Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/तिहारमा १० लाखको सयपत्री फूल बेच्ने लक्ष्य

तिहारमा १० लाखको सयपत्री फूल बेच्ने लक्ष्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिहारमा १० लाखको सयपत्री फूल बेच्ने लक्ष्य

दमौली (तनहुँ) । स्थानीय आँबुखैरेनी गाउँपालिका–१ आँधीमूल यान्चोकका महिलाले आगामी तिहारमा रु दश लाख मूल्यको सयपत्री फूल बिक्री गर्ने तयारी गरेका छन् । सामूहिक रूपमा व्यावसायिक फूलखेती गर्दै आएका महिलाले गत वर्ष पनि रु नौ लाख बराबरको फूल बिक्री गरेका थिए । तिहार नजिकिएसँगै आँधीमूलका खेतबारी अहिले ढकमक्क फुलेका सयपत्री फूलले पहेँलपुर बनेको देख्न पाइन्छ । अहिले त्यस क्षेत्रका महिला फूल टिप्ने, बिक्रीका लागि तयारी गर्ने र भण्डारण गर्ने काममा व्यस्त छन् । टिपिएका फूललाई बिक्रीको समयसम्म ताजा राख्न चिस्यान केन्द्रमा भण्डारण गरिएको समूहका अध्यक्ष सुन्तली गुरुङले बताइन् । तीन वर्षअघि स्थानीय महिलाले सुरु गरेको व्यावसायिक सयपत्री फूलखेती अहिले ४५ रोपनी क्षेत्रफलमा विस्तार भएको छ । यसमा ४५ जना महिला आबद्ध छन् । सामूहिक रूपमा गरिएको फूलखेती उनीहरूका लागि आम्दानीको स्रोत मात्रै बनेको छैन, आर्थिक आत्मनिर्भरतातर्फ अघि बढ्ने अवसरसमेत बनेको उनले बताइन् । फूलखेतीको उत्पादन र क्षेत्रफल बढ्दै गएपछि बजारमा पनि माग आउन थालेको छ । पहिलो चरणमा टिपिएको फूलमध्ये ५० किलोको माग आएको थियो । दमौलीमा कोसेली घर सञ्चालन गर्दै आएकी उद्यमी कल्पना गौलीले उक्त फूल खरिद गरिसकेकी छन् । गुरुङका अनुसार फूलखेतीलाई निरन्तरता दिँदै उत्पादन बढाउन र बजार विस्तार गर्न सके महिलाको आम्दानीमा थप वृद्धि गर्न सकिन्छ । स्थानीयस्तरमै सयपत्री फूल उत्पादन हुन थालेपछि बाहिरबाट फूल ल्याउनुपर्ने निर्भरता घटाउन पनि सहयोग पुगेको उनले बताइन् । उनका अनुसार प्रतिकिलो रु चार सयसम्म फूल बिक्री हुने गरेको छ । तिहारमा सयपत्री फूलको माग उच्च हुने भएकाले महिलाले उत्पादन र बिक्रीलाई सोहीअनुसार व्यवस्थापन गरिरहेका छन् । फूल टिपेर चिस्यान केन्द्रमा राख्ने व्यवस्थाले बिक्रीका लागि तयार पारिएको फूल ताजा राख्न सहयोग पुगेको उनले उल्लेख गरिन् । आँबुखैरेनी गाउँपालिकाको कृषि शाखा प्रमुख सन्तोष केसीका अनुसार व्यावसायिक फूलखेतीका लागि बजारको समस्या छैन । स्थानीयस्तरमै महिलाले उत्पादन गरेको फूलको माग आउन थालेपछि उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बन्न सहयोग पुगेको उनले बताए । सामूहिक प्रयास, बजारको माग र चाडपर्वमा हुने फूलको खपतलाई आधार बनाएर आँधीमूलका महिला यस वर्षको बिक्री लक्ष्य पूरा गर्ने तयारीमा छन् । तिहारमा घर, मठमन्दिर र सार्वजनिकस्थल सजाउन प्रयोग हुने सयपत्री फूलको व्यावसायिक खेतीले स्थानीय उत्पादनलाई बजारसँग जोड्नुका साथै महिलाको आम्दानी बढाउने सम्भावना देखाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

एनपीएलको उद्घाटन खेलमा लुम्बिनीले जित्यो टस, पहिले बलिङ गर्ने निर्णय
ताजा खबरJust now

एनपीएलको उद्घाटन खेलमा लुम्बिनीले जित्यो टस, पहिले बलिङ गर्ने निर्णय

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेको छ। त्रिवि क्रिकेट मैदानमा केहीबेरपछि सुदूरपश्चिम रोयल्ससँग हुने खेलमा लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो। ...

केन्द्रबिन्दु
नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु, २३ भन्दा बढी भारतीय पर्यटन व्यवसायी नेपालमा
ताजा खबरJust now

नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु, २३ भन्दा बढी भारतीय पर्यटन व्यवसायी नेपालमा

काठमाडाैँ । नेपालमा भारतीय पर्यटकको आगमन बढाउने र भारतमा नेपाली पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट कार्यक्रम शुरु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) र समृद्ध चितवन अभियानको संयुक्त आयोजनामा कार्यक्रम शुरु गरिएको हो । कार्यक्रमको भारतको ट्राभल ट्रेड वेलफेयर एशोसिएशनका अध्यक्ष राजेश सिन्हा र इन्डो–नेपाल टुरिजम वेलफेयर सोसाइटीका अध्यक्ष डा. जितेन्द्र पाल सिंहलगायतले कार्यक्रमको उद्घाटन ...

टक्सार
खेलकुद राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र पहिचानको माध्यम : मुख्यमन्त्री
ताजा खबरJust now

खेलकुद राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र पहिचानको माध्यम : मुख्यमन्त्री

काठमाडौं।बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले खेलकुद मनोरञ्जनमा मात्र सीमित नभई राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान निर्माण गर्ने शक्तिशाली माध्यम भएको बताएका छन्। नेपाल प्रिमियर लिग (एनपीएल) को नयाँ संस्करणका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले नेपाली क्रिकेटले व्यावसायिक युगमा प्रवेश गरेसँगै एनपीएलले राष्ट्रिय गौरवको स्वरूप लिँदै गएको उल्लेख गरे। खेल केवल मनोरञ्जन होइन, राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना ...

नेपालन्युज
एनपीएल उद्घाटन खेलमा लुम्बिनीले टस जितेर फिल्डिङ रोज्यो
ताजा खबरJust now

एनपीएल उद्घाटन खेलमा लुम्बिनीले टस जितेर फिल्डिङ रोज्यो

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा लुम्बिनी लायन्सले टस जितेर सुदूरपश्चिम रोयल्सलाई पहिले ब्याटिङको निम्तो दिएको छ।  लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका हुन्। खेल ५ बजे सुरु हुँदै छ।   ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play