दशैँमा काठमाडौं भित्रिएका ८ हजारभन्दा बढी पशुको स्वास्थ्य परीक्षण, स्वस्थ कसरी चिन्ने ?

काठमाडौं । दशैँका लागि काठमाडौं भित्रिएका पशुको स्वास्थ्य परीक्षण भइरहेको छ । पशु सेवा विभागले विभिन्न जिल्लाबाट उपत्यका भित्रिएका खसी–बोका, च्याङ्ग्रा, राँगालगायत मासुजन्य ६ हजार ८ सय पशुको स्वास्थ्य परीक्षण गरिएको जनाएको छ । परीक्षणपछि स्वस्थ ठहर भएका खसी–बोका, भेडा, च्याङ्ग्रा र राँगाको सिङमा हरियो रङ लगाइएको छ । उपभोक्ताले हरियो रङ हेरेर स्वस्थ पशु रहेको अनुमान लगाउन सक्ने विभागले जनाएको छ । त्यस्तै, अस्वस्थ वा शङ्का लागेका पशुलाई रातो रङ लगाइएको छ । विभागका अनुसार पछिल्ला तीन दिनमा ६ हजार ८ सय खसी–बोका, १ हजार ५ सय च्याङ्ग्रा र एक सय राँगा–भैँसीको स्वास्थ्य परीक्षण गरिएको छ भने यस अवधिमा ४१ टन माछाको समेत परीक्षण गरिएको छ । दशैँ सुरु भएसँगै विभागले घटस्थापनादेखि नवमीसम्म पशुको स्वास्थ्य जाँच गर्ने व्यवस्था गरेको छ । यससँगै विभागले उपत्यकाका कलंकी खसी बजार, टुकुचा, सल्लाघारी, लोकन्थली, चाल्नाखेल, बालाजु बाइपास, सुकेधारा र चन्द्रागिरिलगायत ११ स्थानमा खसी–बोका, च्याङ्ग्रा, राँगा र माछाको स्वास्थ्य परीक्षण गरिरहेको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले दुईवटा अध्यादेश जारी गरेका छन्। नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम ती अध्यादेश जारी गरेका हुन्। शुक्रबार राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता धर्मराज गैरेद्वारा जारी विज्ञप्तिअनुसार नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा-प्रतिष्ठान अध्यादेश, २०८३ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३ जारी गरिएको हो। ...

एलडीसी स्तरोन्नतिको चुनौती सामना गर्न निर्यात क्षेत्रको तयारी तत्काल थाल्नुपर्नेमा जोड
काठमाडौँ। नेपाल अतिकम विकसित मुलुक (एलडिसी) बाट स्तरोन्नति भएपछि सृजना हुनसक्ने चुनौतीलाई अवसरमा रूपान्तरण गर्न सरकार र निजी क्षेत्रले तत्कालै तयारी थाल्नुपर्नेमा निर्यात व्यवसायीहरूले जोड दिएका छन्। स्तरोन्नतिको समयावधि थपिए पनि... ...

बीटीआई ग्रुपको सीईओमा बराल
ग्रुपका कार्यकारी अध्यक्ष हरि रायमाझीले बराललाई स्वागत गर्दै जिम्मेवारी हस्तान्तरण गरेको विज्ञप्तिमा जनाइएको छ । ...

राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी
काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा आज दुई अध्यादेश जारी गरेका छन् । राष्ट्रपतिले ‘नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञाप्रतिष्ठान अध्यादेश, २०८३’ र ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३’ जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । त्यस्तै आजै राष्ट्रपति पौडेलले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन् । सङ्घीय संसद्ले पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष ...


