Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी

राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी

10/16/2026, 7:38:48 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा आज दुई अध्यादेश जारी गरेका छन् । राष्ट्रपतिले ‘नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञाप्रतिष्ठान अध्यादेश, २०८३’ र ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३’ जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । त्यस्तै आजै राष्ट्रपति पौडेलले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन् । सङ्घीय संसद्ले पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गरेको उक्त विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उनले प्रमाणीकरण गरेका हुन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

हात्ती मारेको अभियोगमा पक्राउ
ताजा खबरJust now

हात्ती मारेको अभियोगमा पक्राउ

सप्तरी। हात्ती मारेर गाडेको आरोपमा शुक्रबार एक जनालाई पक्राउ गरिएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित रहेको धानखेतमा हात्तीलाई मारेर गाडेको भेटिएपछि एक जनालाई पक्राउ गरिएको हो । घटनाका विषयमा थप... ...

रातोपाटी
पूर्वाधार निर्माणमा स्वदेशी वस्तुलाई प्राथमिकता दिनुपर्ने निर्देशिका लागू
ताजा खबरJust now

पूर्वाधार निर्माणमा स्वदेशी वस्तुलाई प्राथमिकता दिनुपर्ने निर्देशिका लागू

काठमाण्डु – सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन, स्थानीय स्रोतसाधन र स्वदेशी प्रविधिको प्रयोगलाई प्राथमिकता दिने नीति अघि सारेको छ । मन्त्रिपरिषद् बैठकले ‘सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रवर्द्धन र प्रयोगसम्बन्धी निर्देशिका, २०८३’ स्वीकृत गरेसँगै सरकारी निर्माण तथा खरिद प्रक्रियामा स्वदेशी सामग्रीको प्रयोग बढाउने व्यवस्था गरिएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । निर्देशिकाले आयातित […] ...

काठमाण्डुपाटी
काठमाडौँ महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा
ताजा खबरJust now

काठमाडौँ महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई बिरामी भएको स्थानमा चाँडो पुर्‍याउन बाइक एम्बुलेन्स सेवा सञ्चालन गरेको छ। हाललाई यो सेवा काठमाडौँ महानगरपालिकामा उपलब्ध छ। महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता... ...

रातोपाटी
विटिआई ग्रुपको सीईओमा बराल
ताजा खबरJust now

विटिआई ग्रुपको सीईओमा बराल

काठमाडौँ । विटिआई ग्रुप अफ भेन्चर्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिलीपराज बराल नियुक्त भएका छन् । २३ वर्षदेखि बैंकिङ क्षेत्रमा कार्यरत ४८ वर्षीय बराल महोत्तरीका हुन् । ग्रुपका कार्यकारी अध्यक्ष... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play