका पर्याप्त मात्रामा नआउनु पनि एउटा कारण हुन सक्छ । ‘यो वर्ष खसीको मासु अलिकति महँगो छ । यसपटक भारतीय खसी नभित्रिएको कारणले पनि खसीको मासु महँगिएको हुन सक्छ,’ उनले भने, ‘हामीले जिउँदो खसी प्रतिकिलो ९०० रुपैयाँमा किनिरहेका छौँ । तयारी मासुको लागि २ हजार रुपैयाँसम्म हाल्नुपर्ने अवस्था छ ।’ दशैँ नेपालको सबैभन्दा बढी मासु खपत हुने पर्व हो । यही समयमा काठमाडौं उपत्यकामा खसीबोकाको माग उच्च हुने भएकाले बजारमा मूल्यसमेत बढ्ने गरेको छ । यस वर्ष दशैँका दुई सातामा काठमाडौं उपत्यकामा मात्रै तीन अर्ब रुपैयाँभन्दा बढी मूल्यका जिउँदा खसीबोका बिक्री हुने अनुमान गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते
OthersJust now

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित सात जना घाइते भएका छन् । आज दिउँसो विष्णुनगरबाट कावासोतीतर्फ आउँदै गरेको ग प्र ०४–००१ ह ०७०२ नम्बरको अटो अनियन्त्रित भई सडकको बायाँतर्फको नहरमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार दुर्घटनामा ...

पर्दाफास
म फिल्म बनाउने सोचले फर्किएकी हुँ : विपना थापा
OthersJust now

म फिल्म बनाउने सोचले फर्किएकी हुँ : विपना थापा

पछिल्लो दुई वर्ष यता विपना थापाको अभिनयमा सक्रियता बढेको छ । ‘वरमाला’ मा अभिनय गरेपछि आफ्नो श्रीमानसँग भारत पुगेकी अभिनेत्री थापाले केही समय पारिवारिक गृहस्थी जीवनमै आफूलाई समर्पित गरिन् । करिब एक सय भन्दा बढी फिल्ममा देखिएकी थापा नेपालको सर्वाधिक व्यस्त अभिनेत्रीको रुपमा परिचित थिइन् । यद्यपि, डिजिटल प्रविधिको प्रवेशसँगै नेपाली फिल्मको कथ्य शैलीमा आएको परिवर्तनसँगै बदलिँदो अवस्थालाई मध्यनजर गर्दै उनले ...

पर्दाफास
सुनसरीमा ९०० किलो गाँजासहित ४ जना पक्राउ
OthersJust now

सुनसरीमा ९०० किलो गाँजासहित ४ जना पक्राउ

१ असोज, सुनसरी । प्रहरीले सुनसरीको इनरुवा नगरपालिका-४ ज्ञानोदय टोलबाट आइतबार दिउँसो साढे १ बजे ९१५ किलो ६८० ग्राम गाँजासहित चार जनालाई पक्राउ गरेको छ । इनरुवाको हनुमान मन्दिर नजिकैका स्थानीय बुलबुल यादवको घरमा गाँजा बिक्री वितरण भइरहेको सूचना पाएपछि प्रहरीले घरको खानतलासी गर्दा गाँजा बरामद भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका सहायक सूचना… ...

अनलाइन खबर
लुम्बिनी विकास कोषकी नवनियुक्त उपाध्यक्ष आनी छोइङको नियुक्ति बदर गर्न माग
OthersJust now

लुम्बिनी विकास कोषकी नवनियुक्त उपाध्यक्ष आनी छोइङको नियुक्ति बदर गर्न माग

वित्तीय पारदर्शिता र नागरिकताको वैधानिकतामाथि प्रश्न उठाउँदै स्थानीय योग्य व्यक्तिलाई नियुक्त गर्न लुम्बिनी बचाउ महाअभियानले सरकारसंग माग गर्दै माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिएको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play