Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Others/तीन महिनामै खाद्य कम्पनी ताप्लेजुङको एक करोड दुई लाखको व्यापार

तीन महिनामै खाद्य कम्पनी ताप्लेजुङको एक करोड दुई लाखको व्यापार

10/23/2026, 12:25:27 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
तीन महिनामै खाद्य कम्पनी ताप्लेजुङको एक करोड दुई लाखको व्यापार

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेड ताप्लेजुङले तीन महिनाको अवधिमा एक करोड दई लाखभन्दा बढीको व्यापार गरेको छ । साउनदेखि असोजसम्मको अवधिमा एक करोड दुई लाख ७५० रुपियाँको व्यापनर गरेको हो । गत आर्थिक वर्षमा २०८२–८३ मा एक करोड ६ लाख रुपियाँको खाद्यान्न बिक्री गरेको कम्पनीले चालु आर्थिक वर्ष साउन, भदौ र असोज महिनामात्र एक करोड दुई लाख बढीको खाद्यान्न बिक्री गरेको शाखा प्रमुख प्रकाश तिम्सिनाले बताए । तिम्सिननका अनुसार तीन महिनामा अवधिमा कुल एक हजार १८२ क्विन्टल बढी व्यापार गरेको छ । कार्यालयका अनुसार सबैभन्दा बढी जिरा मसिनो चामल ५० लाख ६५ हजार २५ रुपियाँको ५७२ क्विन्टल बिक्री भएको छ । त्यस्तै सोना चामल २० लाख ९० हजार ६२५ रुपियाँको ३४० क्विन्टल बिक्री भएको कार्यालय प्रमुख तिम्सिनाको भनाइ छ । ताप्लेजुङमा कम्पनी स्थापना भएको ४८ वर्षपछि खाद्यले चिनी र दाल समेत बिक्री गर्न सुरु गरेको थियो । २४८ दशमलब ५ क्विन्टल चिनी बिक्रीबाट २७ लाख ३५ हजार ५०५ रुपियाँ व्यापार भएको कार्यालयले उल्लेख गरेको छ । यस्तै, २१ दशमलव ५ क्विन्टल दाल बिक्री गरेका छन । दालबाट तीन लाख १३ हजार ५०५ रुपियाँ बराबरको व्यापार गरेको छ । चाडपर्वकै समयमा खाद्यले चिनी तथा दाल विशेष छुटमा बिक्री सुरु गरेपछि उपभोक्ताको चाप वृद्धि हुँदा धेरै परिमाणमा खाद्यान्न बिक्री गर्न सफल भएको कार्यालयको भनाइ छ । खाद्यले चिनी प्रतिकिलोग्राम ११० रुपियाँ र दाल प्रतिकिलोग्राम १४५ रुपियाँ निर्धारण गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

रवि-बालेनको गठजोडबारे स्वर्णिम– जनतामा ‘इलेक्ट्रिक कम्बिनेसन’ पैदा
OthersJust now

रवि-बालेनको गठजोडबारे स्वर्णिम– जनतामा ‘इलेक्ट्रिक कम्बिनेसन’ पैदा

‘जनता पुरानो व्यवस्थासँग रुष्ट थिए, तर भरपर्दो विकल्प थिएन। जब बालेन शाह र रवि लामिछानेको नेतृत्वमा रास्वपा अघि बढ्यो, जनताले त्यसलाई पत्याए,’ वाग्लेले भनेका छन् । ...

अनलाइन खबर
मुख्यसचिव र सचिवहरूलाई सवारी खरिद गर्न ६० लाखसम्म ऋण दिने
OthersJust now

मुख्यसचिव र सचिवहरूलाई सवारी खरिद गर्न ६० लाखसम्म ऋण दिने

सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका, २०८३ अनुसार सरकारले सवारीसाधन किन्न चाहने कर्मचारीलाई ऋण व्यवस्थापन गरिदिने भएको हो । ...

अनलाइन खबर
पीएचपी समस्याले बैंकिङ प्रणाली प्रभावित, जनताको पैसा र सूचना सुरक्षित रहेको राष्ट्र बैंकको दाबी
OthersJust now

पीएचपी समस्याले बैंकिङ प्रणाली प्रभावित, जनताको पैसा र सूचना सुरक्षित रहेको राष्ट्र बैंकको दाबी

बैंकहरूले वेबसाइट बन्द गर्दा वेबमा आधारित सेवा अनलाइन बैंकिङ, खाता खोल्ने, केवाईसी अपडेट, कतिपय भुक्तानी प्रणालीका सेवा प्रभावित भएको बैंकरहरूले बताएका छन् । ...

अनलाइन खबर
आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने
OthersJust now

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको खाडीमा विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले देशका विभिन्न भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । विभागका मौसमविद् राजन महर्जनले साताको सुरु र मध्यमा पश्चिमी वायुको आंशिक प्रभाव रहनेछ भने साताको अन्त्यमा बङ्गालको खाडीमा बन्ने न्यूनचापीय प्रणालीको प्रभाव देखिने बताए । ‘साताको अन्त्यमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका धेरै स्थानमा मध्यमसम्मको ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play